कृष्ण जिसी /विकल्प न्यूज
भदौं ३ गते । म गुमनाम छैन, कतै हराएको पनि छैन । मेरो एउटा बिशाल संसार छ, त्यसैमा म रमाएको छ । मेरो संसारको कुनै सिमा छैन, न त कसैले मेरो सिमा मिच्दछ अनि कसै संग सिमा बिबाद । मेरो संसारको भोग म एक्लै गर्दैछु । मेरो संसारको शासक पनि म शासित पनि आफै । यो संसारको सृटिकर्ता पनि म आफ,ै पालन कर्ता पनि म आफै र संहार कर्ता पनि म आफै । यहाँ कुनै अभाब छैन र दुख कष्टका अबस्था छैनन, न त द्वन्द न कलह न त कुनै स्वार्थ र मोह ।
हरेक दिन सबैको जस्तै मेरो पनि जिन्दगी शुरु हुन्छ तर मेरो भागदौड हुदैन । चारैतिर छटपटी, उकुसमुकुस, चिन्ता, भय, बिस्मात र तनावले छट्पटिएका अनेकौं संसार भेटिन्छन अनि म खिस्स हाँस्दछु ।
किन यिनीहरु मेरो जस्तै संसार बनाउन सकेका छैनन् होला । कस्तो संसार सृजना गरेका छन् उनीहरु ? तर म मेरै संसारमा हुन्छु म मेरा आमा, बाबा प्रति कृतज्ञी हुन्छु उहाँहरुको सृष्टि प्रति म नमन गदृछु अनि गर्ब गर्छु मेरो जन्मप्रति । मेरो संसार मैले नै चलाएको छु । म कसैको अधिनमा छैन, म स्वतन्त्र छु, मेरा हातगोडा बाधिएका छैनन्, मेरो आवाज थुनिएको छैन । म अरुबाट स्वचालित छैन । आफ्नो संसार आफैले सिर्जना गरेको हुँ जसको रिमोट मेरै हातमा छ ।
कहिले कहिँ पश्चाताप लाग्दछ किन मेरो दिमागको बिर्को किन समयमै खुलेन होला भनेर । ३३ बर्षको उमेरसम्म म स्वचालित हुन सकिन । मेरो जिन्दगीको रीमोट कन्ट्रोल कसैको हातमा कसरि पुग्यो ? शरीर मेरो तर आत्मा अरु कसैको, मन मेरो तर बिचार अरु कसैका,े आँखा मेरा तर दृष्टि अरु कसैका,े गोडा मेरा तर चाल अरु कसैको, मुटु मेरो तर धड्कन अरु कसैको, ओठ मेरो तर मुस्कान अरु कसैको ।
अचम लाग्दछ यति लामो समय सम्म कसरि यि सबैकुरा अरुबाट कसरी सम्भव भयो ? शरिर कसरि अरुबाट संचालित हुन सक्छ होला? तर यस्तै रह्यो एउटा समय र आफ्नो संसारमा अरु कसैको राज चल्यो । त्यो पनि निरङ्कुश तानाशाही तवरले जिउँदो रहेपनि जिउन सकिएको थिएन । तर त्यो संसार आज छैन । आज मेरो मेरो आफ्नो संसार छ । यसको एक्लो मालिक म आफै छु । निसंकोच म आफैले यसको शासन चलाएको छु । मेरो शरीर मेरो, बिचार मेरा, अंग मेरा, इन्द्रियहरु मेरा, सबै मेरो अधिनमा छन् ।
त्यो शासन ब्यबस्था लत्याएर मेरो हातमा ल्याउन धेरै लामो संघर्ष गरेको छु मैले । त्यति सजिलै बर्तमान संसारको सत्ता प्राप्ति मैले गरेकै हैन । बैचारिक द्वन्द चलिरह्या,े शासक प्रति मेरो बिमति हुन थाल्यो । संघर्सको लामो कालखण्ड पार गरेको छु । हार जितको लागि कयौं पटक अदालत पुगेको छु,, मेरो मनको अदालत, यसको जडसुत्रबादी सोचको जरा उखेल्न आफैले आफैलाई चिन्तनको अदालतमा कयौं पटक उभ्याएं विचार र सोचका वकिलका धेरै बहस चले ।
