महिला भलिबल ः गण्डकीले तय ग¥यो सेमिफाइनलको यात्रा

विकल्प न्यूज/बेनी
असोज ३१ गते । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा जारी महिला भलिबल प्रतियोगितामा सोमबार भएको क्वाटर फाइनल खेलमा प्रदेश नम्बर एकलाई पराजित गर्दै गण्डकी प्रदेशले सेमिफाइनलको यात्रा तय गरेको छ । गण्डकीले प्रदेश नम्बर एकलाई ३–० को सोजो सेटमा पराजित गर्दैजित निकालेको हो । गण्डकीले २५–१०,२५–१० र २५–१७ मा खेल खेलेको थियो । मंगलबार विहान ८ बजेदेखि सेमिफाइनलका खेलहरु सञ्चालन हुने अफिसियल व्यवस्थापक म्याग्दी भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो ।