मेरो शेल्फी बिनाको दसैं

कृष्ण जि.सी /विकल्प न्यूज
असोज २९ गते ।
kishna-gcस्वाभाविक लाग्ने केहि कुराहरु आजकल अस्वभाविक लाग्छन । कुनै समयमा सामान्य लाग्ने कुराहरु आजकल असामान्य लाग्छन समय र परिस्थिति फेरिएपछी यी सबै कुरा हुदा रहेछन । ब्यस्त समय, सबै समयकै चक्करमा दौडी रहनु परेको छ । आफ्ना घर परिवार इस्ट मित्र भेट्न वर्ष दिन कुर्नु पर्ने बाध्यता छ । त्यसो त प्रबिधिका कारण संसार एउटा कोठामा एउटा यन्त्रमा सिमित बनेको छ तैपनि प्रत्यक्ष भेटघाट र मोबाइल भाइबर अनि स्काईप् फरक कुरा हुन् ।
दुरीको हिसाबले त्यति टाढा नरहेपनि व्यस्तताका कारणले म मेरो जन्म घर जाने फुर्सद पाउदिन । दशैं नै त्यस्तो अवसर हो जब परिवार सहित लामो बसाई बस्न र आमाले पकाएको खाना खाने अवसर मिल्छ । मलाई मात्रै हैन धेरैजसोलाई यस्तै हुन्छ । दशैंले जब झ्याप्पै छोप्छ गाउँघरको रौनक नै अर्कै हुन्छ । सबैभन्दा रमाइलो कुरा कमेरोले घर पोत्दै गर्दा माटो र पानीको गन्ध, बारीमा लहराएका कोदोका बाला न हिलो न धुलो यसले प्रदान गर्ने उर्जा नै अलग्गै छ । यसै भित्र पनि केहि स्वाभिक कुरा अस्वाभाविक लागेका छन् मलाइ । चौर र दोबाटोमा झुन्दिएका पिंग मलाइ अस्वभाबीक लाग्यो किन कि युबा बिहिन गाउमा पिंग देख्न पाउनु साह्रै अस्वाभिक हो । जब केटाकेटी पिंगको वरिपरी झुम्मिन्छन यसले बालापन जुर्मुराएर आयो ।no-selfieयसपालिको दशैंमा मेरा केहि नरमाइला क्षण हरु छन् । त्यसो त बाबुआमाको हातको टिका लगाइयो ९६ बर्सकी हजुरआमाको हातको टिका लगाएपछि मात्रै म अरु आफन्तको हातबाट टिका ग्रहण गर्ने गर्दछु । हजुरआमा बुवा आमा र आफन्तजनको हातबाट टिका र आशिर्बाद बोकेर फेरी उही ब्यस्त जिबन शैलीमा म फर्किएको छु तर मलाइ दुख लागेको छ म संग टिका लगाएका दशैं मानेका केहि प्रमाणहरु छैनन् । पिढीमा गुन्द्री र गुन्द्रीमा बसेका मेरा बाबा आमा र हजुरआमाले आफ्ना दुखका कथा सुनाउदै टिका लगाईदिंदा म भाबुक भएँ । उहाँहरुले सुनाएका आफ्ना कथा भित्र नै हाम्लाई प्राप्त हुने शक्ति र तागत छ । आफ्ना सन्तान सबै वारीपरि देखेर रमाईरहेका बाबा आमालाई यो भन्दा हर्षको क्षण के हुन सक्ला र ? बुढी हजुरआमाले हरेक वर्ष यसै गरि सबैलाइ देख्न पाइयोस, खै अब त डांडा माथिको घाम भैयो अको वर्ष म रहन्छु कि रहनन भन्दा को भाबुक नहोला र ?
हामि धेरैजसोलाई यस्तै भयो होला जब मलाइ टिका आसिर्बाद दिइरहँदा मलाई न क्यामेरा निकालेर एउटा फोटो खिच्न मन लाग्यो न त मोबाइल बाट कुनै तस्बिर र सेल्फी । सबैले मेरो यो बर्सको दशैं….. दशैं मनाउदै गर्दा ……. भन्ने क्याप्सन सहित सामाजिक संजाल फेसबुकमा फोटाहरु पोष्ट गरेको देखें तब मैले तिनै बाबा आमा लाइ सम्झे मलाइ माफ गर भन्न खोजिरहेको छु मैले कुनै तस्बिर खिचिन र मैले आफ्ना सन्तानलाई टिका लगाइदिएको तस्बिरहरु पनि खिच्न भ्याइन । बरु यस अर्थमा खुसि महसुस गरिरहेको छु कि तस्बिर खिच्नु को साटो हजुर्हरुसंग कुरा कानी गर्न पाएँ हरेक पललाई स्मरणमा राख्न तस्बिर जति जरुरि मलाइ लाग्थ्यो त्यो भन्दा बढी मैले उहाँहरुलाई दिएको समय र साटासाट गरेका दुख सुखका कुराहरु बढी प्रभावकारी र स्मरण योग्य छन् ।

मलाइ दशै मनाएका टिका लगाउदै गर्दाका सेल्फी नखिचेर फेसबुकमा अपलोड गर्न नपाउदा कुनै दुख छैन तर त्यो भन्दा हजार गुना बढी म खुसि छु कि मैले आफन्तजन संग धेरैबेर कुरा कानी गर्न पाएँ । मेरा कुरा सुनाउन पाएँ र उहांहरुका कुरा सुन्न पाएँ । त्यसो त म यी सबैकुरा तस्बिर आदि को बिरोधि हैन तर मलाइ त्यो सबै भन्दा आनन्द कामै कामले खस्रा भएका हजुरहरुका हातले मेरो निधार छुदा मलाई कोमलताको अनुभब भयो उहांहरुले दिएका आर्शी बचन मैले पढ्ने गरेका पुस्तक र सकारात्मक सोच सम्बन्धि महानबाणी भन्दा हजार गुणा प्रभावशाली लाग्यो ।
पिङमा नझुन्डिएर मलाई के भयो र आमा तिम्रो मजेत्रोमा फेरी झुन्डिन पाएँ । सेल्फी न खिचेर के भयो र तिम्रो काखमा फेरी पनि शिर बिशाउन पाएँ । बाबा संगै खरबारीमा पुगेर मैले घाँस काट्न नजान्दा हात काट्दा बसेर रोएको त्यहि ढुंगामा बसेर रोएका दिन सम्झीएर संगै घाँसको भारि बोक्न पाएँ । दुर्गा पुजाको दिनमा हतियार पुजा गर्दा बाउसो र हसिया पखाल्दा मेरा बाबाका हातका ठेला फुटेर लागेको रगत मैले पखाल्न पाएँ । प्रसिश्रम केहो भन्ने बुझ्न पाएँ । हजुरबुवाले हामी सानै छँदा आरुको रुखमा झुन्ड्याईदिएको पिंग सम्झेर त्यहि आरुको रुखमुनी बसेर स्वर्गीय हजुर्बुवालाई सम्झेर एकैछिन टोलाएँ । यस्तै सम्झना र बिगत मेरो दशैं बने मैले सेल्फी न खिचेर के भयो त ? म रमाएर फर्केको छु त्यसैले त मेरो दशैं अन्य बर्सको भन्दा अल्ली फरक र बिसेष पनि रह्यो ।