अनिर्णित मुद्दाहरु कयौ पटक अदालतको तारिक खेपी रहे । अन्तत लामो संघर्ष पछी एक दिन मेरो बिजय भयो । मलाइ मेरो मनको अदालतले स्वतन्त्र रहने निर्णय सुनाइदियो ।
अनि म स्वतन्त्र र निर्भयताका साथ आफ्नो जीवन बाँच्न सक्ने अबस्था सिर्जना गर्न सकेँ । मैले मेरो जीवनमा बिजय प्राप्त गर्न सकँ,े म बिजयी बने तर कुनै प्रतिस्पर्धी बिहिन । मेरो विचार सोच र अनुभूति मेरा दुस्मन थिऐ जसलाई परास्त गर्न सकेँ यहि हो मेरो जीतको राज ।
जुन दिन मैले आफुलाई जितें त्यो दिन मेरो गल्लीमा बिशाल ¥याली निस्कियो । अबिरजात्रा र लावा लस्कर सहित एक बिशाल बिजय र्यालीमा अरबौ दर्शक अनि म एक्लो बिजेता । लोभ, मोह, इर्ष्या, डाह, द्वेष, संकोच, स्वार्थ, क्रोध, यिनै अरबौं दर्शक श्रोताको अगाडी मैले स्वतन्त्र भएका मेरा हात फैलाउदै सम्बोधन गरिरहेको थिएँ । अव मेरा गोडामा मेरा चाल थिए, मेरो मुखबाट मेरो आफ्नै आवाज निस्किएको थियो, मेरा ओठमा मेरै मुस्कान थियो ।
आज मेरो मुटुमा मेरै धड्कन थियो । मेरा आँखामा मेरै दृष्टि थिए । मेरो मन मस्तिष्कमा मेरा आफ्नै सोच थिए । म रुवा भन्दा हलुका महसुस गरिरहेको थिएँ । मेरो सोचको दुरी धेरै पर सम्म फैलिएको थियो । पानीमा प्यास भेटेको थिएँ । भोजनमा स्वाद भेटेको थिएँ । पवन मेरो थिया,े स्पर्समा प्यार थियो र त्यसमा आत्मियता थियो ।
आफुलाई जितेको दिन म फरक थिएँ । हरेक कुरालाई फरक देख्न थालिसकेको थिएँ । मेरो झुपडी एक स्वर्ण जडित भब्य महल लाग्यो । मेरा आफ्ना आफन्त प्रिय लाग्न थाले । कुरूप कुनै पनि चिज देख्न छोडँे । पत्थरमा फुल देख्न थालें । सुर्यको प्रचण्ड ताप र राप पनि शितल र शान्त लाग्न थाल्यो । अभाब दरिद्रता कोषौं सम्म पनि देखिन छोडे । भोग विलासले फर्केर हेर्ने साहस सम्म पनि गर्न सकेनन ।
मान्छे, मान्छे देखिन छोडे, सबैमा भगवान र एक आदर्श व्यक्ति देखिन थालेँ । जनवार, पशुपंक्षी सबै असल मित्र बन्न शुरु गरे । हिंस्रक जनवार मित्रवत बन्न पुगे । बिष बमन गर्ने बिषालु साँप अमृत ओकेलन थाले । आकास गर्जदा मधुर संगीत बज्दथ्यो । आकास बर्षदा अमृत धारा बग्न थाले ।
केहि समय पहिलाको अरुको अधिनमा रहेको संसार आज अचानक एकाएक मेरो आफ्नो बन्यो । एक सुन्दर उपबन बन्यो, एक मधुशाला बन्यो र त्यो शुन्दर संसारको म एक्लो मालिक बनेँ । मेरो संसारको म एक्लो मालिक । मेरो जिन्दगीको रिमोट अब मेरै हातमा छ, मैले चाहे अनुसार चलाउन सक्दछु, यसको ट्युनिंग आफै गर्न सक्दछु । मेरो जिन्दगीको संगीत मेरै, शब्द मेरै स्वर मेरै र अभिनय पनि मेरै छ ।
