ताजा समाचार:
Search

घोडेपानीमा वास नपाइने चिन्ता हट्यो, होटलको क्षमता बढाउँदै व्यवसायी

विकल्प न्यूज/बेनी
पुस १४ गते । gorepani 7म्याग्दीको पर्यटकीय क्षेत्र घोडेपानीका व्यवसायीहरुले होटलको क्षमता विस्तार गरेका छन् । अन्नपूर्ण गाउँपालिका ६ मा पर्ने पुनहिलको भ्रमणमा आउने पर्यटकको संख्यामा वृद्धि हुनथालेपछि यहाँका होटल व्यवसायीहरुले क्षमता विस्तार गर्न थालेका हुन । प्रदेश ४ को राजधानी पोखरामा हुने लगभग निश्चित भएपछि यहाँ आउने पर्यटकको संख्यामा पनि दोब्वर वृद्धि हुने अपेक्षा राखेका व्यवसायीहरु होटलको क्षमता विस्तारमा जोड दिन थालेका छन् ।

आन्तरिक तथा बाह्य पर्यटकको आगमनसंगै चार नम्बर प्रदेशकै प्रमुख पर्यटकीय स्थल घोडेपानीका व्यवसायीहरुले काठ, ढुङ्गा र माटोले बनेका घर विस्थापित गरी करोडौ लगानीमा पक्की भवन निर्माण गरेका छन् । पछिल्लो पाँच वर्षयता दुई वटा नयाँ होटल थपिएका र चार वटाले क्षमता विस्तार गरेका घोडेपानी होटल व्यवस्थापन उपसमितिले जनाएको छ । २ वटा क्षमता विस्तारको क्रममा छन् ।

हाल घोडेपानीमा रहेका २३ वटा होटलमा दैनिक ८०० जना देखि ९०० जना सम्म बास बस्न सक्ने उपसमितिका अध्यक्ष जुन पुनले जानकारी दिनुभयो । प्रदेश ४ को राजधानी पोखरा हुने भएपछि व्यवसायीहरु उत्साहित हुँदै होटलको क्षमता विस्तारमा लागेको अध्यक्ष जुन पुनले बताउनुभयो ।

प्रदेश राजधानी पोखरा भए सँगै यहाँ आउने पर्यटकको संख्यामा पनि वृद्धि हुने आशा गरिएको हुँदा व्यवसायीहरु हेटलको क्षमता विस्तारमा लागेको होटल स्नो भ्युका सञ्चालक टेकसर बुदुजा पुनले बताउनुभयो । gorepani photo 2“होटलको संख्या पुरानै हो, क्षमता बढाइएको हो” पुनले भन्नुभयो । पहिले यहाँका होटलहरुको क्षमता दैनिक ६०० जना थियो । पर्यटकले कोठा नपाउने समस्या हटेको छ । केही वर्ष पहिलेसम्म घोडेपानीका होटल भरिभराउ हुँदा नजिकैका ठाउँमा पुग्नुपर्ने समस्या थियो । नयाँ खुलेका पिस एक्सीलेन्ट र आशा होटलमा २०२० वटा कोठा छन् ।gorepani photo 3पुराना “सुपर भ्यू”, “धौलागिरी”, “फिस्टेल” र “स्नो भ्यु” होटलका सञ्चालकले पक्की भवन बनाएका छन् । पुनहिल गेस्ट हाउसको क्षमता विस्तारको काम भैरहेको छ भने स्नो ल्याड होटलको पुरानो भवन भत्काएर नयाँ बनाउने तयारी भएको छ । बिस देखि २५ वटा कोठा रहेका एउटा होटलहरुमा दैनिक ५० जना भन्दा बढी बास बस्न सक्छन् । होटल स्नो भ्युका सञ्चालक बुद्धुजा पुनले पर्यटकको माग र आवश्यकता अनुसार नयाँ संरचना निर्माण गरेको बताउनुभयो । gorepani photo 7आन्तरिक तथा बाह्य पर्यटकको चाप र उनिहरुको चाहना अनुसार क्षमता र सुबिधा बढाएको बुद्धुजाले बताउनुभयो । भौगोलिक रुपमा बिकट क्षेत्रमा पर्ने घोडेपानीका होटलमा सहरी क्षेत्र सरहको सुबिधा उपलब्ध छ । खान र बस्नको अतिरिक्त तिब्र गतिको ईन्टरनेट, एट्याच बाथरुम, तातो पानीले स्नान गर्ने सुबिधा छ । होटलका लागि एउटा पक्की भवन निर्माणका लागि दुई देखि तिन करोड रुपैयाँ सम्म लगानी भएको सञ्चालक बताउँछन् । gorepani photo 5कच्चि सडक, खच्चर र भरिया मार्फत निर्माण सामाग्री ढुवानी गर्नुपर्दा भवन निर्माणमा लागत बढी भएको पिस एक्सीलेन्ट होटलका सञ्चालक चन्द्रबहादुर बुद्धुजाले बताउनुभयो । रातो र निलो जस्तापाताले छाएको घरहरु भएको घोडेपानीका अधिकांश होटलका कोठाबाटै हिमाल र गुराँसे जंगलको अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने घोडेपानीमा हिमशृङखला, सुर्योदय, गुराँसे जंगल, मगर संस्कृती, पहाडी सौन्दर्यता र पदयात्रामा रमाउनका लागि पर्यटक आउने गर्छन् ।