खिबाङ गाउँमा लालीगुराँसको मालाले स्वागत

विकल्प न्यूज/बेनी
चैत ९ गते ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ खिबाङका महिलाहरुले गाउँमा आउने पाहुनालाई लालीगुराँसको फूलबाट बनेको मालाले स्वागत गर्दछन् ।
गाउँमा आउने पर्यटकहरुलाई आमा समुहमा आवद्ध महिलाहरुले स्वागत गर्ने प्रचलन छ । गाउँपालिकाले खादाको प्रयोगलाई बन्द गरेकाले स्थानीय उत्पादनबाट निर्मित सामग्रीहरुले पाहुनाको स्वागत गर्ने गर्दछन् ।


तस्विर ठाकुरप्रसाद आचार्य