मेरो जिन्दगीको मालिक–शासक र अभिकर्ता म आफै बने पछि सबै कुरा फेरिएको छ । हरेक कुराको बुझाइ फेरिएको छ, मेरो अनुभूति अलग्गै छ, जिबनशैली फेरिएको छ । हरेको कुराको परिभाषा आफ्नै छ । खानपान र ब्यबहार फेरिएको छ ।
अचेल भोकलाइ भोक संगै खाइदिन्छु, अनि प्यासलाई प्यास संगै । खाना मनले खान थालेको छु, स्वाद जिब्रोले हैन आँखाले लिन थालेको छु । कडा पत्थर मेरोलागि नरम सिरानी बन्न थालेका छन । तिखा काँडा र संगिन धार मेरो लागि नरम रबर हुन्छन । मेरो संसारमा दिन र जुनेली रात मात्रै हुन थालेको छ । औंसी पक्ष नै हराएको छ ।
मेरो संसारका प्रत्येक नियम फेरिएका छन् । जिबनचक्र फेरिएको छ । मेरो गोठको गाइ सधैभरि दुध दिईरहन्छ । मेरो फूलबारीका बोटहरु सदाबहार फल पÞmलाउदछन् । मेरो धाराको मूल कहिल्यै सुक्दैन। हिउद हिउद जस्तो छैन । न त मेरो जीवनको उपवनका कुनै रुख अस्थिपन्जर जस्ता देखिन्छन । सधै हरियाली र ढकमक्क छन् । मेरो संसारको बर्णन हज्जार जिब्रो भएका शेषनाग चतुर्मुख ब्रह्माले पनि गर्न सक्दैनन् तर मैले केहि अंश मात्रै भन्न सक्दछु ।
त्यति बिशाल शुन्दर संसारको निर्माणकर्ता म आफै हुँ । यो शुन्दर संसार सिर्जना गर्न मलाई धेरै हैन केहि बर्ष लाग्यो । जुन दिन मेरो आफ्नो संसार निर्माण भयो त्यो दिन देखि म अत्यन्तै खुसि छु । ब्रम्हा बिष्णु महेश्वर बुद्ध अल्लाह जिसस सबैले मेरो भाषा बुझ्दछन । मलाइ यिनीहरुमा फरक लाग्दैन मेरो जिन्दगीको भगवान पनि म आफै हुँ पुजारी पनि आफै हु । मैले दाबीका साथ् भन्न सक्दछु कि म धनि छैन र गरिब पनि । म अहंकार गर्दिन त्यसैले संसारको एक खुसी व्यक्ति हुँ केवल मेरो मात्रै हैन सारा संसारको ।
मैले त संसार जितें तपाइँरुले जित्नु भयो ? तपाइंको संसारको मालिक अधिपति को हो ? आफ्नो संसारको राजकाज आफै गर्न सक्नु भएको छ ? तपाइंको जिन्दगीको रिमोट तपाइँ कै हातमा छ ? तपाइंको मनमा तपाईं कै बिचार छ ? आँखामा कसको दृष्टि ? आफ्नै या अरुको ? यस्तै सयौं प्रश्नहरुको जवाफ हरेकले पाउनु पर्दछ ।
जव यी प्रश्नको जवाफ पाउन मैले जस्तै युद्द लड़नुस । मनको अदालतमा उभ्याउनुस र बिजय प्राप्त गर्नुस अनि तपाइंको संसारमा तपाइंको राज ।
म बुद्ध हैन र बुद्धु पनि हैन । हरेक कुरामा आफ्नो अनुभूति हुन सके आफ्नै कल्याण हुने रहेछ । बर्तमान मानव अरुको कल्याण गर्न तल्लिन छ तर आफूबाट संचालित छैन । हरेक कुरामा समस्या देखिरहेका छौं । आफ्नै दम्भ र घमण्ड छ कि म संसारलाई मेरो मुट्ठीमा पार्दछु । मलाइ पनि त्यस्तै लाग्दथ्यो ।
