जनताको बीच र आफै भित्र एमाले !

कृष्णकुमार बिश्वकर्मा/विकल्प न्यूज
असोज २१ गते ।
kishna-bisokarmaसबै नीतिलाई निर्देशित गर्ने हुनाले पनि सर्बत्र चासो र उत्सुकताको विषय राजनीति बन्नु स्वभाविक नै हो । कस्तो नागरिक, कस्तो व्यवास्था र कस्तो देश भन्ने कुरा कस्तो राजनीतिक संस्कार छ भन्ने कुरामा निर्भर गर्छ । हामी सबै कुरा प्राप्त ग¥यौ तर अहिले पनि हामी सकारात्मक हुन सक्दैनौ ।

विश्वको सबै भन्दा जनमुखी संविधान नेपालकै रह्यो भन्ने टिप्पणी कोही हामी अझै कल्पना गरिरहेका छैनौं । यो त स्वत स्फुर्त रुपमा निस्कुनु पर्ने शक्तिशाली राष्ट्रका नेताहरुको आइरहेको अभिव्यक्ति हो ।

अब जनुमुखी संविधान भनिसकेपछि सबै जनताको भावनाको प्रतिविम्ब त्यहाँ छ भन्ने बुझ्न कुनै दुविधा छैन । त्यसो हो भने राजनीतिक दलको अबको बाटो के हुने र एमालेको कस्तो हुन्छ ?विषय छर्लङ्गै छ । जनताको सार्वभौम अधिकारहरु संविधान मार्फत पाइ सक्यौं र केही सामान्य अस्तित्वमा रहेका सामन्तवादका अवशेषहरु पनि संविधानको सफल कार्यान्वयनबाट निर्मुल हुँदै छन् ।uml

त्यसैले अब हाम्रो संस्कार र परम्पराहरुमा पनि ब्यापक परिवर्तन अपरिहार्य बनेको छ । अब स्टेज र मञ्च पाउँदा घण्टौंं कुर्लेर आलोचना गर्न पनि फरक पार्टी र नेता भने कि क्रोसराय गर्ने पर्ने जुन हाम्रो आदत छ त्यो पनि विकृत राजनैतिक संस्कारको पराकाष्ट हो । त्यसैले अरुले गर्छन त्यसकारण एमाले पनि गर्छ, त्यस्तो हुन्छ ? त्यसो भयो भने मान्छे र कुकुर एकआपसमा टोक्ने खेलमा किन भिन्नता खोज्नु प¥यो ।

अबको एमाले र यसको कार्यकर्ता केही उन्नत, हुनै पर्छ यो आम जनताको चाहना हो । राष्ट्रियता र स्वाभिमानको सवालमा इश्यालु बाहेक सबैको बिचमा एमाले राष्ट्रबादी छ भन्ने विषय घाम जस्तै छर्लङ्गै छ । यसमा गर्ब गरौं । अबको एमाले इतिहासको राम्रो कामको व्याजमा सञ्चालन हुन पनि सक्दैन । हर पाइलामा नबिन सोँच र दृष्टिकोण निर्माण गर्छ र कार्यान्वयनमा इमान्दारीताका साथ लाग्छ र जनताको ब्यापक समर्थन प्राप्त गर्दै जान्छ बढ्दै जान्छ त्यास्तो एमाले, समृद्ध नेपालको निम्ती अपरिहार्य जस्तै भै सक्यो ।uml myagdi beniएमालेको बिचार आउनु पूर्व समबन्धीत विषयको अध्ययन गर्छ, अनुसन्धान गर्छ र तर्क संगत धारणा प्रस्तुत गर्छ । त्यसमा जनताको राय लिन्छ, आवश्यक परिमार्जन गरी कार्यान्वयनमा इमान्दारीता देखाउँछ । किसान, मजदुर, श्रमजिवी, सर्वहारा, दलित, महिला लगायतको पिछडीयको बर्ग र क्षेत्र यस्तो एमाले भैदियोस कामना गरेका छन् । अबको बिचार र बहस जलश्रोत, खनिज, कृषि, पर्यटन शिक्षा, संग सम्बन्धीत हुन आवश्यक छ । यो खोज अनुसन्धान युग हो । हामीले संघिय संरचनामा देश लैजाने प्रयासमा छौ र संगठन र यस्को घटकहरुलाई पनि यसै व्यवस्था अनुरुप रुपान्तरण गर्ने पहिलो पार्टी पनि एमाले नै हो ।
सकरात्मक र सृजनशीलता सँग जोडिन सक्ने दृष्टिकोण र बहस थालौं । अबको ३३ र कम्युनिष्ट पार्टीको स्थापनाको १०० वर्षको अवधिमा हाम्रो कार्यभार तय गरिसकेका छौं । ‘शुखी नेपाली समृद्ध नेपाल’ भन्ने परिकल्पना अगाडी सरिएको छ हाम्रो पार्टीको नवौं महाधिवेशनले हामी स्टेज पायो कि फलानो र डिस्कानोमा अधिक समय बिताउछौ, अब यस्तो कोही छौ भने पनि कि सच्चिनु पर्छ कि सकिनु पर्छ । सुकुम्बासीको समाधानमा लाग्नु पर्ने छ । हजारौंको संख्यामा युवाहरु बिदेशी रहेका छन् । फर्कने कुनै टुंगो छैन । रोजगारी सृजना गर्नुपर्ने छ ।

