यसरी गर्न सकिन्छ बेनीको फोहोर व्यवस्थापन

हरिप्रसाद पौडेल/विकल्प न्यूज
जेठ १० गते ।
hari“फोहोर तव मात्र हुन्छ, जव प्रकृतिको चीज प्रकृतिमा नै मिलाउन सकिदैन” यो भनाइलाई अनुसरण गर्न सकेमा मात्रै हामी फोहर ब्यवस्थापनमा सफल हुन सक्छौ भन्ने लाग्छ । म्याग्दी जिल्ला सदरमुकाम बेनी वजारमा केही वर्ष अगाडी देखि उद्योग वाणिज्य संघ म्याग्दीको पहलमा वजारको फोहोर ट्याक्टरवाट संकलन गरि वजार नजिकैको खोला किनारमा थुपार्ने अभ्यास सुरु भयो यो निरन्तरताको लागि तत्कालिन अर्थुङ्गे गाविस ले जिम्मा लिने काम भयो हाल तत्कालिन अर्थुङ्गे गाविस सहित रत्नेचौर, घतान, पुलाचौर र सिंगा गाविस समेटेर बेनी नगरपालिका घोषणा भइ यहि मिति २०७३/०१/२५ गते तेस्रो स्थापना दिवस समेत भब्य समारोहको आयोजना गरी सम्पन्न गरीसकेको छ । यसै समारोहमा समेत फोहोर व्यवस्थापनको कुरा चर्कैगरि उठ्यो ।
बेनी वजारमा संकलन गरिएको फोहोर बेनी गलेश्वर मोटरवाटोको छेवैमा कालिगण्डकीको तीरमा फाल्ने गरे भनि तत्कालिन अर्थुङ्गे गाविस, जिल्ला प्रशासन कार्यालय लगाएतलाइ विपक्षी वनाइ सार्वजनिक मुद्धा समेत दर्ता भइ हालसम्म कायम रहेको छ भने यता बेनी नगरपालिकाले डम्पिङ्ग साइटको खोजि भइरहेको र यसको टु्रंगो लागेपछि दिर्घकालिन ब्यवस्थाप हुने भनिरहेको अवस्था रहेको छ ।

यथार्थमा फोहोर व्यवस्थापनको लागि हाल सम्म ३/४ दिनको अन्तरमा नगरपालिकाको ट्याक्टर आएर संकलन गरेको फोहोर कालिगण्डकीको तीरमा फ्याक्ने र सो वाहेकको फोहोर पोकापन्तुरा वनाई घरकै डिलवाट, पुलको विचवाट फ्याक्ने, सम्पुर्ण घरको किचन, वाथरुम तथा अन्य पानिलाई ढल हँुदै सोझै कालिगण्डकी तथा म्याग्दी नदिमा मिसाउने कार्यनै बेनी वजारको चल्तिको फोहोर व्यवस्थापनको नियती भएको छ । hari parsad article photo

तथापी मानवअधिकार तथा शान्ति समाज नेपालको म्याग्दीमा सम्पन्न राष्ट्रिय परिषदका अवसरमा कालिगण्डकी सफाइका लागि संकल्प प्रस्ताव पास गरेपछि जिल्ला शाखाले सुरुवात गर्न लागिरहेको अवस्थामै वास पत्रकार समुह म्याग्दीले अभियानको रुपमा यसलाई अगाडि वढाउने संकल्प लिई अल्पकालिननै भएपनि सफाइको सुरुआत गरेको छ यसवाट जनमानसमा एकखालको सरसफाइ प्रतिको धारणामा विकास भएको पाईन्छ ।
“बेनीको वजार, जता फोहोर उतै छ सरोकारवालाको नजर” अव यो उत्तीm बेनीजारको लागि सुहाउने भएको छ हरेक वैठक, गोष्ठी तथा अन्य कार्यक्रमहरु सवैमा फोहोर व्यवस्थापनको कुरा चर्काेगरी उठेको छ नउठोस पनि कसरी ? मुक्तिनाथ दर्शनको मुल द्धार कालिगण्डकी नदिको मोटरेवल पुलको दाया वाया को दृष्यावलोकनवाट नै यसको असली रुप जोसुकैले भेउ पाइहाल्ने, त्यसको चर्चा गर्दा खुल्ला दिसामुक्त क्षेत्र लगाएत पूर्ण सरसफाइको अवस्थाको असली रुप छर्लङ्गै देखिने अवस्था विद्यमान छ ।
हाल सम्म फोहोर व्यवस्थापनका लागि बेनीवजारको खाल्डोमा कुरा धेरै र काम थोरै भए, नगरपालिका घोषणा भइसकेपछि पनि नगरपालिकाले काम गरिरहेकै छौ भनेको छ विभिन्न समिति वनाउने र विघटन गर्ने कार्यमानै नगरपालिका सिमित भएको देखिन्छ, उद्योग वाणिज्य संघको जमानाको ट्याक्टर ३–५ दिनको एकपटक एउटा टोलमा पुग्ने गरी पठाउने वाहेक थप केहि काम गर्न सकेको देखिदैन । त्यसैले वेनिवजार लागाएत वजारोन्मुख बेनी नगरपालिका क्षेत्र भित्र फोहोर व्यवस्थापन गर्नको लागि केहि ठोस कार्यहरु गर्न जरुरी देखिन्छ त्यसको लागि केहि अवधारणा यहाँ प्रस्तुत गर्ने जर्मको गरेको छु ।
१) घरधुरी सर्भेक्षणअ ः बेनी नगरापलिका ले सर्वप्रथम बेनीवजारको घरधुरी सर्भेक्षेण गरि वजारवाट निस्कने फोहोरको परिमाण, फोहोरको प्रकार वारे वस्तुगत अध्ययन गर्नुपर्ने हुन्छ ।
२) घरधुरी सर्भेक्षणवाट देखिन सक्ने अनुमानित अवस्थाको आधारमा त्यसलाई दिर्घकालिन र अल्पकालिन कार्ययोजना वनाई कार्यान्वयन गर्नुपर्ने हुन्छ ।
बेनी वजार, नगरपालिका क्षेत्र र समग्र म्याग्दी जिल्ला नै औद्योगिक (उत्पादन) मुलक जिल्ला नभई उपभोग्य जिल्ला भएको कारण यस क्षेत्रमा औद्योगिक फोहोर हुने न्यनु सम्भावना देखिन्छ । भने अस्पताल जन्य फोहोरको समेत म्याग्दी जिल्लामा समस्या देखिने अवस्था छैन । त्यसैले बेनीवजारमा तपशिलमा उल्लेखित फोहोरका प्रकारहरु हुन सक्छन र यसको व्यवस्थापनको केही खाका पेश गरएको छ ।
१) कुहिने फोहोर
क) कार्टुन/कागज जन्य फोहोर ३५ प्रतिशत ः नगरपालिकाले डुलाउने ट्याक्टरमा हेर्दा देखिने सवैभन्दा वढि फोहोर कार्टुन र कागज जन्य फोहोर देखिन्छ । जसलाई हामी फोहोर भनिरहेका छौ वास्तवमा यो वस्तु फोहोर होइन । यसलाई संकलन गरि राख्न सकेमा घरैमा आएर ३ देखि ५ रुपैयाँ प्रति किलोमा कवाडी सामान उठाउनेले लैजान्छन् । बेनीवजारलाई नियाल्दा केही नव धनाढ्यहरु कार्टुन पनि के वेच्ने के लोभ गरेको भन्ने सम्मको आवाज सुन्न पाईन्छ उनिहरुलाई थाहा हुनपर्ने हो हिजोको बेनीवजारको अवस्था के थियो र कसरी बेनीवजार यस्तो वजार वन्न पुग्यो । तथापि कुरो पैसा संगमात्रै जोडिएको छैन हामिले कार्टुन÷कागज जन्य वस्तुलाई फोहोर वाट वाहिर राख्न सक्यौ भने मात्रै व्यवस्थापनमा ठुलो सहयोग हुन्छ र यो पुःन प्रयोगमा समेत आउने हुँदा वाताबरण सन्तुलनमा दोहोरो सहायोग पुग्छ । घरघरवाट गर्नसकिने यस काम गर्न किन पछि हट्ने ।
