ताजा समाचार:
Search

म्याग्दीका गाउँ गाउँमा चुनावी चहलपहल तिव्र

विकल्प न्यूज/बेनी
बैशाख ४ गते ।
बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको मिती नजिकिदै जाँदा म्याग्दीका राजनीति दलहरुले निर्वाचन लक्षित गतिबिधी तिव्र बनाएका छन् । दलहरुले ग्रामिण क्षेत्रमा निर्वाचन लक्षित कार्यक्रमहरु गर्न थालेपछि यतिखेर गाउँगाउँमा चुनावी चहलपहल बढेको छ ।sthaaniya-nikaya-ra-chunab-25032017084213-1000x0दलहरुले उम्मेदवार छनौटको तयारीसंगै भेला, प्रशिक्षण, जनभेटघाट, घरदैलो र प्रचारप्रसारलाई तिब्रता दिएका छन् । गाउँमा राजनीतिक गतिबिधीसंगै चुनावी सरगर्मी बढेको छ । राजनीतिक दलहरुले आफ्ना कार्यकर्तालाई प्रशिक्षणसंगै अन्य पार्टीबाट प्रवेश गराउने होडबाजी चलेको छ । दलहरुले गाउँगाउँमा भोट माग्न थालेका छन् ।Congress_Uml_mao_three_party_1नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाले वडा तथा बस्ती तहमा चुनाव केन्द्रित अभियान सञ्चालन गरेका छन । वडा तहका उम्मेदवारको नामावली र स्थानीय तहका उम्मेदवारको सिफारिस संकलनको काम तिब्र बनाएका छन् । चुनावी अभियान सँगै बैशाखको पहिलो साता नै नगरपालिका र गाउँपालिकाका उम्मेदवारहरुको अन्तिम टुङगो लगाउने गरि आन्तरिक छलफलमा दलहरु जुटेका छन् ।

उम्मेदवार छनौटका लागि चार वटा गाउँपालिका र एउटा नगरपालिकामा राजनीतिक दलका नेताहरु परिचालन भएका छन् । वडा स्तरको जिल्ला र गाउँ तथा नगरपालिकाको उम्मेदवार प्रदेश तथा केन्द्रिय समितिले टुङ्गो लगाउने दलहरुको कार्यबिधी छ ।sthaniya-sarkarr-10042017095025-1000x0अधिकांश स्थानीय तह र वडामा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा दलहरु आन्तरिक छलफलमै व्यस्त छन् । नेपाली काँग्रेस म्याग्दीका सचिव हरिकुमार श्रेष्ठले केन्द्रिय समितिले तय गरेको मापदण्डको आधारमा उमेद्वार छनौट गर्ने काम भैरहेको जानकारी दिनुभयो ।DSC_0077नेकपा एमालेका सचिव बालकृष्ण सुवेदीले वडा स्तरबाट उम्मेदवारको सिफारिस आउने क्रम अन्तिम चरणमा पुगेको जानकारी दिदै वडाको जिल्ला र स्थानीय तहको प्रदेश मार्फत उम्मेदवार छनौट हुने बताउनुभयो ।17992125_1336271973120749_5753342376106847919_nनेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पौडेलले संगठन सुदृढीकरणसंगै वडा स्तरबाट सिफारिस भएका उम्मेदवारको छनौटका लागि अध्ययन सुरु भएको जानकारी दिनुभयो । राप्रपाले बैशाख पहिलो हप्ताभित्र उम्मेदवारको टुङ्गो लगाउने जिल्ला अध्यक्ष बिरबहादुर थापा क्षेत्रीले बताउनुभयो ।chunaabi-maahol-01042017075706-1000x0उमेद्वारका आकांक्षीहरुबीच आन्तरिक प्रतिस्पर्धा तिब्र रहेकाले छनौट गर्न नेताहरुलाई सकस भएको छ । दलहरुले समस्या, सम्भावना र समाधानका उपाय सहितको जिल्ला तथा स्थानीय तह अनुसारको घोषणापत्र तयार पार्ने तयारी गरेका छन् । केन्द्रिय र स्थानीय घोषणापत्र सहित मतदाताकहाँ भोट माग्न जाने नेताहरुले बताएका छन् ।

एक नगरपालिका, ५ गाउँपालिका र ४५ वटा वडा रहेको म्याग्दीमा ७१ हजार ४६३ जना मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । DSC_0010मतदातालाई मतदान गर्ने तरीका सिकाउन प्रचार सामाग्री सहित मतदाता शिक्षा स्वमसेवक परिचालन गरिएको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले जानकारी दिनुभयो । ७२ मतदान स्थल रहेको म्याग्दीमा एक सय भन्दा बढी मतदान केन्द्र रहने कार्यालयले जनाएको छ । निर्वाचनबाट २३७ जना जनप्रतिनिधि निर्वाचित हुने जनाइएको छ ।