ताजा समाचार:
Search

नेप्टेचौरका बासिन्दाद्धारा सडकमा अवरोध

विकल्प न्यूज/बेनी
बैशाख ४ गते ।
बेनी नगरपालिका ९ नेप्टेचौरका बासिन्दाहरुले बेनी–पाखापानी सडकको नेप्टेचौर खण्डमा सडक अवरुद्ध पारेका छन् ।

निर्माणाधिन बेनी पाखापानी सडक आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले बिच सडकमा माटो थुपारेर सडकमा आवत जावत बन्द गराएका हुन् । आयोजनाको काम गर्दा जोखिममा परेको स्थानीय राष्ट्रिय मावि परिसरको पर्खालको मर्मत, नालीको भल सुरक्षीत व्यवस्थापन र स्थानीयका घरको संरक्षण गर्नुपर्ने उनिहरुको भनाई छ ।Bato Aabarodhविद्यालय, खानेपानीको स्रोत, धारा र व्यक्तिका घरहरुमा सडकका कारण उत्पन्न जोखिम न्युनीकरणको प्रयास अपनाउन जिल्ला समन्वय समिति र आयोजनाको कार्यालयमा गरिएको आग्रह सुनुवाई नभएकाले बाध्य भएर अवरोधमा उत्रिएको स्थानीय सुरेश चोखालले बताउनुभयो ।

सडक स्तरवृद्धीको काम गरिरहेका निर्माण व्यवसायी रविन्द्र कार्कीले स्थानीयको अवरोधका कारण आयोजनाको काम र आवत जावत प्रभावित भएको बताउनुभयो । सम्झौता अनुसार क्वान्टिटी भन्दा बढी काम गर्न नसकिने उहाँले बताउनुभयो ।

स्थानीयको मागको विषयमा माथिल्लो निकायमा जानकारी गराएको आयोजनाका ब्यवस्थापक प्रमुख जिल्ला ईञ्जिनियर शिवमान श्रेष्ठले बताउनुभयो । “त्यहाँका बासिन्दाले राखेको विभिन्न मागको बारेमा ड्रिलीप आयोजनाको कार्यालयमा जानकारी गराएका छौ”उहाँले भन्नुभयो “माथिबाट प्रस्ताव स्विकृत नभएसम्म हामीले केही गर्न सक्दैनौ ।”