“लागू औषधको दुर्व्यसन” हाम्रो साझा समस्या

कृष्णकान्त अधिकारी/विकल्प न्यूज
असोज ६ गते । 

shreekanta-adhikariलागू औषधको ओसार-पसार र दुर्व्यसनले आज हाम्रो समाज र देशलाई मात्र नभएर पुरै बिश्वलाई नै पिरोली रहेको छ भन्दा अत्युक्ती नहोला । हाम्रा असंख्य युवा तथा श्रृजनशिल जमात लागू पदार्थको कुलतमा डुबेका छन । हामी सबैले बुझ्ने भाषामा भन्नु पर्दा लागू पदार्थको दुर्व्यसन भन्नाले चिकित्सक वा स्वास्थ कर्मीको सल्लाह वा परामर्श बिना आफु खुसी औषधी प्रयोग गर्ने कार्य वा प्रबृतीलाई लागू पदार्थको दुरुपयोग भनी बुझ्दछौ । कुनै व्यक्तिलाई सधै भरी लागू औषधको सेवन गरि रहनु पर्ने अबस्थाको श्रृजना हुनु र सेवन गर्ने व्यक्तिको मानसिक र शारिरिक अबस्थामा परिबर्तन आउने कार्य नै दुर्व्यसन हो ।

“Addiction is defined as a chronic, relapsing brain disease that is characterized by compulsive drug seeking and use, despite harmful consequences. It is considered a brain disease because drug change the brain; they change it’s structure. Drug addiction, also called substance use disorder, is a dependence on a legal or illegal drug or medication.”

बिश्वका अधिकांश देशहरुले लागू औषधलाई नियन्त्रण गर्न र यसमा संलग्नलाई कानुनी दायरामा ल्याउने उधेश्यले कानुनहरु बनाई लागू गरेका छन । नेपालमा पनि सर्वसाधरण जनताको सदाचार, स्वाश्थ, सुबिधा र आर्थिक हित कायम राख्नको लागी लागूऔषधको खेती, उत्पादन, निर्माण, खरिद बिक्री, संचय, ओसार-पसार, सेवन तथा निकाशी पैठारी समेत नियन्त्रण गर्ने उधेश्यले लागू औषध नियन्त्रण ऐन २०३३ लागू भई कार्यान्वयनमा रहेको छ । यस ऐनको परिभाषा बमोजिम लागू औषध भन्नाले गाँजा, औषधोपयोगी गाँजा, अफिम, तयारी अफिम, औषधोपयोगी अफिम, कोकाको झार, नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सुचना प्रकासित गरी तोकी दिएका अन्य पदार्थ सम्झनु पर्ने भनी उल्लेख गरेको छ ।

लागू पदार्थको सेवनले व्यक्तिको जिबनलाई बर्बाद गर्ने मात्र नभै त्यस्तो व्यक्तिको परिवार, छिमेकी तथा समाजलाई नै तनाबमा राखी समाज प्रदुषित गर्ने कार्य गर्दछ। लागू औषधको कुलतमा फस्ने व्यक्तिहरुको कारणले समाजमा विभिन्न प्रकारका बिकृती तथा अपराधको संख्यामा समेत बृद्दी हुन जानेछ । नेपालको सन्दर्भमा निम्न कारणहरुले दुर्व्यसनको संख्यामा बृद्दी भएको पाईन्छ ।

निम्नः-

  • पारिबारीक वातावरण
  • उत्सुकता
  • कुनै काममा असफल भई Frustration हुनु
  • अबैध लागू औषधको व्यापार
  • आमाबाबु र शिक्षकको नियमीत सुपरिबेक्षणमा कमी
  • पारिबारीक तनाब
  • अज्ञानता
  • बेरोजगारी
  • देखासिकी, नक्कल
  • नागरिक समाजको निष्कृयता

बिश्वका अन्य राष्ट्रहरु झै नेपाल पनि लागू औषधको सञ्जालबाट बञ्चित रहन सकेको छैन, आर्थिक बर्ष ०६८।०६९ मा १७१५, ०६९।७० मा १८४७ र ०७०।०७१ मा १७९२ लागु औषध संग सम्बन्धित अपराध हरु भएको पाईन्छ । लागू औषध अपराध एक गम्भिर तथा संगठित प्रकारको अपराध समेत भएको र यसको सञ्जाल राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म फैलिएकोले यस प्रकारको अपराधलाई सक्षमता पुर्वक नियन्त्रण र अनुसन्धान गर्न जरुरी देखिएकोले नेपालमा केन्द्रिय स्तरमा लागू औषध नियन्त्रण र कानुन कार्यान्वयन ईकाईको स्थापना भएकोमा हाल यसको स्तरोन्नती भै लागू औषध नियन्त्रण व्युरो बनाईएको छ । यस व्युरोले अबैध लागू औषधको खेती, उत्पादन, कारोवार, बिक्री बितरण गर्ने कार्यलाई निरुत्साहित गरी त्यस्ता कार्यहरु नियन्त्रण गर्न र लागू औषध सम्बन्धी अपराधमा संलग्न व्यक्तीहरुलाई कानुनी दायरामा ल्याउने कार्यहरु गर्दे आईरहेको छ ।

हाम्रो समाजमा गाँजा चरेश जस्ता लागू औषधको प्रयोग धार्मिक तथा सांस्कृतिक प्रचलनको आधारमा प्राचिनकाल देखी नै हुदै आएको छ, साधु सन्तहरुले शिब शंकरको बुटी भन्दै शिवरात्री लगायतका पर्वहरुमा सेवन गर्ने र युबा जमातहरु यसबाट प्रभावित भै उनिहरु पनि सेवनमा संलग्न हुने गरेको पाईन्छ ।

                          लागू औषधलाई निम्नानुसार बर्गिकरण गर्न सकिन्छ ।

  • बनावटको आधारमाः-

१- प्राकृतिक लागू औषध (Natural Drug) :-प्रकृतिवाट सोझै प्राप्त हुने तथा अन्य कुनै यान्त्रिक प्रशोधन विना प्राप्त गरिने लागू औषधलाई प्राकृतिक लागू औषध भनिन्छ । यस्ता औषधहरू प्रकृतिबाट  सिधै पात, विरूवा, झार, जरा, चोप, फूल, डाँठ आदिको रूपमा प्राप्त हुन्छन् र सोही रूपमा प्रयोग र सेवन हुन्छन् । जसमा  गाँजा,चरेश, अफिम, कोकिन पर्दछन ।

(२) कृत्रिम लागू औषध (Synthetic Drug) :- प्रयोगशाला वा कारखानाहरूमा आधुनिक तरिका र प्रविधिको प्रयोग गरी रसायनिक प्रकृयाद्वारा तयार गरिएका वा प्रशोधन गरिएका रसायनिक लागू औषधहरू कृत्रिम लागूऔषध हुन् । असरका आधारमा यस्ता लागू औषध प्राकृतिक भन्दा असरदार र खतरनाक हुन्छन् । यिनीहरूमा पाइने नसालुपनाले सेवनकर्ताको स्नायू प्रणालीमा प्रभावकारी असर पुरयाउने हुँदा प्रयोगकर्तालाई सामान्य स्थितिवाट विचलन गराई दिन्छ । लगातार र वढी मात्रामा यस्ता औषधहरूको सेवन गरेमा यस प्रति निर्भरता वढन गई दुव्र्यसनी वढन पुग्दछन् । यस्ता औषधिहरूमा कोडिन, L.S.D., Escasy, Amphatamine आदिलाई लिन सकिन्छ ।

 

(ख) असरको आधारमा –

(क) दुखाई कम गर्ने (Analgesics) – यस समुहमा पर्ने लागूऔषध निद्रा लगाउने, चेतनाको अवस्थामा वदलाव ल्याउन साथै पीडाको अनुभव कम गराउन प्रयोग गरिने औषधीहरू पर्दछन् । अफिम, मर्फिन, कोडिन, हेरोइन, पेथिडिन, मेथाडोन जस्ता लागूऔषधहरू यस अन्तर्गत पर्दछन ।

