ताजा समाचार:
Search

म्याग्दीका दलहरु उमेद्वारको टुङ्गो लगाउन आन्तरिक छलफलमा

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ५ चैत ।
आसन्न स्थानीय तह निर्वाचनका लागि म्याग्दीका राजनीतिक दलहरुले उमेद्वार छनौट गर्न आन्तरिक छलफललाई तिब्रता दिएका छन् ।

नेपाली काँग्रेस बेनी नगर समितिको मंगलबार बसेको बैठकले नगरपालिकाको प्रमुख पदको उमेद्वारका लागि नेत्रबहादुर महत, क्याप्टेन मिनबहादुर कार्की र हरिकुमार श्रेष्ठको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।UMLउपमेयरको सिफारिस, वडाको अध्यक्ष तथा सदस्यका उमेद्वार छनौटको विषयमा छलफल सुरु भएको जानकारी दिदै म्याग्दी काँग्रेसका प्रचार बिभाग प्रमुख अजयमिलन श्रेष्ठले १२ दिनमा टुङ्गो लाग्ने बताउनुभयो ।

काँग्रेसले मालीका गाउँपालिकाको प्रमुखमा श्रीप्रसाद रोका, उपप्रमुखमा बिमला रोका, अन्नपूर्णको प्रमुखमा डमबहादुर पुन, अन्नपूर्ण ६ को अध्यक्षमा कृष्णप्रसाद बरुवालको नाम सर्वसम्मत सिफारीस गरीसकेको छ ।

उमेद्वारको नाम सिफारीसका लागि आन्तरीक छलफल तिब्र बनाएका एमालेले अन्नपूर्ण ६मा गोकुल बरुवाल, बेनपा १ मा टेकबहादुर रावल र ५ मा लक्ष्मण बानियालाई वडा अध्यक्षको उमेद्वार बनाउने सर्बसम्मत निर्णय गरेको छ । बुधबारसम्म सबै स्थानीय तहबाट उमेद्वारको सिफारीस जिल्लामा आईपुग्ने एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताउनुभयो ।

बेनी नगरपालीकामा एमालेका प्रमोद श्रेष्ठ, सन्तोष रावल, देवबहादुर घले, सुरत केसी, राजकुमार थापा,जिवन वहादुर विश्वकर्मा,नारायण जिसी,कृष्णकुमार विश्वकर्मा,गोविन्द बानियाँ र किरण सापकोटाले मेयरको उमेद्वार बन्न आकांक्षी देखिनुभएको छ । यसै गरि उपमेयरका लागि मुना बानियाँ,दुर्गा कार्की र पशुपति शाहीले दावी प्रस्तु गर्नुभएको छ ।

उम्मेदवार छनौट गर्न वसेको भेला साँझ सम्म पार्टी कार्यालय हाडेभिरमा जारी छ । मेयरका आकांक्षीहरु धेरै भएपछि छनौट गर्न एमालेलाई कठिन भएको छ । सहमतिमा दुइ जना पुरुष र एकजना महिला गरि तिनजनाको नाम सिफारिस गरिने जिल्ला नेता दिपक कार्कीले बताउनुभयो ।

नेकपा माओवादी केन्द्रले सबै स्थानीय तह र वडाहरुबाट सिफारीस भएर आएका उमेद्वारको अन्तिम टुङ्गो लगाएर बैशाख ९ गते घोषणा गर्ने जनाएको छ ।

माओवादी केन्द्रमा बेनी नगरपालीकाको मेयरको उमेद्वार बन्न कृष्णबहादुर थापा, शेरबहादुर केसी, बिनोद केसी र ज्योती लामिछाने आकांक्षी देखिनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बेनी नगरपालीकामा पुर्व अध्यक्ष एकेन्द्र रावल र उपप्रमुखमा सञ्जु बरुवाल उमेद्वारको आकांक्षी रहनुभएको छ ।

राष्ट्रिय जनमोर्चाले फौजबहादुर कार्की (बिदुर)लाई मेयर र भुमाकुमारी कार्की(बिष्णु)लाई उपमेयरको उमेद्वार बनाउने निर्णय गरेको छ । केन्द्र बिवाद रहेको रघुगंगा बाहेक अन्नपूर्ण, धौलागिरी, मालीका र मंगला गाउँपालीका तथा त्यस अन्तरगतका वडाहरुको उमेद्वार सिफारीसका लागि दलहरुले गृहकार्य तिब्र बनाएका छन् ।

वडा तहका उमेद्वार जिल्ला तहले र गाउँ तथा नगरपालीका प्रमुख, उपप्रमुखको उमेद्वार जिल्लाको सिफारीसमा प्रदेशले छनौट गर्ने दलहरुले जनाएका छन् । उम्मेदवार वन्ने आकांक्षीहरु धेरै भएपछि कास्कीका प्रमुख दललाई उम्मेदवार छान्न निकै सकस भएकोे छ ।