बेनी साप्ताहिकको वार्षिक उत्सवमा पत्रकार र परोपकारी संस्थालाई सम्मान

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २१ साउन ।
बेनीबाट प्रकाश हुने बेनी साप्ताहीकले तेस्रो वार्षिक उत्सवको अवसर पारेर कर्मचारी, पत्रकार र परोपकारी संस्थालाई सम्मान गरेको छ ।

पत्रिकाले शनिबार बेनीमा आयोजना गरेको कार्यक्रममा बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठले व्यक्ति तथा संस्थालाई प्रशंसापत्र वितरण गर्नुभएको थियो । पत्रीकाकी लेखापाल सावीत्री सुवेदीलाई नगद पाँच हजार एक सय रुपैया सहित पुरस्कृत गरिएको थियो ।  Beni Weeklyयसैगरी परोपकारी क्षेत्रमा योगदान गरेकोमा ओमकुमारी शान्ति कोष र पत्रिका प्रकाशनमा सहयोग गर्ने पत्रकार हरिकृष्ण गौतम, प्रताप बानिया र कम्प्युटर अपरेटर बासुदेव घिमीरेलाई सम्मान गरिएको थियो । पत्रिकाका सम्पादक धु्रबसागर शर्माले पत्रिकाले परोपकारी गतिबिधि र सकारात्मतालाई प्राथमिकता दिएको बताउनुभयो ।

सम्मान कार्यक्रममा मन्तबय व्यक्त गर्दै नगर प्रमुख श्रेष्ठले सञ्चार माध्यमले अब सामाजिक परिर्वतन, आर्थिक र पूर्वाधार विकासका गतिबिधिलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले स्थानीय तह सञ्चालन सम्बन्धि स्पष्ट निती नियमको अभावमा निर्वाचीत भएको दुई महिनासम्म पनि जनप्रतीनिधिहरुलाई काम गर्न अप्ठ्यारो परेको बताउनुभयो ।

रघुगंगा गाउँपालीकाका अध्यक्ष भवबहादुर भण्डारी र बेनी नगरपालीकाका उपप्रमुख सञ्जु बरुवालले विकास गतिबिधीलाई पारदर्शी, प्रभावकारी, दिगो र सेवा प्रवाहलाई सहज बनाउन पत्रकारीताको क्षेत्रबाट रचनात्मक सहयोगको अपेक्षा गरेको बताउनुभयो । नेपाल पत्रकार महासंघका शाखा अध्यक्ष तारानाथ शर्माले सामाजिक सद्भाव, मेलमिलाप र विकासको मुद्दालाई म्याग्दीका पत्रकारले प्राथमिकता दिएको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका सचिव मिनबहादुर कार्की, नेकपा एमालेका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, राप्रपाका अध्यक्ष बिरबहादुर थापा क्षेत्री, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवनबहादुर विश्वकर्मा, नेपाल प्रेस युनियनका सभापति गोपाल छन्त्याल, ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले मन्तव्य व्यक्त गर्नुभएको थियो । पत्रिकाका प्रकाशक सम्पादक धु्रबसागर शर्माको अध्यक्षता र शिव बानियाको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।