ताजा समाचार:
Search

राज्यलाई धेरै कर तिर्ने व्यक्ति तथा कम्पनी

१ मंसिर, काठमाडौं । सिप्रदि ट्रेडिङका अध्यक्ष सिद्धार्थ समशेर राणालाई उछिन्दै हिमालयन र एसियन डिस्टीलरीका लगानीकर्ता प्रगुणराज भण्डारी सबैभन्दा धेरै आयकर तिर्ने नेपाली घोषित भएका छन् ।

Taxत्यसैगरी महिलातर्फ सबैभन्दा बढी आयकर तिर्ने व्यक्ति पनि हिमालयन डिस्टिलरी र एसियन डिस्टीलरीका लगानीकर्ता जया शाह घोषित भएकी छन् ।

चौथो कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले मंगलबार धेरै कर तिर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले उत्कृष्ट करतादाहरुलाई सम्मान गरेका हुन् ।

त्यसैगरी, नविनतम उत्प्रेरक तथा सिर्जनशीलतर्फ अष्ट्रिच नेपाल प्रालिका सीपी शर्मा सम्मानित भएका छन् । त्यस्तै, साना करदातामा सम्सारा रेमिट, मझौला करदातामा नेपाल स्टक एक्सचेञ्ज, इञ्जिनियरङतिर्फ जेट कन्सल्ट्यान्ट प्रालि, दर्तावाल लेखा परिक्षकमा एसपी दाहाल एण्ड कम्पनी उत्कृष्ट करदाताबाट सम्मानित भएका हुन् ।

धेरै कर तिर्ने चिकित्सककोरुपमा डा. उपेन्द्र देवकोटा सम्मानित भएका छन् । त्यस्तै, अस्पतालमा निर्भक इन्टरनेसल अस्पताल, मेडिकल कलेजमा मणिपाल शिक्षण अस्पताल, हाउजिङमा सनराइज अपार्टमेन्ट, ट्राभलमा सीतावर्ड ट्राभल, श्ैक्षिक संस्थामा एपेक्स कलेज, प्रकाशनगृहमा गोरखापत्र संस्थान सम्मानित भएका छन् ।

त्यसैगरी सबैभन्दा बढी मुल्य अभिवृद्धि कर (भ्याट) तिर्ने कम्पनीकोरुपमा दूरसञ्चार सेवा प्रदायक एनसेल नेपाल परेकेा छ । गत वर्षपनि एनसेल नै सबैभन्दा धेरै कर तिर्ने कम्पनीकोरुपमा सम्मानित भएको थियो ।

वित्तीय क्षेत्रमा नविल बैंक नै अगाडि

त्यसैगरी नेपालको बैंकिङ क्षेत्रमा सबैभन्दा बढी कर तिर्नेमा नविल बैंक परेको छ । नविल बैंक सबैभन्दा धेरै नाफा कमाउने बैंक पनि हो । त्यस्तै, रेमिटान्स कम्पनीमा आइएमइ, सहकारीमा राष्ट्रिय सहकारी बैंक, बीमा कम्पनीमा लाइफ इन्स्योरेन्स कर्पोरेशन, विकास बैंकमा एनआइडिसी विकास बैंक, फाइनान्समा नारायणी नेशनल फाइनान्स उत्कृष्ट करदाताबाट सम्मानित भएका हुन् ।

व्यापार-व्यवसायमा को-को सम्मानित ?

व्यापार-व्यवसायमा अग्नि इन कर्पोरेट प्रालि, औषधि उद्योगमा देउराली जनता फर्मासिटिकल प्रालि, कृषि उद्योगमा सिजी फुड, उद्योगमा एरोटेक प्रालि, होटलमा सोल्टी, बायुसेवामा बुद्ध एयर, निर्यातकर्तामा डाबर नेपाल बढी आयकर तिर्ने संस्थाकोरुपमा सम्मानित भएका छन् ।

त्यसैगरी सबैभन्दा बढी शिक्षा सेवा कर तिरेकोमा काठमाण्डू मेडिकल कलेजले र स्वास्थ्य सेवा कर ओम अस्पताल सम्मानित भएका छन् । सबैभन्दा बढी अन्तशुल्क तिर्ने कम्पनी सूर्य चुरोट उत्पादक कम्पनी सूर्य नेपाल परेको छ ।