ताजा समाचार:
Search

तिन जनाको नाम सिफारिस गर्न एमाले म्याग्दीमा यसरी भयो सहमति

विकल्प न्यूज/बेनी
बैशाख ६ गते । UMLनेकपा एमाले बेनी नगर संगठन कमिटीको दुइदिन सम्म वसेको भेलाले मेयरमा तिन जना आकांक्षीको नाम सिफारिस गरेको छ । उम्मेदवार छनौट गर्न मंगवार र बुधवार वसेको वैठकले प्रमोद श्रेष्ठ,राजकुमार थापा र सुरत केसीलाई सिफारिस गरेको छ । उम्मेदवारका आकांक्षीहरु धेरै भएकाले एमालेलाई तिन जना आकांक्षीहरुको नाम छनौट गर्न सकस परेको हो ।

उम्मेदवार छनौटका लागि मंगलवार कार्यकर्ता भेला ढाकिएको थियो । भेलामा उम्मेदवार बन्ने १० जना नेताहरुले आकांक्षी देखाएका थिए ।
को को हुन १० आकांक्षीहरु ?
प्रमोद श्रेष्ठ,राजकुमार थापा,सन्तोष रावल,सुरत केसी,कृष्ण कुमार विश्वकर्मा,देववहादुर घले, किरण सापकोटा, नारायण जिसी,जिवन वहादुर विश्वकर्मा र गोविन्द वानियाँ रहेका थिए ।
मंगलवार के भयो ?
भेलाको पहिलो सत्रमा मेयरका आकांक्षीहरुले दावी प्रस्तुत गर्ने कारण सहित आ–आफ्नो विचार राखेका थिए । उनीहरुले पार्टीले टिकट दिएमा जित्ने आधार सहित नगरपालिकाको विकासको मोडेल प्रस्तुत गरेका थिए । धारणा राख्ने क्रमा दावीकर्ता नेताहरुले जसले टिकट पाए पनि नगरपालिकामा एमालेलाई जिताउन कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । १० जना मध्ये जसले टिकट पाए पनि पार्टीलाई जिताउन एकतावद्ध भएर निर्वाचनमा खटिने प्रतिवद्धता सवै नेताहरुले जनाएका सहभागि एक नेताले बताए ।
उनीहरुले नगरपालिकामा एमालेको संगठन वलियो भएको बताउँदै एकतावद्ध भएर निर्वाचनमा जाँदा पार्टीले जित हाँसिल गर्ने दावी गरेका थिए । योग्यता र क्षमताको मूल्याङकन गर्दै उम्मेदवार छनौट गर्न पार्टीलाई सुझाव दिएका थिए । uml भेलाको पहिलो सत्र सकिए पछि नगर संगठन कमिटीको वैठक सुरु गरिएको थियो । वैठकमा ३ जनाको नाम सिफारिस गर्न सहमति कायम नभएपछि मंगबारको वैठक बुधवारका लागि स्थगित गरिएको थियो । मंगवार राती सम्म नेताहरु सहमतिका लागि छुट छुटै वैठक वसेको बुझीएको थियो । सहमतिका लागि वुधवार विहान सम्म गरिएका सवै प्रयासहरु विफल भएका थिए ।
बुधवार के भयो ?
बुधवार १० बजे देखि नै पार्टी कार्यालय हाँडेभिरमा कार्यकर्ताहरुको जमघट सुरु भएको थियो । मेयरमा एमालेको तर्फबाट चुनावी मैदानमा को आउँला भन्ने कौतुल्ता कार्यकर्ताहरुमा देखिएको थियो । कार्यकर्ताहरु वाहिर छलफल र वहशमा देखिन्थे भने भित्र सहमतिको प्रयास भइरहेको थियो ।
सहमति र छलफलले १० बाट ६ जनामा त झ¥यो तर ६ जनाबाट तिन जनामा झार्न भने पहाडै भत्काए जस्तो कठिन प¥यो । चार जनाले सहमतिका साथ उम्मेदवार छनौट गर्नुपर्ने अडानका लिदै आफ्नो दावी फिर्ता लिए ।
६ जना को को हुन ?
प्रमोद श्रेष्ठ,राजकुमार थापा,सन्तोष रावल, सुरत केसी,कृष्ण कुमार विश्वकर्मा र नारायण जिसी ले अन्तिम समय सम्म पनि दावी छाडेका थिएनन ।
बुधवारको दिनभरको सहमतिको प्रयास पनि विफल भएपछि निर्वाचनको प्रकृयावाट टुङगो लगाउने गरि निर्वाचनको तयारी गरिएको थियो ।
निर्वाचनको कार्यकर्ताबाट विरोध ः
तिनजनाको नाम सिफारिस गर्न निर्बाचन गर्नु पार्टी हित विपरित भएको भन्दै चर्को विरोध भएको थियो ।
यि हुन सहमतिको प्रयासलाई सफल पार्ने हिरोहरु ः
निर्वाचनको माध्यमबाट उम्मेदवारको छनौट गर्दा कार्यकर्ताहरुमा विभाजित मानसिकता उव्जीने चिन्ता व्यक्त गर्दै जसरी पनि सहमति गर्नु पर्ने अडान राख्दै आउनुभएका जिल्ला कमिटि सदस्य किरण सापकोटाको अथक प्रयास अन्तत सफल भएको छ । सापकोटाका प्रयासलाई थप मजदत गर्ने पोलिटव्युरो सदस्य थममाया थापा,जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, उपाध्यक्ष देवेन्द्र केसी, उम्मेदवारका दावेदार प्रमोद श्रेष्ठ र राजकुमार थापाको संयुक्त प्रयासले बल्ल अन्तिम समयमा सहमति कायम भएको हो । उम्मेदवारका दावी कर्ता सहितको वैठकले ६ जना मध्य तिन जना छान्न पार्टी पदाधिकारीलाई जिम्मा दिइएको थियो । अहिले ८.३० बजे मात्र तिनजनाको नाम जिल्ला कमिटि हुँदै प्रदेश संगठन कमिटिमा पठाउने सहमति जुटेको सह संयोजक एवम् उम्मेदवारका आकांक्षी राजकुमार थापाले जानकारी दिनुभयो ।
अव प्रदेशमा भिडन्त ः
जिल्लाबाट सिफारिस भएर प्रदेशमा पुगेका व्यक्तिहरुको भिडन्त अव प्रदेश कमिटिमा पर्ने पक्का देखिएको छ ।