पर्यटन र जलविद्युतको हब म्याग्दीको नारच्याङ गाउँ
ठाकुरप्रसाद आचार्य
म्याग्दी,असार २५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ स्थित नारच्याङको बेंसी गाउँ । नारच्याङ गाउँ पर्यटन र जलविद्युतको हवका रुपमा परिचित छ ।
जलविद्युतको प्रशस्त संभावना भएको यो गाउँमा मात्रै पाँचवटा जलविद्युत आयोजना निर्माण सम्पन्न भइसकेका छन् । नारच्याङ भएर बग्ने कालिगण्डकी नदीमा अहिले एकसय ८० मेगावाट क्षमताको कालिगण्डकी गर्ज र ६६.३ मेगावाट क्षमताको मध्यकालिगण्डकी जलविद्युत आयोजना निर्माणधिन अवस्थामा छन् ।जलविद्युत र पर्यटनबाट यहाँका स्थानीयहरुले मनग्य रुपमा फाइदा लिएका छन् । जलविद्युत् आयोजनाले स्थानीयवासीलाई रोजगारी र लगानीका अवसर सिर्जना गरेको छ ।
जलविद्युत आयोजना निर्माण हुनथालेपछि रोजगारी सिर्जना र आर्थिक उपार्जनले स्थानीयहरुको जिवनस्तर फेरिएको छ । जलविद्युतका साथै नारच्याङ गाउँ पर्यटकीय हवका रुपमा पनि परिचित रहेको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल यसै गाउँमा पर्दछ । नारच्याङ गाउँ अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने प्रवेशद्धार समेत हो ।
अन्नपूर्ण गाउँपालिका ४ नारच्याङको बेंसी गाउँ । तस्बिरः ठाकुरप्रसाद आचार्य

प्रतिक्रिया राख्नुहोस्