ताजा समाचार:
Search

बेनीमा गरिमाको वित्तिय साक्षरता कार्यक्रम

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १९ बैशाख ।IMG_1185 गरिमा विकास बैङ्क लिमिटेडले बुधबार म्याग्दीको बेनीमा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । सोही अवसरमा बैङ्क अन्तरगत सञ्चालीत लघुवित्तका केन्द्र प्रमुखहरुसंग अन्तरक्रिया गरिएको थियो । बैङ्कीङ सेवा सुबिधाको प्रक्रियाको बारेमा जान कारी गराई ग्रामिण क्षेत्रमा वित्तिय पहुँच बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्नुहुदै बैङ्कका सञ्चालक डाक्टर भुपेन्द्र खड्काले अत्याधुनिक प्रबिधिको प्रयोग गरी छिटो, छरिटो र सरल प्रक्रियाबाट ग्रामिण क्षेत्रसम्म वित्तिय सेवा विस्तारमा प्राथमिकता दिइएको बताउनुभयो ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द्रप्रसाद ढकालले उद्यम व्यवसाय गर्ने योजनालाई धितोको अभावमा कार्यान्वयन गर्न नसकेका गरिब, विपन्न हरुलाई लक्षित गरेर लघुवित्त सञ्चालन गरिएको बताउनुभयो ।

लघुवित्त मार्फत धनजमानीमा छिटो र सहज प्रक्रियाबाट बिना धितो ऋण उपलब्ध गराइने ढकालले बताउनुभयो । बैङ्कको लघुवित्त बिभागका प्रमुख नविन प्याकुरेलले बैङ्कीङ र लद्युवित्त सेवा मार्फत ऋण लिने, किस्ता तिर्ने प्रक्रियाको बारेमा जानकारी गराउनुभयो ।

उहाँले लघुवित्त मार्फत सामुहिक जमानीमा एक पटकमा तिन लाख रुपैया सम्म बिनाधितो कर्जा उपलब्ध गराइने बताउनुभयो । कार्यक्रममा सहभागी ग्राहकहरुले गाउँमै ऋण लिने, बचतको पासबुकको व्यवस्था मिलाउन, किस्ताको समयअवधि बढाउन, ब्याजदर समायोजन गर्न, व्यवसायिक योजना र क्षमताको मूल्याङ्कन गरी लगानी गर्न, बचत फिर्ता तथा लगानी प्रक्रियालाई अझै छिटो र सरल बनाउन आग्रह गरेका थिए ।

बेनी, बाबियाचौर, दरवाङ र पोखरेबगरमा शाखा रहेको गरिमाको लघुवित्त कार्यक्रममा म्याग्दीका एक हजार पाँच सय सदस्य रहेका बरिष्ठ प्रबन्धक अनुमान श्रेष्ठले बताउनुभयो । लघुवित्तकी सेवाग्राही बबिकुमारी मल्लको अध्यक्षता, केन्द्रिय कार्यालयका कर्मचारी कृष्णप्रसाद रेग्मीको सञ्चालन र बेनी शाखाका प्रबन्धक कमल ढुङ्गानाको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।