श्यामप्रसाद रिजाल/विकल्प न्यूज
असोज ३१ गते ।
देशको कुल ग्राहस्थ उत्पादनको एक तिहाइ भन्दा बढी योगदान कृषि क्षेत्रबाट प्राप्त हुन्छ । बहुसंख्यक जनताको जिविकोपार्जनको प्रमुख स्रोतको रुपमा पनि कृषि क्षेत्र रहेको छ । यस क्षेत्रबाट बढी भन्दा बढी लाभ प्राप्त गर्न कृषि क्षेत्रको परम्परागत पद्दतीलाई परिवर्तन गरी विविधिकरण, व्यवसायिकरण र औद्योगिकिरण वाट गरिवी न्यूनीकरण गर्ने राष्ट्रिय लक्ष्य हासिल गर्नको लागि मुलत कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्नु अति जरुरी छ । यसका लागि कृषक अभिमुखिकरण र शशक्तिकरणको माध्यमबाट कृषि विकासको गतिलाई अझ तिब्र पार्दै लैजानु पर्नेछ । दिगो कृषि विकास सुरक्षित वातावरण, सामाजिक संरचनामा सुधार तथा कृषिको विबिधिकरण, व्यवसायीकरण र औद्योगिकरणमा कृषक सशक्तिकरणको ठूलो भुमिका रहेको हुन्छ । कृषकको पहुँचसम्म प्रविधि पु¥याउनु र उपयोग गर्न उन्मुख गराउन अनिवार्य आवश्यकता हो । सैद्धान्तिक ज्ञान पेशागत अनुभव, देश विदेशमा आर्जित ज्ञान, सिपको साथै राष्ट्रिय कृषि नीति, रणनीति तथा कार्यनीति तथा विगतबाट संगालिएका अनुभवहरुलाई निरन्तर कृषकको खेतबारीमा पु¥याउन कृषि गतिबिधि सञ्चालन गरिँदै आएका छन् ।
व्यवसायिक र प्रतिस्पर्धात्मक कृषि प्राणलिको विकास संगसंगै मुलकुमा कृषि व्यवसाय प्रवद्र्धनबाट आर्थिक वृद्धि हुने कुरामा दुइमत रहन्न । नेपालको संबिधानले खाद्य सम्प्रभुतालाई मौलिक हकभित्र राखी राज्यले कृषकलाई प्रोत्साहन गरि कृषि क्षेत्रमा उत्पादकत्व बढाई कृषिमा आधारित अधिकांश जनताको आर्थिक उन्नती हुने अवस्थाहरुको सृजना गरी कृषिलाई उद्योगको रुपमा विकास गर्ने छ भन्ने नीतिमा उल्लेख भएबाट यस क्षेत्रको महत्व अझै उजागर भएको छ । खाद्य तथा पोषण सुरक्षाको सुनिश्चितताको लागि निर्वाहमुखी कृषि प्रणालीलाई ब्यवसायीकरण एंव प्रतिस्पर्धी कृषि प्रणालीमा रुपान्तरण गरि दिगो कृषि विकासको माध्यमबाट जिवनस्तरमा सुधार ल्याउने दिर्घकालीन सोच लिएको छ । तेस्रो त्रिवर्षिय योजनाले कृषि क्षेत्रको दु्रतत्तर विकासको लागि सहकारी तथा निजी क्षेत्र समेतको सहभागितामा कृषि जन्य बस्तुहरुमा आधारित उद्योग एवं व्यवसाय प्रवद्र्धन गर्दै आन्तरीक बजार विकास र निर्यात प्रवद्र्धन गर्ने समेत उद्देश्य लिएको छ । यस उद्देश्य परिपुर्तीको लागि कृषि उद्यमी र कृषकहरु बिच अन्तरसम्बन्धलाई सुदृढ गरि लैजान कृषिकर्मीहरु क्रियाशिल भैरहेका छन् ।
परम्परागत तरिका, बाली प्रणाली एवं पद्धतीले अबको पुस्तालाई कृषिमा आकर्षित गराउने निकै मुश्किल पर्ने देखिन्छ । निर्वाहमुखी खेती पद्धतीमा परिवर्तन गर्नै पर्दछ । तुलनात्मक रुपमा कम श्रम बाट बढी आम्दानी लिन सक्ने बाली बस्तुतर्फ आजका युवा आकर्षित हुने देखिन्छ । त्यस हिसावबाट सुन्तला जात, फलफुल, आलुखेती, ताजा तरकारी म्याग्दीलाई पहिचान दिन सक्ने बाली हुनसक्दछन् । यी बालीबाट मनग्य आम्दानी गर्न सकिन्छ । जिल्लाको हावापानीको हिसावबाट समेत उपयुक्त बाली हुन् । विद्यमान अवस्थामा कृषिलाई पेशाको रुपमा अगाल्ने कृषि अति न्यून संख्यामा रहेका छन् । कृषि पेशालाई वैकल्पिक पेशा वा अन्त्य क्षेत्रमा जान नसकेको अवस्थामा मात्र खेतीपाती गर्ने गरेको पाइन्छ । गाउघरमा खेतबारीमै पुगेर कुनै कृषकलाई तपाई के गर्नुहुन्छ ? भनेर सोध्न हो भने केही पनि गर्दिन भन्छन् । जवकी उहाँहरु खेतबारीमा काम गरिरहनुभएको हुन्छ ।