(ख) शिथिलात्मक (Depressants) –   यस वर्गमा पर्ने लागूऔषधले केन्द्रिय स्नायु प्रणालीको गतिविधिमा शिथिलता ल्याएर सचेतनामा कमी ल्याउने,शिथिलात्मक वा आलस्यजनक बनाउने काम गर्दछ। यस अन्न्तर्गत डाइजापाम, नाइट्रोजेपाम आदि पर्दछन् ।

(ग) उत्तोजक (Stimulants)- केन्द्रिय स्नायु प्रणालीको कामलाई तिव्र गति दिएर शरिर तथा दिमागलाई समेत उत्तेजित वनाउने कार्य गर्दछ । यस्ता केही औषधीको औषधिय उपयोग पनि हुन्छ । जस्तै भोकलाई शान्त गर्ने, तौल कम गराउने र निरासापनको उपचारको लागि प्रयोग गर्ने आदी । यस वर्गमा कोकाको पात, कोकिन, एमफेटामिन आदि पर्दछन् ।

(घ) भ्रमात्मक (Hallucinogens) – केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पारी मानसिक र भावनात्मक स्थितिमा परिवर्तन ल्याउदँछ । यसमा सर्वाधिक रसायन प्रयोग गरिने हुनाले मति भ्रम पैदा गर्दछ वा भ्रान्ति पैदा गर्दछ । यस वर्गमा L.S.D., Psylocybin, Phencyclidine, MDMA,मेस्कालिन आदि पर्दछन् ।

               लागू औषध दुर्व्यसनबाट देखा पर्ने लक्षण तथा असरः-

  • शरिर दुव्लाउदै जानु, मुखबाट र-याल निस्कनु
  • शरिरको अगंहरुको misbalance हुनु।
  • अत्याधिक निन्द्रा लाग्नु।
  • भ्रम सिर्जना हुनु।
  • स्मरण शक्ति क्षिण हुनु।
  • दिमागी हालत बिग्रदै जानु।
  • मुटुको धडकन बढनु।
  • एकान्त स्थान मन पराउनु।
  • आँखा पहेलो र ओठ कालो हुदै जाने।
  • उच्च रक्तचापको शिकार हुनु।
  • ह्रृदयघात हुनु।
  • लामोसमय खोकी लाग्नु।
  • Bronchitis /Cancer जस्तो रोग लाग्नु।
  • पाचन प्रकिर्यामा समस्या आउनु।
  • Gastric /acidity हुनु।
  • बाझोपनको समस्या तथा महिलाको हकमा अनियमित गर्भाधान।
  • महिला लागू औषध प्रयोकर्ताबाट जन्मेको बच्चाको तौल कम हुनु तथा बच्चामा समेत त्यसको असर देखीनु।
  • लागु औषध सेवनको कुलतमा फसे पछी सेवन गर्न नपाउने अवस्था भएमा जुन सुकै घटना घटाउन पछी नपर्ने।
  • प्राणघातक रोग जस्तै HIV(AIDS), Hepatitis B, Hepatitis C जस्ता रोगहरु दुर्ब्यसनीहरुले एउटै सिरीन्ज प्रयोग गरेमा यस्ता रोगहरु एक ब्यक्तीबाट अर्को व्यक्तीमा सर्न सक्छ।

                                  लागू औषधमा कानुनी सजायः-

१. मात्राको आधारमा –

(क)  सेवन गरेमाः-

  • गाँजा सेवन गर्ने व्यक्तिलाइ १ महिना सम्म कैद वा रु २ हजार सम्म जरिवाना( चिकित्सा पुनर्स्थापना) केन्द्रले १ महिना उपचार गराउने गरि जिम्मा लिएमा उपचार गराइरहेको प्रतिबेदन पेश गर्ने गरी जिम्मा दिन सकिने)
  • अफिम, कोका वा सोबाट बनेको लागू औषध सेवन गर्नेलाई १ बर्ष कैद वा १० हजार सम्म जरिवाना। ( चिकित्सक वा पुनर्स्थापना) केन्द्रले ३ महिना उपचार गराउने गरि जिम्मा लिएमा उपचार गराइरहेको प्रतिबेदन पेश गर्ने गरी जिम्मा दिन सकिने)

