म्याग्दीको समृद्धिमा मोनाको भूमिका

चक्रबहादुर थापा/विकल्प न्यूज
असोज १७ गते ।
charka-thapaजिल्लाको समृद्धि र विकासमा प्रवासीको सहयोगमा सम्भव छ भन्ने मुल नारा लाई सार्थक तुल्याउन मुलुक बाहिर रहँदै आएका म्याग्देलीहरुको ज्ञान, सिप र पुँजी भित्राएर जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पु¥याउने उद्देश्यले सन २००७ मा स्थापित म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले आफ्नो अभियानमा सहभागी गराउन विश्वभरीका म्याग्देलीहरुलाई एकिकृत गरिरहेको छ ।

बिभिन्न कारणले प्रवासी जिवन बिताइरहेका म्याग्देलीहरु एकबद्ध हँुदै जिल्लाको बिभिन्न सामाजिक कार्यका लागि गरेको गतिबिधि मार्फत मोनाले राम्रो सन्देश प्रवाह गरेको छ । युरोप, एशिया, ओसेनिया र मध्य पूर्बका २१ राष्ट्रहरुमा आफ्नो संगठन बिस्तार गर्न सफल भएको छ । गतबर्ष बेनीमा सम्पन प्रथम अधिबेशन पश्चात म्याग्दीको सबै बस्तीमा इन्टरनेट विस्तार परियोजनाको लागि आर्थिक संकलनमा नेतृत्व दाहि भुमिका निर्वाह गर्नु र विश्व ब्यापीकरणको हुइमले मोनाको महत्व बढेको छ ।

यस भन्दा पहिला विकास निर्माणमा सहभागिता नजनाएको भने होइन् । पहुँच नभएका समुदायको केही मात्रामा न्यूनतम आवश्यकता पूर्ति तथा प्राकृतिक विपद् पीडित जनतालाई राहत उपलब्ध गराउँदै दुर्गम ठाँउका जनताहरुको स्वास्थयमा सहज पहुँच पु¥याउन एम्बुलेन्स पनि प्रदान गरिएको थियो । यी उपलब्धीका बाबजुद पनि म्याग्दी प्रवासी नेपाली संघ ले जिल्लाको विकासमा अझ सशक्त भई कसरी समृद्धि तर्फ डो¥याउन सकिन्छ भन्ने चुनौती टट्कारो रुपमा आफ्नो अगाडी खडा भएको महशुस गरेको छ । हामीले देखेको दुरगामी परिवर्तन र समृद्धिलाई संस्थागत गर्न सर्बप्रथम सम्पूर्ण म्याग्देलीहरुको सकरात्मक सोंच बनाउन आवश्यक रहेको छ ।

केही गर्ने उत्साह र उर्जा भएका युवाहरुमा आफ्नो देशमा बसेर केही गर्न सकिँदैन भन्ने संस्कार विकास भएको छ । जब सम्म रोजगारको श्रृजना गर्न सकिदैन तब सम्म विकासले पाइला चाल्न सक्दैन । यसवारेमा हाम्रो देशको नीति निर्माण तहसँग न त स्पष्ट दृष्टि छ, न त राजनीतिक नेतृत्व नै गम्भीर छ ! रोजगार सिर्जनाका लागि विदेशी लगानी आकर्षीत हुने त कुरै छाडौँ, भइरहेको स्वदेशी पुँजी समेत पलायन भइरहेको स्थिति छ र यूवाहरु बैदेसिक रोजगारिका लागि भौतारिनु बाध्यता बनेको छ । विदेशिने युवाहरुलाई उनीहरुको रुचि र क्षमता अनुसारको शीप सिकाएर दक्ष बनाउने हो भने स्वदेशमै रोजगारको अवसर सिर्जना हुन सक्छ । देशमै अथाह सम्भावना छ भन्ने कुरालाई व्यवहारिक रुपमा प्रमाणित गरेर देखाउने अवसर पाउने छन् ।
chakra-bdr-thapa-rastriya-mavi-ruma-ma-parbas-ex-student-la-banayako-building       तस्विर . राष्ट्रिय मावि रुमका प्रवासी पूर्व विद्यार्थीहरुको सहयोगमा बनेको भवन
विदेशिने युवाहरुलाई मात्रै होइन, राज्यसँग स्पष्ट नीति र प्रतिबद्धता हुने हो भने घरायसी काममै सीमित शिक्षित एवम् अर्धशिक्षित महिलाहरुलाई पनि सिप सिकाएर स्वरोजगार तथा उद्यमशील बनाउन सकिन्छ । बाख्रापालन, माहुरीपालन, बंगुरपालन, तरकारी तथा फलफूल खेतीका अथाह सम्भावना छन् । पर्यटन क्षेत्रका सम्भावना त झन् कति छन् कति ! हाम्रा तीर्थस्थल, हिमाली क्षेत्र र प्राकृतिक सम्पदाको व्यवस्थित प्रचारप्रसार मात्रै गर्ने हो भने पनि पर्यटन व्यवसायलाई नै जिल्लाकै प्रमुख आम्दानीको श्रोतको रुपमा विकास गर्न सकिन्छ ।
यि यस्ता सम्भावनाका अनेक पाटाहरु हुँदाहुँदै पनि हामी गन्तव्य पहिल्याउन नसकेर अलमलि रहेको अवस्थामा मोना आफ्नो क्षेत्रवाट जन्मभुमिको विकासमा लागि परेको छ । म्याग्दी प्राकृतिक सम्पदा ले भरिपूर्ण जिल्ला भएकोले हामीसंग प्रसस्त पर्यटकीय विकाशको सम्भावना छ । यसको ब्यापक प्रचारप्रसार गरि पर्यटक आर्कषण गर्न सक्दछौ । आफ्नै कला, भाषा संस्कार र संस्कृतिलाई उत्थान र प्रवद्र्धन गरि पर्यटकको आर्कषण गन्तब्य बनाउन सकिने छ । मोनाका बिश्वभरिका सदस्य मार्फत संकलित पुँजी वाट सामुहिक लगानी गरि म्याग्दीमा प्रचुर सम्भावनाका क्षेत्र जस्तै धार्मिक पर्यटकिय क्षेत्र तातोपानी कुण्डको स्तर बृद्धी, पर्यटन प्रवद्र्धन, जडिबुटी उत्पादन तथा पैठारी, आधुनिक कृषी, बैज्ञानिक पशुपालन र जलविद्युत आर्थिक विकासको आधार हुन् ।

