चन्द्रप्रकाश बानियाँ /विकल्प न्यूज
म्याग्दी,असार ९ गते ।
नयाँ संविधानले घुमाईफिराई नेपाललाई हिन्दू धर्मसापेक्ष राज्यको मान्यता दिएको छ र पनि एकथरि मानिसहरु नेपाललाई हिन्दू धर्म सापेक्ष राज्य घोषणा गराउनुपर्छ भनेर लागेका छन् । वास्तवमा त्यसरी अभियानमा लाग्ने मानिसहरुलाई विषयको ज्ञानले भन्दा भावना र उक्साहटले अभिप्रेरित गरेजस्तोे देखिन्छ । बडे बडे सन्त, महन्त, विद्वान, पण्डित वा नेताहरु नै किन नहुन् ती सबै, खासगरेर, भारतमा क्रियाशील हिन्दूवादी संगठनहरुको लहै लहैमा लागेका हुन भन्नु बढ्ता हुदैन । धर्मसापेक्षताको वकालत गर्नेहरुले नेपालमा हिन्दूहरुको संख्या ८०/८१ प्रतिशत छ भन्ने जनसांखिक तथ्याङ्कलाई आधार बनाएको देखिन्छ ।
कसै कसैले त ओमकार परिवारको नाममा बौद्धमार्गीहरु समेतलाई जोडेर त्यो संख्याले ९० नाघ्ने तर्क पनि गर्ने गर्छन । संविधान संशोधन गरेर नेपाललाई हिन्दू धर्मसापेक्ष राज्य घोषणा गर्नुपर्छ कि पर्दैन भन्ने कुरामा मेरो कुनै निजी राय छैन । किनकि मेरो दृष्टिमा संविधानतः अहिले पनि नेपाल हिन्दूधर्म सापेक्ष राज्य नै हो । त्यसो हुुनु हुदैनथ्यो वा अझ स्पष्टसँग किटान गरिनुपथ्र्यो भन्ने कुरा अलग छलफलको विषय हो । यो स्तम्भमा त केवल बुद्धदर्शनको ओमकार परिवारसँग रहेको साइनो सम्बन्धको विषयमा अलिकता तथ्यगत विश्लेषण गरौं कि जस्तो लागेको छ ।
अहिंसावादी बुद्ध दर्शन र ब्रह्मवादी वैदिक दर्शन विल्कुल भिन्न मान्यतामा आधारित छन् । व्रह्मवादी दर्शन अर्थात वैदिक दर्शनले इश्वरीय सत्ताको अविछिन्न अस्तित्वमा विश्वास गर्छ । चराचर जगतको स्थिति, लय, प्रलय इश्वरेच्छामा हुन्छ भनेर मान्छ । आत्मालाई परमात्माकै अभिन्न अङ्ग मानेर आत्माको अमरत्वको जिरह गर्छ । अर्थात मानिसको मृत्युपछि भौतिक देह विनाश भए पनि आत्माले पुनर्जन्म लिन्छ भनेर मान्छ ।
मानिसले कपडा फेरे झै आत्माले नयाँ शरीर धारण गर्छ भनेर मान्छ । जन्म पुनर्जन्मको निरन्तर चक्रमा आस्था राख्छ । वैदिक दर्शनको ठिक विपरित कित्तामा उभिएर बुद्धदर्शनले इश्वरीय सत्ताको अस्तित्वलाई अस्वीकार गर्छ । परमेरश्वर अर्थात परमात्माको अस्तित्वमा विश्वास गर्दैन । स्वर्ग नर्कको कथामा पनि विश्वास गर्दैन । आत्माको वारम्बार पुनर्जन्म हुन्छ भन्ने कुरा पनि मान्दैन । बुद्धधर्म नितान्त अनिश्वरवादी दर्शन हो ।
परम ज्ञानी आत्माले परमात्मामा लीन हुने अवसर पाउँछ भनेर वैदिक दर्शनले भन्छ । त्यसरी परव्रह्म परमेश्वरको सायुज्य प्राप्त गर्ने कार्यलाई “मुक्ति” को रुपमा परिभाषित गर्छ । बुद्ध दर्शनले मरेपछि मुक्ति हुने कुरा गर्दै गर्दैन । कोही कसैले बुद्ध दर्शनको “निर्वाण” लाई वैदिक दर्शनको “मुक्ति” को पर्यायको रुपमा मानेको देखिन्छ ।
कनै बुद्धमार्गीले मृत्युवरण गरेपछि “फलानाले निर्वाण पाप्त ग¥यो” भन्ने चलन सनातन भैसकेको छ । तर बुद्धदर्शनले मुक्ति अर्थात निर्वाण मरेपछि होइन जिवितै प्राप्त गर्ने विषय हो भनेर मान्छ । बोधीसत्व अर्थात बुद्धत्व प्राप्त गर्नु नै निर्वाण प्राप्त गर्नु हो भनेर बुद्धदर्शनमा व्याख्या गरिएको छ । अर्थात उक्त दर्शनको भाषामा निर्वाणको अर्थ परम ज्ञान प्राप्त गर्नु हो ।
