ताजा समाचार:
Search

राँगो पालेर वार्षिक डेढलाख आम्दानी

rango

मंसिर १   प्रेम सुनार

गुल्मी / गाउँघरमा राँगो पाल्ने चलन हराउँदै गएको बेला सदरमुकाम तम्घासका एक कृषकले भने राँगो पालेर वार्षिक डढे लाख चोखो आम्दानी लिदै आएका छन् ।

रेसुङ्गा नगरपालिका–८, तम्घास भुजेलखर्कका गणेशबहादुर घर्तिले गत १९ वर्षदेखि राँगो पालेर वार्षिक डेढ लाख चोखो आम्दानी लिने गरेका हुन् ।

घर्ति भन्छन्–‘रेसुङ्गा नगरपालिका अन्तरगत साविकका चार गाविस तम्घास, अर्खले , दुविचौर सिमीचौरमा अरुले राँगो पालेका छैनन् । साविकका यि चार गाविसमा गत १९ वर्ष देखि भैसी प्रजनन्का लागि राँगो पुराउँदै आएको छु । त्यसको शुल्कबाट खर्च कटाएर वार्षिक डेढ लाख चोखो आम्दानी लिदै आएको छु । ’

एउटा भैसीमा राँगो लगाए वापत एक हजार लिने घर्तिले दिनमा ८ वटा सम्म भैसी कहाँ राँगो लैजाने गरेको बताए ।
पछिल्लो चरण उनले गुल्मी कै हुँगाबाट ५५ हजारमा मुर्रा जातको राँगो किनेर ल्याएका छन् । उनले एक गाविसमा एउटा राँगोले नपुग्ने भए पनि आफुलाई चार वटा गाविस र छिमेकी जिल्ला अर्घाखाँची सम्म भ्याई नभ्याई भएको बताए