ताजा समाचार:
Search

उपल्लो मुस्ताङमा बेमौसमी हिमपात

निरज थकाली/विकल्प न्यूज
मुस्ताङ २७ बैशाख ।uper mustangउपल्लो मुस्ताङमा बुधबार राती देखि बेमौसमी हिमपात भएको छ । साँझदेखि परेको भारी बर्षातसंगै बाह्गाउँ मुक्तिक्षेत्र, दालोमे र लोमान्थाङ गाउँपालिकामा हिमपात भएको हो । बैशाख महिनाको अन्तिममा हिमपात भएको पहिलो अनुभव भएको स्थानीय बुढापाकाहरुले बताएका छन् ।

करिब आधा फिट हिउँ जमेको र बिहान सम्म पनी हिउँ पर्ने क्रम जारी रहेको छुसाङबाट अमित तुलाचनले बताउनुभयो । हिमपात र बर्षासंगै बढेको चिसोका कारण राष्ट्रिय गौरबको बेनी–जोमसोम–कोरला लगायत विकास आयोजनाहरुको काममा समस्या भएको छ । जोमसोम देखि उपल्लो मुस्ताङ जोड्ने सडकमा यातायात सेवा प्रभावीत भएको छ ।

स्याउ लगायत खेतीबालीमा बेमौसमी हिमपातले असर गर्ने भएकाले कृषकहरु चिन्तित भएका छन् । हिन्दु तथा बौद्ध धर्मावम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथ क्षेत्रमा पनी आधा फिट सम्म हिउँ जमेको छ ।

बिहानदेखि हिउँ पर्न रोकीएको र मौसममा सुधार आएकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न मुक्तिनाथ भ्रमणको तयारीलाई भने असर नगर्ने प्रहरी नायव उपरिक्षक रामहरी पाण्डेले बताउनुभयो ।

हिमपात, बर्षा र चिसोको बावजुत पनि मोदीको भ्रमण तथा स्वागतको तयारीमा प्रशासनीक र सुरक्षा निकायले तयारीलाई अन्तिम चरणमा पुराएका छन् । बर्षातका कारण विभिन्न ठाउँमा पहिरो खसेपछि बेनी जोमसोम सडक विभिन्न ठाउँमा अवरुद्ध बनेको छ । अवरुद्ध सडक खुलाउन बिहानै देखि मजदुर तथा उपकरण परिचालन गरिएको बेनी जोमसोम कोरला सडक आयोजनाले जनाएको छ ।