(ख)  खेती गरेमाः-

  • २५ बोटसम्म गाँजाको खेती गर्नेलाई ३ महिना सम्म कैद वा रु ३ हजार सम्म जरिवाना।
  • २५ बोट भन्दा बढी गाँजाको खेती गर्नेलाई ३ महिना सम्म कैद वा रु ५००० सम्म जरिवाना।
  • २५ बोटसम्म अफिम वा कोकाको खेती गर्नेलाई ३ बर्ष कैद वा रू ५ हजार- २५ हजार सम्म जरिवाना।
  • २५ बोट अफिम भन्दा माथी जति सुकै भए पनि ३- १० बर्ष कैद र रु २५ हजार देखी २ लाख सम्म जरिवाना।

 

उत्पादन, तयारी, खरिद, बितरण, निकासी वा पैठारी गरेमाः-

गाँजाः-

  • ५० ग्राम सम्म गाँजामा ३ महिना सम्म कैद वा रू ३ हजार सम्म जरिवाना।
  • ५० ग्राम देखी ५०० ग्राम सम्म भए १ महिना देखी १ बर्ष सम्म कैद र रु १- ५००० हजार सम्म जरिवाना
  • ५०० ग्राम देखी २ किलो सम्म भए ६ महिना देखी २ बर्ष सम्म कैद र रू २- १० हजार सम्म जरिवाना
  • २-१० किलो सम्म भए१ बर्ष देखी ३ बर्ष सम्म कैद र रू ५-२५ हजार सम्म जरिवाना
  • १० किलोदेखी जतिसुकै माथि भए पनि २ बर्ष देखी १० बर्ष सम्म कैद र रू १५ हजार देखी १ लाख सम्म जरिवाना

 

अफिम,कोका वा सोबाट बनेको लागु औषध

  • २५ ग्राम सम्मको कारोवार गर्नेलाई ५-१० बर्ष सम्म कैद र ५-२५ हजार सम्म जरिवाना।
  • २५-१०० ग्राम सम्म कारोवार गर्नेलाई १०-१५ बर्ष कैद र रु ७५ हजार देखी २ लाख सम्म जरिवाना।
  • १०० ग्राम देखी माथी जति सुकै भए पनि सोको कारोवार गर्नेलाई १५ बर्ष देखी जन्म कैद र रू ५-२५ लाख सम्म जरिवाना।
  • नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सुचना प्रकाशित गरि तोकीदिएका प्राकृतीक वा कृतिम पदार्थ र तिनको लवण सेवन गरेमा २ महिना सम्म कैद र रू २ हजार सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।

म्याग्दी जिल्लामा लागू औषध नियन्त्रण सम्बन्ध भएका प्रयासः-

नेपालमा अन्य जिल्लामा झै यस जिल्लामा व्यबसायिक रुपमा गाँजाको खेती नगरेता पनि प्राकृतिक रुपमा उत्पादन हुने र यसरी उत्पादन हुने गाँजा केही सिमित युबाहरुले प्रयोग गर्ने गरेको पाइएकोले यस्को नियन्त्रणको लागी यस जिल्लामा क्रियाशिल प्रहरीहरु जिल्लाका विभिन्न गाउ बस्तिहरुमा गई जनसमुदायलाई लागु औषधको सम्बन्धमा जनचेतना गराउने कार्य गरेको र स्कुल /कलेजहरुमा गई प्रहरी मेरो साथी कार्यक्रम अन्तर्गत कक्षाहरु संचालन गर्ने कार्य भई रहेको । जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट यस आर्थिक बर्षमा बिभिन्न मितिमा ला.औ. अन्तर्गत डाईजापाम -३८ सेट,नुरफिन -३७ सेट र फेनारगन-३४ सेट सहित बरामद गरी ५ जना ब्यक्तिलाई पक्राउ गरि कानुनी दायरामा ल्याइएको ।  लेखक/ जिल्ला प्रहरी कार्यालय म्याग्दीमा प्रहरी अधिकृतको रुपमा कार्यरत रहनु हुन्छ ।