सबैभन्दा मिठो खाना मेरो भान्सामा पाकोस, सबैभन्दा सुन्दर घर मेरो होस्, म घरबाट निस्कँदा मेरो पछि लावा लस्कर लागुन । मेरो इज्जत यस्तो होस् कि सबैले शिर झुकाउन । मेरो बिचार सर्वमान्य होस् । म संसार कै सबैभन्दा बलवान र बुद्धिमान कहलिउं ….. यी सबै मिथ्या नै हुन् आफुलाई जित्न नसकेको व्यक्ति संसार जित्न कसरि सक्ने रहेछ र ? मैले आत्म समर्पण गरिन तर कारण खोजे । समस्या भेटें अनि जरै देखि उखेल्न थालें ।
जब मलाइ हरेक कुराको फरक अनुभूति भयो मलाई आनन्द लाग्न थाल्यो र निरन्तरता दिएँ । म बुद्धा हैन तर मैले आफुलाई जितें र मेरो आफ्नो संसार बनाएँ ।
मेले हार्न सिकेको छु, मैले सुन्न जान्रेको छु , मैले हेर्नु र देख्नु को अन्तर बुझेको छु । हिड्नु र भौतारिनु फरक रहेछन भन्ने ज्ञात भएको छ । मैले कुर्न जानेको छु । गर्बधारण भएको लगत्तै शिशु जन्मिने भए, रोप्दा साथ् फल्ने भए कस्तो हुँदो हो सोच्ने पर्दो रहेछ ।
जानेर भन्दा पनि बेवास्ता गरेर आफुले आफुलाई ग्रसित बनाउदैछौँ यो हतार, तछाड मछाड किन ? पुग्ने कहाँ हो कसैलाई थाहा छैन तर हतार छ, लाने केहि रहेनछ तर यो प्रस्तिपर्धा किन ? क्रोध, लोभ इष्र्या खिचातानी घमण्ड दम्भ यिनै हुन् बाधक, यिनै हुन् जन्जिर ।
म बुद्धा हैन र बुद्धु पनि हैन । छटपट र खट्पटको भंगालोमा किन फस्ने ? निस्कनै पर्दछ । बसपार्कमा बसको प्रतिक्षामा बसेका यात्रु घडी हेर्दै हतारिदै छन् छटपटी भएको छ, ए बाबा बस नै आएको छैन हतारिएर के काम ? बैंकको क्यास काउन्टर सम्म पुग्न लाइनमा बसेका सेवा ग्राही ठेलम ठेल गरेका छन् । पुग्ने कहाँ हो र त्यो काउन्टर पार गरेर भित्र ? त्यो भन्दा पनि अझै पर?
धेरै ठुला कुरा गर्नै पर्ने रहेनछ । सानो र सामान्य लाग्ने कुरालाई सच्याउँर्दैै जाने हो भने जीवन अर्कै हुने रहेछ । जुन मलाई बोध भैरहेको छ । आफ्नो लागि बाँच्ने हो, अरुको लागी हैन ।
अहिलेको लागि बाँच्ने हो भोलिका लागि हैन । त्यसो भए तिमि संसारका महान व्यक्ति हौ महापुरुष हौ सर्व ज्ञाता होउ ? तिम्लाई दुख छैन ? मलाइ प्रश्न सोध्ने धेरै छन् एक जनाले त मास्टर भएका छौ दिन भरि स्कुले केटाकेटी संग करायो गालि गर्यो त्यस्तो गाह्रो काम गर्ने मान्छे पनि खुसि ? मैले उनलाई भने बक्सिंग खेल्न बक्सिंग रिंगमा छिर्ने अनि चोट लाग्यो ऐया भन्ने ? त्यहाँ हुने नै त्यहि हो । प्याज काट्न बस्ने अनि पिरो भयो आँशु आयो भनेर दुःख मान्ने ? त्यहाँ हुने नै त्यहि हो ।
पढाउने काम गर्नेले केटाकेटी संग कराउनु पर्यो, गालि गर्नु पर्यो, भनेर दुख मान्ने ? त्यहाँ हुने नै त्यही हो , जहाँ जे हुन्छ र हुनु पर्ने हो त्यसलाइ सहजै स्वीकार गर्नै पर्छ , त्यो अनुभुति र आफुलाई समायोजन गर्नु जित हो । आफुले आफुलाई जिते पछी संसारको सबैभन्दा ठुलो जित त्यहि रहेछ ।