ताजा समाचार:
Search

बहराइनमा रहेका म्याग्देलीबाट शान्ति कोषलाई ११ लाख सहयोग

विकल्प न्यूज/बेनी
बैशाख ४ गते । बहराइनमा रहेका म्याग्देलीले जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको सहयोग अभियानमा ११ लाख रुपैयाँ सहयोग गरेका छन् ।

म्याग्दी उद्धार समितिको विशेष कार्यक्रममा सहभागी हुन कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसी, अध्यक्ष राजेश शाक्य र सचिव लोकेश पुनको टोली बहराइन पुगेको थियो । सोही टोलीलाई बहराइनमा रहेका म्याग्देलीले ११ लाख रुपैया सहयोग गरेका कोषका अध्यक्ष राजेश शाक्यले बताउनुभयो ।Baharayan (2)आर्थिकरुपमा विपन्नलाई उपचारका लागि सहयोग गर्दै आएको कोषले रु डेढ करोडको अक्षय कोष स्थापना गर्ने लक्ष्य राखेको छ । २०७१ सालमा स्थापना भएको संस्थाले हालसम्म ३५ जनाभन्दा धेरैको उपचारका लागि सहयोग गरिसकेको छ ।

बहराइनबाट सहयोग गर्ने म्याग्दीका मनकारीले संस्थाको पवित्र उद्देश्यलाई सफल पार्नका लागि आफूहरूले आर्थिक सहयोग गरेको बताएका छन् । प्रतिव्यक्ति रु छ हजारदेखि एक लाखभन्दा धेरै सहयोग प्राप्त भएको कोषका अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।

शाक्यका अनुसार बहराइनबाट प्राप्त सहयोगले आगामी दिनमा कोषको लक्ष्य हासिल गर्नका लागि थप प्रेरणा मिलेको छ । म्याग्दी उद्धार समिति बहराइनका अध्यक्ष तेजेन्द्र थापाले आगामी दिनमा पनि आफूहरूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।