जलबिद्युत, कृषि, पर्यटन, सूचना तथा संचार र ग्रमिण विकासको पूर्वाधारहरु जस्तै अन्य रोजगार मुलक क्षेत्रमा लगानी गरि जिल्ला भित्रका यूवा जनशक्तिलाई सहि मार्ग निर्देशनका साथ रोजगारि श्रृजना गर्दै आत्मर्निभर जिल्लाको रुपमा विकसित बनाउन सकिने छ । हाम्रो सोच लागनसिलता र कर्मबाट हाम्रा जनशक्तिलाई जिल्ला प्रतिको दायित्वलाई बहन गराउन उनीहरुको ज्ञान सिप र क्षमतालाई पहिचान गरि सहि ठाउमा उपयोग गराउन पनि हामी कटिबद्ध रहेका छौ । नाजुक आर्थिक अवस्था भएका तर आयमुलक कार्य गर्न इच्छुक म्याग्देलीहरुलाई इन्भेष्टमेन्ट कम्पनि मार्फत बिना धितो सहुलियतमा ऋण उपलब्ध गराउन सक्नेछौ ।

जिल्लामा सहज र शुलभ रुपमा उपलब्ध हुने बस्तुहरुलाई प्रसोधन गरेर राजधानी हुँदै अन्तराष्ट्रिय बजार प्रर्वद्धन गर्न पनि मोनाले भुमिका खेल्ने छ । यसको लागि राज्य संचालन तर्फ बाटै स्पष्ट कार्यबिधी र नितीको आवश्यककता छ । म्याग्दीबासीको जिवन सैली सहज, ब्यवस्थित बनाउन स्वास्थ्य केन्द्र को स्थापना, शैक्षिक गुणस्तर बृद्धि गर्न बिद्युतिय पुस्तकालय, सारा विश्वलाई नै आफ्नै घर वाटै निहाल्न सूचना प्रबिधिको निशुल्क विकास र बिस्तार गर्ने जस्ता महत्वपूर्ण योजना कार्यान्वयन तर्फ लागिसकेको छ ।

बिभिन्न ब्यक्तिगत समस्याको बाबजुद पनि आफु जन्मिएको, हुर्किएको, खेलेको ठाँउलाई विकासको फुलफुलाउन प्रवास बाटै भए पनि केहिगर्न सक्छौ भन्ने ध्यले संगठित भएका हौ । हामीले अब २,४ बर्षमा नै प्रत्यक्ष परिणाम आउने गरि स्वदेसि तथा बिदेशी लगानी भित्राउने काम गरिरहेका छौ यस्लाई जिल्लावासीको सहयोग र सदभाव्को खाँचो अपरिहार्य रहेको छ । लेखक थापा, मोना आइसीसीका कोषाध्यक्ष हुनुहुन्छ । नविकल्प विशेषाङक बाट