सबै परआश्रिात हुँदै गै रहेका छौं । सबै जमिन प्लटिङ्ग गर्ने या बाँझो राख्ने बिकृति बढ्दो छ । यसलार्य आधुनिक कृषि प्रणालीको प्रयोग गर्ने र कृषकहरुमा ब्यापक उत्साह ल्याउनु पर्ने छ । शैक्षिक क्षेत्र आजपनि परम्परागत छ । त्यसलाई विदेशीहरुका बिचमा प्रतिष्पर्धा गर्नु सक्ने सक्षम बिद्यार्थी उत्पादनमा लाग्नु पर्ने छ । आजपनि सिटामोलको अभावमा जनताहरु अनाहकमा ज्यान गुमाउन परिरहेको बिकराल समस्या छ, त्यसलाई कसरी सहजीकरण गर्न सकिन्छ भनेर चिन्तन गर्नु पर्ने छ । अथाह जलश्रोत भण्डारहरु छन् जुन खेर गै रहेका छन् ।

त्यसको सदुपयोग गर्न र विदेशीलाई बिद्युत कसरी बेच्न सकिन्छ भन्ने योजना बनाउन पर्नेछ । आकर्षक हिमश्रृङ्खला ताल÷तलाउ र गल्छी झरना, प्राकृतिक कुण्डको उन्नत समिश्रणमा हिमाल पहाड तराईको देश नेपालमा के कसरी बिदेशी पर्यटकहरु भित्राउन सकिन्छ भन्नेमा लाग्नु पर्ने छ । हामीले आफ्नो गाँउ आफै बनाउँ त भन्यौं धेरै परिवर्तन पनि आयो तर ग्रामिण इलाकाको त छोडौं हाइवेमा पनि सडकको स्तर उन्नती नहुँदा दैनिक धेरैले ज्यान गुमाउन परेको छ । यस्तो समस्यालाई समाधान गर्न तर्फ लाग्नु पर्ने छ ।

संघिय नेपाल त भन्यौं अधिकार प्रत्यायोजन त भन्यौ तर त्यस विषयमा जनतामा सचेतना ल्याउनु पर्ने छ । खाली परिवर्तनको लागि आन्दोलन÷संघर्ष, चक्का जाम बन्द, हड्तालबाट अझै पनि जनताहरु आक्रान्त छन्, त्यसमा जनतालाई खुशी हुन सकारात्मक हुन, सपना देख्न र कार्यान्वयनमा लगाउनु पर्ने छ ।