ख) भान्सा वाट निस्कने फोहोर १० प्रतिशत ः बेनीवजारको अर्काे फोहोरको स्रोत भान्सा वाट निस्कने फोहोर हो जसमा तरकारी केलाउदा आउने कचडा, पाकेको वाकिं खाना, काचो सञ्चीत गरिएका वस्तुहरु नै भान्सा वाट निस्कने फोहोर हो । यसको व्यवस्थनका लागि सर्वप्रथम त सम्पूर्णमा चेतनाको जरुरी हुन्छ धेरै समय नटिक्ने वस्तुहरु भण्डारण कम गर्ने, खाना वनाउँदा नाप लिएर सोहि अनुसार खाना तयार गर्ने नै महत्वपूर्ण हुन्छ साथै केही फोहोर अनिवार्य निस्कने हुँदा यसलाई व्यवस्थापन गर्न प्रत्यक घरमा कुहिने फाहोर राख्ने वकेटको अनिवार्य वेवस्था गर्न नगरपालिका, वडा नागरिक मञ्च र टोलसुधार समितिले चासो लिनुपर्ने अनि सो संकलित फोहोरलाई करेसावारिको लागि मल तयार गर्ने वा बेनीवजार आसपास मा रहेका वंगुरको फर्मसंगको सहकार्य/समन्वयमा वंगुर फर्ममा पठाउने गर्नुपर्छ जसले गर्दा वंगुरको लागि दानाको पनि स्रोत पुर्तिहुने र फोहोर को उचित व्यवस्थापन हुन्छ । यो कार्य व्यक्तिगत रुपमा नै गर्न सकिन्छ ।
२) नकुहिने फोहोर
ग) प्लाष्टिक जन्य फोहोर ३५ प्रतिशत ः बेनीवजारको दोस्रो फोहोरको ठुलो स्रोत प्लाष्टिक जन्य फोहोर हो यसमा प्याकिङ्ग प्लाष्टिक, ¥यापिङ्ग प्लाटिक, रंगिन/झोला प्लाष्टिक, प्लाष्टिकका भाँडावर्तन जस्ता वस्तुहरु पर्छन, यि नकुहिने र पोल्दा पनि दुर्गन्ध आउने हँुदा यसको व्यवस्थापन मुख्य समस्या देखिन्छ र वजार, चोक, कुना–काप्चा, खोला–नाला मा प्लाष्टिक जन्य फोहोरको नै डंगुर देखिने गरेको छ यसको व्यवस्थापनको लागि सर्वप्रथम झोलाजन्य प्लाष्टिकको प्रयोगमा विस्तारै निषेध गर्नुपर्ने हुन्छ भने कुनै न कुनै रुपमा प्लाष्टिक प्रयोगमा आइरहने हुँदा यसवाट निस्कने फोहोर व्यवस्थापनको खाँचो छ ।

प्लाष्टिकका झोलाहरुलाई सकेसम्म प्रयोग नगर्ने यसको विकल्पमा सपिंग ब्यागहरुको प्रयोग गर्ने र प्लाष्टिक झोला प्रयोग गर्नुपरेमा पुःन प्रयोग गर्ने वानिको विकास गर्ने साथै प्रयोग गर्न नसकिने भएपछि त्यसलाई घरैमा संकलन गर्ने र घरमा आउने कवाडी उठाउनेहरु लाई रु २० प्रतिकिलो सम्ममा वेच्ने गर्न सकिन्छ साथै प्लाष्टिक का टुटेफुटेका भाँडाकुडाहरु समेतलाई त्यसैगरी विक्रिगर्न सकिने हुँदा प्लाष्टिकजन्य फोहोर हुन पाउँदैन र त्यसवाट केही नगद समेत आर्जन गर्न सकिन्छ ब्यक्तिगत प्रयासवाटै यी कार्य गर्न सकेमा वजारवाट निस्कने फोहोरलाई ३५ प्रतिशत कमि गर्न सकिन्छ ।

  घ) सिसा (काँच)/धातुजन्य फोहोर ५ प्रतिशत ः यस प्रकारको फोहोर म्याग्दीमा कमै देखिन्छ, धातुजन्य फोहोर को व्यवस्थापनमा समस्या नभएपनि केहि सिसा वोतलहरु र अन्य डेकोरेसन काँचमा समस्यानै रहेको छ, वोतलहरुसमेतलाई संकलन गर्ने र विक्रिवितरण गर्न सकिन्छ भने डेकोरेसन काँच लाई हालसम्मको अवस्थामा पुःन प्रयोगमा सजिलो देखिएको छैन त्यसैले यसलाई सुरीक्षित सथानमा डम्पिङ्ग गर्नुपर्ने नै हुन्छ त्यसैले यसलाई नगरपालिकावाट योजना निर्माण गर्नुपर्छ ।
ङ) मेटालिक फोहोर १० प्रतिशत ः वास्तवमा मैले देखेको खास बेनी वजारको फोहोर यो मेटालिक फोहोर हो जसमा चाउचाउ मिठाई विस्कुटका खोलहरु, चिसोपेय पदार्थका प्याकेटहरु पर्दछन यि वस्तुहरु पोल्दा समेत नपोलिने, नकुहिने र पुःन प्रयोग मा समेत नआाउने प्रकृतिका हुने हुँदा यी वस्तुहरुवाट वास्तवमा फोहोरको डंगुर परेको देखिन्छ यसलाई ब्यक्तिगत तवरवाट व्यवस्थापन गर्न सकिने अवस्था दखिदैन त्यसैले ब्यक्ति र समुदायले यसको प्रयोगवाट निस्कने वस्तुलाई यत्रतत्र नफालिकन उचित स्थानमा राखिदिने मात्रै हो र जिम्मेवार निकायले उचित स्थानमा व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिन्छ, यत्रतत्र नफ्याक्नको लागि चोकचोक र टोलटोलमा फोहोर फ्याक्ने डस्टवकेटको व्यवस्था हुनुपर्ने हुन्छ ।
च) माटो÷वालुवा जन्य फोहोर ५ प्रतिशत ः हामीहरुको अर्काे हैरानि भनेको माटो÷वालुवा जन्य फोहोर पनि रहेको छ, हामिले नजान्दा यसलाई फोहोरको रुपमा परिणत गरिदिएका छौ । हेर्दा देखिन्छ विहान विहान घरआगन टोल सफा गर्दा अन्य वस्तुको साथसाथै त्यहावाट वालुवा÷माटो समेत फोहोरको रुपमा उठाएर जम्मा गर्ने गरिएको छ यसरि फोहोर उठाउदा अन्य कचडाहरु उठाउने र माटो÷वालुवालाई सोही स्थानमा खालडाखुल्डीमा व्यवस्थापन गर्ने, पिच÷डिपिसि÷कंक्रिट गरिएको स्थान भए सो वाट संकलित वालुवा÷माटो लाई छुट्टै उठाएर अन्यत्र कतै व्यवस्थापन गर्ने गर्नुपर्छ ।
३) पानी जन्य फोहोर
छ) वाथरुमको पानि र भान्साको पानि वाट वन्ने ढल ः नदी खोला प्रदुषित वनाउने यो प्रमुख कारक हो, अब्यवस्थित वजारीकरण, अनियन्त्रित निर्माणका कारण वनेको साघुरो वाटो आदिले भान्छा तथा वाथरुमवाट निस्कने पानिको उचित व्यवस्थापन हुन सकिरहेको छैन अझै केही पुराना संरचनाहरुमा सेप्टिट्यांकी समेत नभएको पाइन्छ यसरी घरवाट निस्कने पुरै पानीजन्य फोहोर नदिखोलामा पुगेको छ, यसको व्यवस्थापनको लागि समुदाय स्तरवाट र जिम्मेवार निकायवाट समन्वयमा कार्यक्रम अगाडि वढाउनुपर्ने देखिन्छ, यसको लागि समुदाय स्तरवाट अव वन्ने संरचनामा वाथरुमवाट निस्कने

पानीको पुःन प्रयोग गर्न सकिने गरि यवस्था गर्ने र यसको लागि नगरपालिकावाट नीतिगत व्यवस्था लागुगर्नुपर्ने देखिन्छ भने वनिसकेको संरचना तथा त्यसलाई व्यवस्थापन गर्न वनेका ढलवाट वहेको पानीजन्य फोहोरलाई सोझै नदिखोलामा नपु¥याई नजिकै २०/५० मिटर मा पानि शुद्धिकरणको प्रकृया तुरुन्तै सुरुगर्न जिविस/नपा/निजिक्ष्ोत्र लगाएत जिम्मेवार निकाय लाग्नुपर्ने देखिन्छ यसो हुनसकेमा पानीजन्य फोहोरको दिर्घकालिन व्यवस्थापन गर्न सकिन्छ ।
ज) मोटर ग्यारेज वाट निस्कने केमिकल जन्य ढल ः वढ्दो शहरिकरण, त्यस संगै मौलाएको सुविधाको उपभोगको संस्कृति संगै ढुवानी समेतको कारण सानाठुला सवारी साधनको चाप दिनानुदिन बेनीवजार लगाएत जिल्लामा थपिइरहेको छ, यस संगै नियमित मर्मत समेतको लागि ग्यारेजहरुको सञ्चालन भइरहेको छ ।

