अन्नपूर्ण गापाद्धारा गर्भवती र सुत्केरी महिलाका लागि आपतकालीन कोष

सन्तोष गौतम /विकल्प न्यूज
बेनी ४ पुष ।

 Annapurna Gaupalika Ko Officeम्याग्दीको अन्नपूर्ण गाउँपालिकाले गर्भवती र सुत्केरी महिलाका लागि प्रत्येक वडामा कोष स्थापना गरेको छ ।

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा मंगलबार पोखरेबगरमा बसेको गाउँ कार्यपालीकाको बैठकले प्रत्येक वडामा कोष स्थापनाका लागि एकएक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ

आठ वटै वडामा अप्ठ्यारोमा परेका गर्भवती, सुत्केरी महिला र गरिब विपन्नको उपचारमा सहयोग गर्नका लागि कोष स्थापना गर्न पहिलो चरणमा एकएक लाख रुपैया उपलब्ध गराउने निर्णय भएको गाउँ कार्यपालीकाका प्रवत्ता तथा वडा न. ६ का अध्यक्ष कृष्णप्रसाद बरुवालले जानकारी दिनुभयो ।

कार्यबिधी बनाएर कोषबाट सुत्केरी हुनका लागि स्वास्थ्य संस्था तथा अस्पताल पुग्न नसक्ने गरिब विपन्न बर्गका महिलाहरुलाई यातायात खर्च वापत सहयोग गरिने प्रवत्ता बरुवालले बताउनुभयो । बैठकले गाउँपालीकाका विभिन्न योजनाहरुका लागि बजेट समेत बिनियोजन गरेको छ । annapurna gaupalika हिस्तान राम्चे सडक स्तरवृद्धीका लागि पचास लाख रुपैया बिनियोजन भएको छ । चित्रेदेखि पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक निर्माणका लागि दश लाख बिनियोजन गरेको छ । उक्त योजनाका लागि ६ नम्बर वडा कार्यालयले यसअघि पाँच लाख रुपैया बिनियोजन गरेको थियो ।

नारच्याङको बेशी गाउँदेखि लेकगाउँ जोड्ने सडकको ट्याक खोल्न बिस लाख रुपैया बिनियोजन भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा बेनीमा सञ्चालन हुने छैटौ म्याग्दी महोत्सवलाई दुई लाख रुपैया बिनीयोजन गरेको गाउँपालीकाले पुष ८ गते भुरुङ तातोपानीमा आयोजना गरिएको निशूल्क मुटुरोग शिवीरका लागि एक लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रत्येक वडाका महिला र दलित समुदायको क्षमत्ता तथा नेतृत्व विकाससंगै शसक्तीकरणका लागि चेतनामुलक कार्यक्रम गर्न दुई लाख चालीस हजार रुपैया बिनियोजन गरेको छ । अपाङ्गता परिचयपत्र वितरणका लागि पुष २१ र २२ गते गाउँपालीकाको केन्द्र पोखरेबगरमा घुम्ती शिवीर सञ्चालन गर्ने भएको छ ।

महिला तथा बालबालिका कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयसंग समन्वय गरेर शिवीर सञ्चालनका लागि एक रुपैया बिनियोजन गरेको छ । हालसम्म अपाङगता परिचयपत्र प्राप्त गर्न नसकेका गाउँपालीकाका सबै वडाका अपाङगता भएका नागरीकहरुलाई लक्षित गरेर शिवीर सञ्चालन गरिने प्रबत्ता बरुवालले जानकारी दिनुभयो ।