ताजा समाचार:
Search

एमालेद्धारा बेनी नगरपालिकाको उप प्रमुखमा तिन महिलाको नाम सिफारिस

विकल्प न्यूज/बेनी
बैशाख ६ गते ।
बैशाख ३१ गते को स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले बेनी नगरपालिकाको उप प्रमुखमा तिनजना महिलाको नाम सिफारिस गरेको छ । सहमतिका लागि गरिएका प्रयासहरु विफल भएपछि तिनै जना आकांक्षीहरुको नाम सिफारिस गरिएको हो । umlनेकपा एमाले बेनी नगरपालिका संगठन कमिटीको मंगलवार र बुधवार वसेको भेलाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य मुना बानियाँ, जिल्ला कमिटी सदस्य पशुपति शाही र दुर्गा कार्कीलाई सिफारिस गर्ने निर्णय गरिएको सह संयोजक राजकुमार थापाले जानकारी दिनुभयो ।

तिन जना उप प्रमुख पदका आकांक्षीका वारेमा सुझाव सहित जिल्लाले प्रदेश संगठन कमिटीमा सिफारिस गरिने थापाले बताउनुभयो । प्रदेश कमिटीले तिनजना मध्य एकजनालाई उप प्रमुख पदको टिकट दिने छ ।