ग्यारेज सञ्चालन गर्दा दैनिक डिजेल, पेट्रोल, मोविल लगाएत लुव्रिकेण्ट सहितको अत्यन्तै हानिकारक र प्रज्वलनशिल फोहोर नदी तटमा व्यवस्थापननै गर्न नसकिनेहो कि जसरी यत्रतत्र भइरहेको देखिन्छ, यस किसिमको फोहोर व्यवस्थापन गर्नु अर्काे चुनौति रहेको छ तथापी यसलाई व्यवस्थापन गर्न सकिन्छ पहिलो त ग्यारेजमा निस्केन यसफोहोरलाई प्लाष्टिकको ड्रममा संकलन गर्नसकिन्छ र यसलाई पुःन प्रयोगको लागि व्यवस्थापन गर्न सकिन्छ साथै सोही ग्यारेजहरुमा सेफ्टी निर्माण गरी यसलाई सुरक्षित गर्न सकिन्छ ।
४) मासु पसलवाट निस्कने लगाएत अन्य फोहोर ः बेनीवजारको हकमा मासुपसलवाट निस्कने फोहोर अर्काे टाउको दुखाई वनिरहेको देखिन्छ, रागो, खसि, कुखुरा आदि को छाला, हड्डि, लादि, आन्द्रा भुँडी, प्वाँख आदि वस्तुहरु मासुजन्य फोहोर हो । यस फोहोरलाई तत्कालको लागि आन्दा्र भँुडी जन्य फोहोरलाई माथि भनिए जसरी वंगुरको दानामा प्रयोग गराउने, हड्डि, छाला र प्वाँखलाई कार्ययोजना वनाई मलखादको रुपमा प्रयोग गराउन सकिन्छ साथै उचित प्रसोधन गरी विभिन्न सामाग्रि समेत उत्पादन गरी ब्यापा प्रवर्धन समेत गर्न सकिन्छ ।
साथै अन्य वस्तुहरुलाई समेत उचित व्यवस्थापन गर्न सकिने हुँदा बेनीवजारमा फोहोर व्यस्थापनको लागि काम अगाडि वढाउन सकिने उत्तिकै संभावना समेत देखिन्छ र फोहोरको उचित ब्यवस्थापन हुने अवस्था रहेको छ तर तत्कालै प्रकृया अगाडि वढाउन नसकेमा या ढिलासुस्ति गरेमा पछि ब्यवस्थापन जटिल वन्दै जाने कुरामा जिम्मेवार पक्ष चनाखो हुनै पर्छ ।
उल्लेखित अवधारणामा केहि दिर्घकालिन सहित अल्पकालिन समेत प्रकृया सञ्चालन गर्न सकिने कुरा पेश गरिएको छ यसको अलवा वेनि नगरपालिकाले थप उल्लेखित कार्य तत्कालै सुरुआत गर्नु जरुरी देखिन्छ
दिर्घकालिन व्यवस्थापन
१ डम्पिङ्ग साइटको ब्यवस्था ः जसमा फोहोर थुपार्ने मात्रै होइन यसलाई विविधिकरण समेत गर्न सकिने हुनुपर्छ
२ नीतिगत व्यवस्था ः
क) फोहोर फाल्नेलाई सजाएको व्यवस्था र कार्यान्वयन
ख) भौतिक संरचना निर्माण गर्दा वाथरुमको पानि लाई पुःन प्रयोगमा ल्याउन सकिने गरि संरचना तयार गर्न नगरपालिका नीतितय गर्नुपर्ने
ग) नगरपालिका आफै फोहोर व्यवस्थापनमा लाग्ने होइन, निजि क्षेत्र, सामाजिक संघ संस्था समेतलाई आकर्षित गर्न सक्ने नीति अवलम्वन गर्नुपर्छ साथै सहकारी मार्फत उल्लेखित अवधारणा कार्यान्वयनमा ल्याउन सकिन्छ जसवाट दिर्घकालिन व्यवस्थापन हुन सक्छ । यससम्वन्धि अवधारणाको आवश्यकता महशुस भएमा पछि अवधारणा प्रस्तुत गर्न सकिने समेत यसै लेख मार्फत जानकारी गराउछु । लेखक पौडेल गैसस म्याग्दीका अध्यक्ष हुन