राजनीतिको नसाले “टोपी फुकालेर सडकमा कुद्ने” स्थितिमा पु¥याउँ छ !

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज
साउन ३१ गते ।
chandraनयाँ प्रधानमन्त्रीले सपथ लिएको पनि दुई हप्ता नाघ्न आँटीसक्यो, मन्त्रीमण्डले पूर्णकार लिन सकेको छैन । हुनत यतिनै संख्याको मन्त्रीमण्डलाई पूर्णकारको हो भनेर भन्न मिल्ने निर्धारित मापदण्ड केही छैन । संक्रमणकालको बेला, सरकार बलियो बनाउनका लागि आवश्यक भएजति सदस्यहरु भर्ती गर्र्नबाट प्रधानमन्त्रीलाई छेक्ने वाधा पु¥याउने कुनै नितिनियम हुदैन रहेछ ।

नीतिले नछेक्ने, नैतिकता र लाज नामको चीज राजनीतिज्ञहरुमा नहुने भएपछि संख्याको किटान हुने कुरै भएन । हुन त इतिहासमै दोश्रो ठूलो आकारको मन्त्रीमण्डल बनाएका निवर्तमान प्रधानमन्त्री ओलीलाई मन्त्रीमण्डलको भीमकाय आकारले सुरक्षा दिन सकेन ।

ओलीलाई छिर्के हानेर सत्तामा गजधम्मिने अवसर निकालेका प्रचण्डको नेतृत्वमा सरकार बनाउने काँग्रेस–माओवादी केन्द्रको गठबन्धनले ओलीले टुक्राएर चोक्टा लाम्टा पारेका मन्त्रालयहरु पुन जोडजाड गर्ने मनशाय प्रकट गर्ने गरेको सुनिन्छ ।

मनशाय एउटा हुन्छ, वाध्यता अर्को आइलाग्छ ! हुनत एमालेका अध्यक्षले संविधान संशोधन हुनै नदिने “जङ्गी फरमान” सार्वजनिक गरिसकेका छन तापनि मधेस समस्या समाधानका निमित्त संविधान संशोधनमा एमालेलाई मनाउन सरकारीपक्ष सफल भएछ भने मधेसीमोर्चा पनि सरकारमा सामेल हुने नै होला । अहिलेदेखिनै उसका लागि मन्त्रालय खाली राखिएछ भने त सजिलै होला । होइन, त्यसो गरिएन भने ओलीले एकको दुई बनाएको ठाउँमा प्रचण्डलाई दुईको चार बनाउनुपर्ने वाध्यता आइलाग्ने छ र उनको सरकारले भट्टराई मन्त्रीमण्डलको कीर्तिमान नतोड्ला भन्न सकिन्न ।

माओवादी केन्द्रभित्र मन्त्रीमण्डलमा सामेल हुनचाहने उमेदवारहरुमध्येबाट छनोट गर्न महाभारतको भन्दा जटिल झमेला उत्पन्न भएको छ भन्ने सुनिन्छ । काँग्रेसभित्रको कचिङ्गल त सडकसम्म आइपुगीसकेकै छ । मन्त्रीहुने योग्यता पुगेकाहरु सबै मन्त्री बन्ने दौडधुपमा लाग्नु अस्वाभाविक होइन । मन्त्रीमण्डलको गठन÷पुनर्गठन सधै हुने कुरा होइन । बाढी छोपेर “आकासे खेती” गर्न विवश किसानको जस्तै अवस्था सांसदहरुको पनि हो भन्दा फरक पर्दैन ।

वर्षदिनभरी कु¥यो, बाढी आउँदाको दिन तरपार्न सकिएन भने खेत बाँझै बसेजस्तै गठन पुनर्गठनको अवसर छोप्न सकिएन र मन्त्री बन्ने मौका गुम्यो भने गुम्यो, गुम्यो । फेरि फेरि पालो आउने प्रत्याभूति हुदैन । त्यसैले मौका परेको बेलामा चौका हान्नका लागि सधै तम्तयार भएर बस्नै पर्छ ।

साम, दाम, दण्ड र भेदका चारै दाउ उपयोगर्ने अवसर त सायद मिल्दैन होला तर धाक, धम्की, धुर्की, चाकडी, चापलुसीको कूटनैतिक अस्त्र प्रयोग गर्नै प¥यो । आवश्यक प¥यो भने आँसु चुहाउन र डाँको छोड्न पनि लाज मान्नु हुदैन । त्यसो गर्न नसक्ने मान्छेले जालमा माछो पार्नसक्ने सम्भावना सून्य रहन्छ । बाहिरबाट हेर्दा पार्टीभित्र चलेको लुछाचुँडीको तमासा अभद्र र घीनलाग्दो लागे पनि सांसदहरुका लागि अनिवार्य वाध्यता हो । सांसद हुनु भनेको संसदीय प्रणालीमा मन्त्रीको उमेदवार हुन पाउने लाईसेन्स प्राप्त गर्नु हो ।