यसैबाट बुझ्न सकिनछ कृषि कर्मलाई पेशाको रुपमा लिने गरेको पाइदैन् । जवसम्म कृषिलाई पेशाको रुपमा आत्मसाथ गर्ने वातावरणको सृजना हँुदैन अर्थात कृषक आफले म कृषि पेशाबाट आयआर्जन गर्न सक्छु, जिवनस्तर परिवर्तन गर्न सक्छु भन्ने विश्वास गर्न सक्दैन कृषिले आशातित रुपमा फड्को मार्न सक्दैन । कृषको आत्मविश्वास वृद्धि गराई कृषि क्षेत्रलाई पेशाको रुपमा अगाल्न अग्रसर गराउनु आजको चुनौती हो । कृषि क्षेत्रमा लगानीको कमी, सिँचाई सुबिधा, पुर्बाधार, सडक, विद्युत, यातायात (ढुवानी) साधनको कमी र उत्पादित बस्तु सहज रुपमा बजारिकरण हुन नसक्नु कृषकलाई प्रोत्साहित गर्न बाध्य पु¥याउने तत्वहरु हुन् । कहि उत्पादन भएको बसतु बिक्री भइरहेको छैन भने कतै उपभोक्ताले आफ्नो आवश्यकता पुरा गर्न पाइरहेका छैनन् । कति उत्पादित बस्तुहरु संरक्षण गरि राख्ने सुरक्षित भण्डार गृहहरु नभएको कारण सडाएर फाल्नुपर्ने अवस्था छ । यातायातको सहज पहुँच नभएको कारण बजार सम्म उत्पादित बस्तु पु¥याउन कठिनाई भोग्नु परेको अवस्था छ । यस हिसाबबाट हेर्दा बढि मूल्य पर्ने बालीहरुलाई पोत्साहित गरि उत्पादन गर्न सकेमा कृषकहरु लाभान्वित हुन सक्दछन् ।
म्याग्दीको भौगोलिक बिबिधता तथा बिशिष्टता, सम्भाव्यता, बजारको उपलब्धता, तुलनात्मक लाभ र प्राथमिकताका आधारमा सम्भाव्य बाली, बस्तु बिशेषका पकेट क्षेत्रहरु प्हिचान गरी सोहि अनुसारका गतिबिधिहरु सञ्चालनमा सबै सरोकारवालाहरुको ध्यान पुग्न जरुरी छ । म्याग्दी बिप्रेषण (रेमिटेन्स) भित्र्याउने जिल्ला मध्यको अग्रणी जिल्ला मानिन्छ । यहाँका युवाहरु कृषि पेशा प्रति आकर्षित भएको पाइदैन । युवाहरुलाई कृषि पेशाप्रति आकर्षण गराई कृषिलाई सम्मानित पेशाको रुपमा अगाडी बढाउन सकेमा मात्र यस क्षेत्रले फड्को मार्न सक्दछ । म्याग्दीमा ८१ प्रतिशत भन्दा बढी जनसंख्या कृषक भएको अर्थात ग्रामि क्षेत्रमा बसोबास गरेको पाईन्छ । यस जिल्लामा आलु, सुन्तलाजात फलफुल, मौसमी बेमौसमी तरकारी, मकै, भटमास, मौसीपालन, च्याउ खेती, कफी खेती, अलैची खेती, अदुवा बेसार, किबी लगायतका बालीहरु ल्गाउने गरेको पाईन्छ ।
फलफूल खेती विशेष गरी सुन्तला जातले म्याग्दीको कृषकहरुको आर्थिक उन्नतीको साथै वातावरणीय सुधार समेतमा महत्वपूर्ण योगदान पु¥याएको छ । यस जिल्लामा सुन्तला जात फलफुल खेती पहिलेदेखि गरिदै आएता पनि व्यवसायिक रुपमा उत्पादन गरी बेचबिखन बाट आयआर्जन गर्न लागेको तिन दशकको वरिपरि बाट मात्र भएको देखिन्छ । यस जिल्लाका कुनै कुनै सुन्तला पटेक गाविसहरुमा ५०–६० वर्षका बोटहरु फलिरहेको कुरा कृषकले देखाउँने गर्नुहुन्छ ।
