ताजा समाचार:
Search

यस्तो छ मुक्तीनाथमा मोदीको स्वागत तयारी (फोटोफिचर)

गोपाल छन्त्याल/विकल्प
मुक्तिनाथ, २७ वैशाख ।      mustang 9 व्यापक हिमपातका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा स्वागतको तयारी थालिएको छ । बुधबार अपरान्ह देखि मौसम परिर्वतन भएसँगै मुक्तिनाथ लगायत मुस्ताङको उच्च भेगमा हिमपात भएको छ । हिउँ पर्ने क्रम रोकिएको छैन । बिहीबार बिहान १०बजेसम्म मुक्तिनाथ, झारकोट, खिंगा क्षेत्रमा करिब एक फिटसम्म हिउँ जमेको थियो ।mustang 4११ बजेपछि घाम लागेपछि बल्ल मुक्तिनाथमा हेलिप्याड, स्वागत गेट लगायतका निर्माणको तयारी सुरु भएको थियो । अपरान्ह ४ बजेपछि पुनः हिउँ पर्न थालेपछि स्वागत गेटहरु निर्माणमा ढिलाई भइरहेको छ । प्रतिकुल मौसमका बीच सबै सुरक्षा निकायसँग दैनिक समन्वयमा सुदृढ सुरक्षा प्रबन्ध गराईएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए ।mustang 10नेपालको दुईदिने राजकीय भ्रमणमा आउने मोदी वैशाख २९ गते मुक्तिनाथ आइपुग्ने कार्यक्रम छ । उनको भ्रमणलाई भव्य बनाउन जिल्ला समन्वय समितिका प्रमुख छरिङ ल्याबो गुरुङको अध्यक्षतामा स्वागत समिति बनाईएको छ । mustang 2जिल्ला प्रशासन कार्यालय सुरुमा २८ र २९ गते बेनी–जोमसोम सडकखण्ड र मुस्ताङसँग सीमाना मनाङको थोराङला पास बन्द गर्ने भएपनि त्यसलाई खुल्ला गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । उनका अनुसार अब २९ गते मोदी पुजापाठ गर्ने अवधीसम्म मुक्तिनाथ प्रवेश निषेध गरिएको र पर्यटकलाई बैकल्पिक मार्ग तोकिएको छ । mustang 4(1)काठमाडौँबाट हेलिकोप्टरमा आउने मोदीको विशेष पुजाका लागि मुक्तिनाथ मन्दिरको मर्मत र रँगरोगन, अति विशिष्ट कक्ष तयार, १०८ धारा, हेलिप्याड निर्माण र शौचालयको सरसफाई गरिएको छ । मोदीकै भ्रमणका लागि मिनी आइसियु कक्ष पनि स्थापना गरिएको छ । muktinath modi tayari (10)त्यहाँ नेपाली र भारतीय विशेषज्ञ स्वास्थ्यकर्मी रहनेछन् । मोदीको भ्रमणका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र गेटहरु बनाउने काम जारी रहेको समन्व समितिकी प्रमुख गुरुङको भनाई छ ।mustang 8मुक्तिनाथ वरपर भारतीय प्रधानमन्त्री नरेन्द मोदीको तस्विर राखेर उनलाई न्यानो स्वागत दिन तयारी गरिएको छ । उनका लागि ६ वटा हेलिप्याड र ६ वटा स्वागत गेट बनाईनेछ । मन्दिर प्रवेशद्धार नजिक बनाईएको हेलिप्याडमा अवतरणपछि मोदी पैदल मार्फत नै मन्दिर पुग्नेछन् । मन्दिरमा विशिष्ट पाहुना आउँदा पुजापाठका लागि गरिने सम्पूर्ण प्रक्रियाको तयारी पूरा भएको मुक्तिनाथका मूख्य पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।  https://www.youtube.com/watch?v=ycmMqRXP1QM&t=44s 

मोदीका भ्रमणको पूर्वसन्ध्यामा म्याग्दी र मुस्ताङको सीमाना घासामा कडा सुरक्षा चेकजाँच भइरहेको छ । मुस्ताङका सबै होटलहरुमा पाहुनाहरु माथि व्यापक निगरानी बढाईएको छ । २८ गते मुक्तिनाथमा रहेको एक दर्जन होटलहरु बन्द गरिनेछ ।