हातमा लाइसेन्स भएपछि त्यसको उपयोग गर्ने कोशिस नगुर्न नादानी नै ठहर्छ । त्यसैले हरेक सांसदले आफ्नो लाइसेन्स पार्टीभित्रको गुट उपगुटको फाइलमा पहिलेदेदि नै “च्याँखे” थापेको हुन्छ । अस्ती मात्र एकजना आफन्त सांसदलाई “यसपटक त जसरी पनि मन्त्री बन्नु प¥यो नी” भनेर जिस्काउँदा “खोई, आफू पार्टी सभापतिको गु्रपमा परिएन ।

अल्पमतको भागमा कोटा छुट्टिने हो कि होइन ? छुट्टिइृहाल्यो भने पनि कति पो पर्ला ? त्यो हानालुछीमा उछिट्टयाउने तागत पुग्ने होकि होइन ? परिस्थिति हेर्दा मुश्किलै पर्छ कि जस्तो छ ?” भनेर निराशा व्यवक्त गरेथे !

हाम्रो गाउँमा एकजना “बम्मु दाइ” नामका धुरन्धर डकर्मी थिए ! बैंसमा त गाउँभरमा सुकिलो धोती उनैको हुन्थ्यो भनेर गाउँलेहरुले भन्थे । तर हाम्रो पुस्ता तन्देरी हुँदासम्ममा उनको आर्थिक हैसियत नराम्रोसँग खिइएर टिठलाग्दो बनिसकेको थियो । हातमा डोको नाम्लो, चोयोपत्रो गर्ने र ढुङ्गा ठटाउने सिप नभैदिएका भए जहान केटाकटीहरुको मुखमा माड लाग्दैनथ्यो होला । पुख्र्यौली आमद हैसियत चौपट भए पनि घरव्यवहार चलेकै थियो । अर्थात कुनै जमानामा घोडा चडेर शानसँग हिड्ने बम्मु दाइ सर्वहारा मजदुरमा रुपान्तरित भएका थिए । उनले झण्डै दिनको १८ घण्टा परिश्रम गर्थे ।

दिनमा निमक, वाउर, मजदुरी गर्थे, विहान बेलुका चोयो पत्रो डोरी नाम्लो गर्दैमा समय बित्थ्यो । पुरापुर ३६५ दिन नै उनी वेफुर्सदी रहन्थे । तर एउटा अचम्म मान्नुपर्ने कुरा के थियो भने गाउँमा कुनै सामाजिक राजीनितिक संघ, संस्था, संगठनमा नयाँ समितिको गठन वा निर्वाचन हुने भो भने दावी गर्न आइपुग्थे । पद सानु ठूलोको रोजाई उनको हुदैनथ्यो ।

बस, पद चाहियो ! पदप्रति उनमा विछट्टको आकर्षण थियो । बम्मु दाइमा प्रकट हुने पदमोह सबै मानिसमा रहेको सुषुप्त आकांक्षाको प्रतिविम्व होला सायद ! आँखा अगाडि पद देखियो भने त्यसको गरीमा र दायित्व कसैले हेर्दैन । आफ्नो आमद, हैसियत, फुर्सद, ल्याकत पनि हेरिदैन । सुषुप्त आकांक्षा भदौको भेल झै उर्लेर आउँछ । त्यसबाट सांसदहरु अपवाद बन्न सक्ने कुराको कल्पना गर्नु व्यवहारिक हुदैन ।

राजनीति एउटा जबर्जस्त नसा हो । समाजिक सेवाभावबाट मात्र राजनीतिमा लागिन्छ भन्ने कुरा विल्कुल झुटो हो । स्वभावतः राजनीतिक आकांक्षाको अन्तर्यमा पद प्रतीष्ठाको लोभ लुकेको हुन्छ । त्यसैले राजनीतिको नसाले गाँजा, भाङ, चरेस, अफिम या हिरोइनको मातले भन्दा बढी लठ्याउँछ । पदप्रतीष्ठाको नसाले राजनीतिज्ञहरुलाई कसरी “टोपी फुकालेर सडकमा कुद्ने अवस्थामा पु¥याउँछ” भन्ने एउट पुरानो स्मरण सुनाउँ कि त ? ः

प्र्रसङ्ग वि.सं. २०३८ सालको पञ्चायती निर्वाचनको हो । सैंतीस सालको जनमत संग्रहमा विजय पाएको सुधारिएको पञ्चायतको लागि पहिलोचोटि चुनाव हुँदै थियो । त्यसपटक राहुगाड र कालीपराका केही (सायद १६ हो क्या रे ?) गाउँ पञ्चायतहरु म्याग्दीमा गाभिएका थिए । अर्थात म्याग्दी जिल्लाको आकार झण्डै दोब्बर ठूलो भएको थियो । तिनताकासम्म देशैभर पञ्चहरु उदारवादी र कट्टरपन्थी भनेर दुई खेमामा विभाजित भैसकेका थिए ।

