ताजा समाचार:
Search

अर्घाखाँचीमा एकै दिन ३१ जनामा कोरोना पुष्टि

विकल्प न्युज/ बेनी

जेठ २६ गते । 

अर्घाखाँची – अर्घाखाँचीमा आज एकै दिन ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

घर फर्केर सम्बन्धित पालिकाका क्वरेन्टीनमा बसेकाहरुको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताउनु भयो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ३१ जनामा कोरोना देखिएको र उनीहरु कुन ठाउँको क्वरेन्टीनमा बसेका भन्ने बारेमा अनुसन्धान  भैरहेको जिल्ला स्वास्थय कार्यालयले जनाएको छ ।

यसअघि जिल्लाको शितगंगा नगरपालिकाको ठाडाको ज्योति माविको क्वरेन्टीनमा बसेका ३६ वर्षीय  पुरुष र पाणिनी गाउँपालिकाको वडा नं. ८ पालीको कमला माविमा रहेका दुई जनामा कोरोना देखिएको थियो । उनीहरुको सन्धिखर्कमा रहेको हटारीको आइसोलेसनमा उपचार भइरहेको छ ।

गएको जेठ १० गते भूमिकास्थान नगरपालिका–९ का ३४ वर्षीय पुरुषकोे  घर फर्कने क्रममा बाटोमा मृत्यु भएको थियो र उनको स्वाब प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा कोरोना सङ्क्रमण पुष्टि थियो । उज्यालो अनलाइन