खासगरेर, ब्राह्मण ग्रन्थकालमा वैदिकधर्मलाई विकृतिको शिकार बनाउनेगरी जीवनमृत्यु सम्बन्धि दर्शनको भ्रमपूर्ण व्याख्या गरिएको देखिन्छ । हो त्यही धार्मिक अन्धविश्वास समाजमा फैलाएर धर्मको नाममा मानिसहरुको मनोवैज्ञानिक शोषण गरिन थालेपछि समाजलाई अन्धआस्थाको जन्जालबाट मुक्तगर्ने उद्देश्यबाट बुद्धदर्शनको विकास भएको हो । ब्राह्मणवादी मान्यताले सिर्जना गरेको जीवनमृत्यु सम्वन्धि भ्रम चिर्ने उद्देशयबाट बुद्ध दर्शको प्रतिपादन भएको हो । बुद्धदर्शनको उदयकालमा भारतवर्षबाट वैदिकदर्शन झण्डै लोपहुने अवस्थामा पुगेको थियो ।
सारा दक्षिणपुर्वी एसियाभर बुद्धदर्शनको एकछत्र साम्राज्य कायम भएको थियो । बाह्रौं शताब्दीमा शंकराचार्यको उदय भएपछि बुद्धदर्शनको विरुद्धमा जबर्जस्त दमन अभियान चलाइयो । बुद्ध स्तुपा र विहारहरु नष्ट गरिए, बुद्ध गन्थहरु जलाइए । भिक्ष्ुाहरुको निर्मम हत्या समेत गरियो । कसैलाई बलपूर्वक धर्म परिवर्तन गर्न वाध्य बनाइयो । यसरी इतिहासमा वैदिक र बुद्ध दर्शनबीच कटुतापूर्ण सम्बन्ध रहेको प्रमाण फेला पर्दछ ।
इतिहासको त्यो वास्तविकतालाई ढाकछोप गरेर आजकाल बुद्धदर्शनलाई हिन्दूधर्मकै एउटा शाखा वा अंश हो भन्ने खालको भ्रम छर्ने प्रयत्न भएको देखिन्छ । बुद्धदर्शनलाई ओमकार परिवारको सदस्य भएको दावी गर्ने र बुद्धधर्मका प्रातिपादक भगवान बुद्धलाई हिन्दू देवता विष्णुको दशौं अवतार हुन भनेर विल्कुल झुठो प्रचार गर्ने अभियान चलेको देखिन्छ । कपिलवस्तु राज्यका गणप्रमुख शुद्धोधनपुत्र सिद्धार्थ गौतम र हिन्दू र्धग्रन्थहरुमा उल्लेख गरिएका विष्णुको दशौ बुद्ध अवतार एउटै हुन कि होइनन भन्ने सत्य उजागर गर्नमा निम्न तथ्यहरुले अलिकता सहयोग पु¥याउँछन् ।
धार्मिक पुस्तकहरुहरुको प्रकाशनका लागि कहलिएको भारत गोरखपुरको कल्याण प्रकाशनले संवत २०५१ मा “हिन्दू संस्कृति विशेषाङ्ग” को चौथो संस्करण प्रकाशित गरेको छ र त्यसमा गौतम बुद्ध र भगवानको बुद्ध अवतारको बारेमा अलग अलग शिर्षक अन्तर्गत चर्चा गरेको छ ।
उक्त पुस्ताको पेज ७८८ देखि ८१२ सम्ममा हिन्दू धर्मसंस्कृतिमा भगवानको उपाधि प्रातगर्नेहरुको नाम निम्नानुसार उल्लेख भएको छः
गणपति, शङ्कर, सूर्य, विष्णु, शेष, ब्रह्मा, मत्स्य, कच्छप, वराह, नृसिंह, वामन, परशुराम, श्रीराम, वलराम, श्रकिृष्ण, बुद्ध, नरनारायण, कपिल, दत्तात्रेय, यज्ञ, ऋषभदेव, गौतम, हंस, धन्वन्तरी, मोहिनीरुप, हरि, हयशिर्ष, व्यास र अन्तमा भगवान कल्कीको अवतार हुने भविष्यवाणीको पनि उल्लेख गरेको छ ।
सोही पुस्तकको पृष्ट ८६४ देखि ८७२ सम्म अलग शिर्षक अन्तर्गत गौतम बुद्ध, वर्धमान महावीर, समुद्रगुप्त, अशोक, हर्षवर्धन, चन्द्रगुप्त, विक्रमादित्य, शालिवाहन, पृथ्वीराज, जयसिंह, छत्रसाल र राणा साँगाको संक्षिप्त जीवनचर्या दिएको छ ।
हिन्दू पुराणहरुमा उल्लेख भएको बुद्ध अवतारको जन्म “किकट देश” अर्थात गयाननिजक भएको थियो भनिएको छ । र उनका पिताको नाम “अजिन” थियो भनिएको छ ।
शिद्धार्थ गौतम अर्थात गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको ऐतिहासिक तथ्य प्रमाणित भैसकेको छ र उनका पिताको नाम कपिलबस्तु राज्यका गणपति शुद्धोधन थियो भनेर मानिन्छ ।
उपर्युक्त तथ्यहरुको आधारमा उक्त पुस्तकको पृष्ट ८०५ मा शिद्धार्थ गौतम र हिन्दू देवताको दशौ बुद्ध अवतार एउटै हुन् भन्न नसकिने कुरा पनि उल्लेख गरिएको छ ।
त्यही प्रसङ्गमा दशौं अवतार मानिएका बुद्धको जीवनचर्याको बारेमा पनि संक्षिप्त चर्चा गरिएको छ । कथासार यस्तो छ ः स्वयम इन्द्रदेवको सल्लाहमा वैदिक धर्माचरण अवलम्बन गर्न थालेका दानवहरु यति बलिया भएछन कि उनीहरुले इन्द्रासन समेत कब्जा गरेछन् ।
हिन्दू धर्मगं्रन्थहरुमा १०० राजशूय यज्ञ गर्ने मान्छेृले इन्द्रपद प्राप्त गर्नसक्ने कुरा परेको छ । दानवहरुले पनि लगातार भटाभट यज्ञयज्ञादि गर्न थालेपछि उनीहरुलाई स्वर्गबाट लगार्न कठिन भएछ । उनीहरुलाई धर्मच्युत गर्नको निमित्त छलकपटको सहारा लिनुपर्ने भएपछि सबै देवताले नारायणसँग गुहार मागेछन् । नारायणले पनि अमृत पिउनबाट दानवहरुलाई रोक्नका लागि मोहीनीरुप, बलिराजालाई इन्द्रासन प्राप्त गर्नबाट रोक्नका लागि वामन अवतार लिएजस्तै दानवहरुलाई वैदिक धर्मसंस्कृतिको अनुष्ठान अनुसरणबाट पतन गराउनका लागि बुद्ध अवतार लिएछन । बुद्धले आफू असिहंसावादी भएको प्रचार गरेछन् ।
बाटो हिड्दा समेत पाइतालाले कुल्चिएर साना जन्तु किटाणुहरु नमारियुन् भनेर हातमा कुचो लिएर हिड्ने गर्न थालेछन् । उनै बुद्धले एकदिन दनावहरुको यज्ञस्थलमा गएर यज्ञयज्ञादि गर्दा धेरै दृश्य अदृश्य प्राणीहरुको हत्या हुने भएको हुनाले यज्ञयज्ञादि गर्नु पापाचार हो भनेर उपदेश दिएछन् ।
सोझा दानवहरुले उनको कुटिल वचन पत्याएर यज्ञ गर्न छोडिदिएछन् । धार्मिक आचरण खण्डित भएपछि उनीहरु कमजोर हुन थालेछन । धर्मच्यूतिका कारणले कमजोर बनेका दैत्यहरुमाथि देवताले आक्रमण गरेर सिङ्गो दैैत्यकुलको विनाश गरेछन् । नारायणका दशौ अवतार मानिएका बुद्धको चरीत्र चित्रण हिन्दू संस्कृति विशेषङ्गमा यस्तै गरिएको छ ।
बुद्ध नै भनिए पनि हिन्दू देवताको आचरण छलकपटपूर्ण रहेको देखिन्छ । धर्माचरणमा लागेका मान्छेहरुलाई धर्मभष्ट गराउने कुटिल उद्देश्यबाट उनी प्रेरित भएका देखिन्छन ।
गौतम बुद्ध भने सत्यका कट्टर पक्षपाती छन् । उनका दृष्टिमा देव दानवबीच मात्रै होइन सबै प्राणीहरुमा समभाव राख्ने दृष्टिकोण विकास भएको छ । हिन्दू बुद्धले केवल छलकपट र षडयन्त्रका लागि मात्र अहिंसाको नौटङ्की गरेको देखिन्छ । गौतम बुद्धले भने अहिंसालाई आफनो जीवनदर्शन नै बनाएका छन । हिन्दू बुद्ध गयामा जन्मेका हुन भनेर पुराणहरुमा स्पष्ट उल्लेख भएको छ ।
गौतम बुद्ध कपिलबस्तुको लुम्बिनीमा जन्मेको ऐतिहासिक तथ्य सावित भैसकेका छ । हिन्दू बुद्धका पिताको नाम “अजिन” लेखिएको छ । गौतम बुद्धको पिताको नाम शुद्धोधन हो भनेर मानिन्छ ।
प्रिय पाठकहरु ! दुई बुद्धबीच यतिका भिन्नता देखिएपछि हिन्दू बुद्ध अर्थात नारायणका दशांैं अवतार र बुद्ध दर्शनका प्रतिपादक शिद्धार्थ गौतम अर्थात भगवना गौतम बुद्ध एउटै होलान कि फरक होलान भन्ने कुराको निर्णय आफै लिनुहोस् । हुदैन र ?