बैदेशिक रेमिट्यान्स(बिप्रेषण) अनुत्पादक क्षेत्रमा लगानी भै रहेको छ त्यसलाई उद्योग कलकारखाना, पर्यटन उर्जा र कृषिमा लगाउनु पर्नेछ । आजपनि जनताहरु सुसासनको प्रत्याभुति गर्न सकिरहेका छैनन्, त्यसमा खबरदारी गर्नु पर्ने छ । खेल क्षेत्र झारा टार्ने र सौदाबाजीको क्षेत्र बनेको छ खेलाडी हुन कोही युवालाई र सम्बन्धीत अभिभावकलाई मञ्जुर छैन त्यहाँ सम्भावनाका खोजी गर्नु पर्ने छ । आम नागरिकहरु राजनीतिमा बितृष्णा छ सबैमा यो जान्न बुझ्नु अपरिहार्य छ भनेर बुझाउनु छ । अझ सबै भन्दा बढी हामी नेपाली गफी भएका छौं । काम गर्दा मात्र उन्नती प्रगती हुन्छ भनेर काममा लाग्न उत्प्रेरणा गर्नु पर्ने छ ।uml pressयि यावत बिषयहरु छन्, दायित्व पनि धेरै छन् । हामी भने लर्खराई रहेका छौं । यसको कार्यान्वयनमा इमान्दार हामी मात्रै छौं भनेर दावी गर्ने एमालेको चाल चलन गतिबीधि कस्तो हुनु पर्छ ? हो अब एमाले आफ्नो सपना पुरा गर्ने तर्फ इमान्दार भएर लाग्यो भने जनताको बीचमा लोकप्रिय पनि त एमाले नै त हो । अब सबै बदल्ने पनि भन्यो शुखी नेपाली समृद्ध नेपाल बनाउने योजना पनि बुन्यौ, के अहिलेको एमालेले त्यो युगिन कार्यभार पुरा गर्न सक्ने सामथ्र्य राख्ला ? म किटानका साथ भन्छु, सक्दैन । मनहरु फाटेकाछन् नेतृत्वले कार्यकर्ताको भावना बुझ्दै कार्यकर्ता नेता, स्वीकार्दैन ।

आज पनि परिवार क्षेत्र, भुगोलजातीयता जस्ता संकृणताबाट उठ्न सक्दैन हाम्रो पार्टी पंक्ती, कुच्चिङ्ग गर्ने अवसरको पर्खाइमा रहन्छ । विपक्षिले सल्लाह दिन्छ एक पंक्ति दुखी हुँदै अर्को खुशी हुनछ ।आजै मात्र हो भन्ने भ्रम बोकिरहन्छ के हामी यो भन्दा भिन्न छौं त ?
हो बिगत अशिक्षित थियो राजनैतिक लेतनाको अभाव थियो तर, अहिले हामी यसबाट टाढा छौं । अबको एमाले र देखेको सपना पुरा गर्ने एमालेको पहिलो शर्त भनेको आत्म आलोचना हो ।

धेरै वितायौं आलोचना र खुताफातमा अब गरेका गल्ती अरुले गैर उपस्थितिमा छैन समुपस्थीतीमा आफै सच्याउने प्रतिबद्धता गरौं मन मिल्ने छ । मन मिले पार्टी मिल्ने छ र सिंगो एमालेजन एक ढिक्का भए जनता बलियो हुने छन र स्वाभीमानी कर्तव्यनिष्ठ नेपाली जनता नै शुखी नेपाली समृछ नेपाल निर्माणका सिपाही हुनेछन् । हामी काममा लागौं अनावश्यक सवाल जवाफ गर्नलाई आकर्षक साइनबोर्डवाला पार्टीको कुनै कमी छैन हाम्रो देशमा । योगदान, क्षमता र दक्षताको आधारमा तर्पा हामी कोही के कोही के हौंला । त्यसैले खबरदार एमाले चेतनशिल छ यसले टोक्दैन यानकी गाली गर्दैन योजना र भिजन बनाउछ सुनाउँछ र लाग्छ निरन्तर लाग्छ । लाल सलाम ।