कट्टरवादी पञ्चहरुलाई मण्डले भन्ने गरिन्थ्यो । निर्वाचनमा सरकारी टिकट पाउने अनुदारवादीहरु नै हुन्थे । तिनलाई दरबारका उमेदवार भन्ने पनि चलन थियो । स्वभावतः धवलागिरीमा पनि पञ्चहरुको दुई स्थायी समूहहरु क्रियाशील थिए । फरक के थियो भने अन्त विचारका आधारमा पक्षविपक्ष हुन्थ्यो होला धवलागिरीमा भने थकाली पक्ष र खड्का पक्ष भनेर पञ्चहरु विभाजित हुन्थे । म्याग्दीको सन्दर्भमा भने पञ्चायतकालको मध्यान्तरसम्ममा फरकखालको गुटवन्दी सुरु भएको थियो ।
म्याग्दीका पञ्चहरुको परिचय भीमप्रसाद गौचन पक्ष र विपक्षको रुपमा हुन्थ्यो । किनकि थकालीहरुमध्ये धेरैजसो भीमप्रसादको विपक्षमा थिए । त्यसपटक परम्परा विपरित गाउँपञ्चायतका अध्यक्ष र उपाध्यक्षहरुले जिल्ला पञ्चायत तथा राष्ट्रिपञ्चायतको सदस्यहरुलाई निर्वाचित गर्ने व्यवस्था गरिएको थियो । गाउँ पञ्चायतको निर्वाचन सकिएपछि दुबै पक्षका प्रधान उप्रधानहरुको उपस्थिति माथिल्लो निकायको निर्वाचन हेतु सदरमुकाममा हुने नै भो । अर्थात निर्वाचन अवधिभरका लागि जिल्लाभरका पञ्चहरुको मेला वेनीमा लाग्यो ।

दुई समूहका अलग अलग ठाउँमा क्याम्पहरु खडा गरिए । आफ्नो समूहबाट क्षेत्रीय सदस्य, जिल्ला पञ्चायतका सभापति/उपसभापति र राष्ट्रिय पञ्चयातको सदस्यको उमेदवार छनोट हुनथाल्यो । उसो त पदहरुको बाँडफाँड गाउँ पञ्चायतको निर्वाचनपूर्व नै भैसकेको हुन्थ्यो । गौचन पक्षबाट घतानका रुद्रबहहादुर केसीलाई जिल्ला पञ्चायतको उपसभापतिको आश्वासन मिलेको रहेछ । म्याग्दी भेकबाट सभापतिमा रामबहादुरको नाम निशिचत भएपछि भेक मिलाउनका लागि उपसभापति कालीभेकलाई दिनुपर्ने भएछ ।

अर्थात रुद्रबहादुरको ठाउँमा बुद्धिबहादुरले उपसभापतिको उमेदवारी पाउने भएछन । पहिले नै कबुल गरिएको पद नपाउने भएपछि रुद्रबहादुर हिलम्यू होटेलमा रहेको भीमप्रसाद गौचनको क्याम्पबाट निस्केर हिडेछन् । ढाकाको टोपी हातमा समातेर क्याम्पबाट निस्केका केसीजी झण्डै म्याराथन दौडकै गतिमा वेनी बजारको गल्लीमा कुद्दै गरेको देख्नेहरुले अर्को क्याम्पमा खबर पु¥याएछन् । उनलाई छोप्न टोली खटियो ।

नभन्दै एउटा हातमा समातिएको टोपीबाट पकेट रुमालको काम लिदै गरेका र सिनित्त खौरिएको मुडुले टाउकामा शिखाविनाकोे टुपी हल्लाउँदै केसीजी दोश्रो क्याम्पमा छिर्दै गरेको रमाइलो तमासाको मनोरञ्जन लिने अवसर वेनीबजारबासीले विनाशुल्क पाएको धमिलो सम्झना मेरा स्मरण बाँकी रहेछ र मन्त्रीमण्डल विस्तारको सन्दर्भमा देखिएको महाभारतले पुरानो घटनाको पुनस्मरण गराइदिएको हो ।

यतिबेला गौचनजी र केसीजी दुबैजना म्याग्दीमै हुनुहुन्छ । दुबैजनाको जम्का भेट भएको बेलामा त्यो घटनाको सम्झना हुने हो भने मध्य सडकमै भए पनि हाँसो थाम्न गाह्रो पर्छ होला । वास्तवमा राजनीतिप्रतिको त्यही लगन, लगाव र निरन्तरताले केसीजीलाई जिल्ला पञ्चायतको सभापति, जाँचबुझ आयोगको केन्द्रीय सदस्य तथा राष्ट्रियसभाको माननीय सदस्यसम्म बनाएको हो । त्यसैले सांसदहरुमा यतिबेला देखिएको मन्त्रीपदका लागि हुुँदै गरेको भाले भिडन्तलाई तिरस्कारको आँखाले हेर्नु वा परिहासको विषय बनाउनु उचित होजस्तो लाग्दैन ।