म्याग्दी जिल्लाको भु–वनोट हावापानीको हिसावबाट सुन्तला खेतीलाई मूख्य आयआर्जनको बालीको रुपमा प्रर्वद्धन गर्न सकेमा जिल्लाको पहिचानको बाली हुन सक्छ । बिशेष गरी म्याग्दी जिल्लाको खेती योग्य जमिन १३.४३ प्रतिशत मात्र छ । पहाडी जिल्ला भएको, कालीगण्डकी करिडो, रघुगंगा करिडोर, म्याग्दी नदी करिडोर गरि तीन भागमा बाडिएको जमिनमा धान, गहुँ खेतीयोग्य समथर जमिन न्यून छ । म्याग्दी नदी किनारको केही जमिन ताकम, बिम, देविस्थानको केही भागमा धान, गहुँ खेती गरिन्छ भने रघुगंगा क्षेत्रमा पर्ने पिप्ले, पात्लेखत, घतानका केही भागमा धान, गहुँ लगायतको खाद्यान्न बालीको उत्पादन गरिन्छ । मकै, कोदो लगायतका बालीहरु प्रायः सबै गाविसहरुमा खेती गरेको पाईन्छ ।
यस जिल्लामा उत्पादन भएका कृषि जन्य बस्तुहरु बाहिरी जिल्लाहरुमा पठाई करोडौको रकम जिल्लामा भित्रीने गरेको छ । जिल्लाको खाद्यन्न उपलब्धतालाई हेर्दा खाद्यन्न बस्तुमा जिल्ला आत्मनिर्भर रहेको छ । उत्पादित खाद्यबस्तुहरु जस्तै मकै, कोदो, जौ, उवा, फापर लगायत बस्तु उपभोग कम गर्ने कारणले गर्दा चामल, गहुँको पिठो आयत भएको पाईन्छ । जिल्ला बाहिरे जाने बस्तुहरुमा ताजा तरकारी, तरकारीको विउ, आलु, सुन्तला, भटमास, अदुवा, मकैको विउ आदी पर्दछन् । आर्थिक वर्ष २०७२७३ मा सुन्तला जात फलफुल ३९८ मे.टन उत्पादन भई करिब दश करोड ४२ लाख सत्ताईस हजार रकम कृषकले प्राप्त गर्न सफल भएका छन् । जसमा सुन्तलाबाट मात्र नौ करोड १६ लाख २६ हजारको कारोवार भएको छ ।
यसैगरी आलुको हकमा १६ हजार ५७६ मे.टन उत्पान भई बाह् हजार मे.टन बिक्री वितरण गरी करिब ४५ करोड ९० लाख रकम भित्रीएको छ । यसै गरी ताजा तरकारी, तरकारीको विउबाट नौ हजार २७८ मे.टन बाट बाईस करोड रुपैयाँ कृषकले हात पारेको अवस्था छ । ३.४२ मे.टन तरकारी विउ बिक्रीबाट रु. १७ लाख आम्दानी गरेका छन् । म्याग्दी जिललको एक हजार ६१५ हेक्टर क्षेत्रफलमा आलु खेती गरिदै आएको छ । बिशेष गरी राम्चे, हिस्तान, शिख, घार, कुईनेमंगले, पाखापानी, भकिम्ली, कुहुँ, पात्लेखेत, लुलाङ, ज्यामरुककोट लगायतको क्षेत्रमा बढी आलु उत्पादन हुन्छ । त्यसैगरी रत्नेचौर, ज्यामरुककोट, सिंगा, बाबियाचौर, अर्मन, घार, शिख लगायतका क्षेत्रमा तरकारी उत्पादन हुने गर्छ । सुन्तला जात फलफुल घतान, सिंगा, भकिम्ली, पिप्ले, राखु भगवती, बिम, बरंजा, ताकम, देविस्थान, ओखरबोट लगायतका क्षेत्रमा बढी मात्रामा उत्पादन हुने गरेको पाइन्छ ।
समग्रमा जिल्लाको भौगोलिक बिशेषताको आधारमा मुख्य बालीको रुपमा सुन्तलाजात, आलु, तरकारी, तरकारी वीउ उत्पादन कार्यलाई अबलम्बन गरी व्यवसायिक उत्पादन गर्न सम्बन्धित सरोकारवाला सबैको दृष्टि पुग्न सकेमा जिल्लाबासीको कृषि पेशाप्रति आकर्षण बढ्ने विश्वास गर्न सकिन्छ । लेखक रिजाल वरिष्ठ कृषि विकास अधिकृत जिल्ला कृषि विकास कार्यालय, म्याग्दीमा कार्यरत हुनुहुन्छ । नवविकल्प विशेषाङ्कमा प्रकाशित