ताजा समाचार:
Search

बेनपा ४ डाँडाखेतमा नेकपा एमालेको भेला सम्पन्न

विकल्प न्यूज/बेनी
बैशाख ३ गते ।
आसन्न बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर नेकपा एमाले बेनी नगर संगठन कमिटीले चुनावी अभियानलाई तिव्रता दिएको छ । अभियानकै क्रममा आइतवार बेनी नगरपालिका वडा नम्बर ४ डाँडाखेतमा टोल स्तरीय भेला सम्पन्न गरेको छ ।

भेलालाई सम्बोधन गर्दै नेकपा एमाले जिल्ला कमिटिका उपसचिव देववहादुर घलेले स्थानीय तहको निर्वाचनमा एमालेलाई जिताउनु पर्ने बताउनुभयो । नगरपालिकाको समृद्धि र विकासका लागि एमालेलाई जिताउनु पर्ने उहाँको धारणा थियो । बेनी नगरपालिकाका सवै वडाहरुमा नेकपा एमाले जित हासिल गर्ने उहाँले दावि गर्नुभयो ।DSC_0077कार्यक्रमा नगर कमिटिका संयोजक प्रमोद श्रेष्ठले बेनी नगरपालिकामा एमालेले जित हासिल गरेमा नगर क्षेत्रको चौतर्फी विकासको ढोका खुल्ने बताउनुभयो । उहाँले नगर क्षेत्रको प्राकृतिक स्रोतसाधनहरुको परिचालन गरेर समृद्ध र नमुना नगरपालिका बनाउने अठोट एमालेले गरेको बताउनुभयो ।

यसै गरि युवा संघ नेपालका विदेश विभाग प्रमुख एवम सचिवालय सदस्य सन्तोष रावल,प्रचार विभाग प्रमुख सुरत केसी र सचिवालय सदस्य कृष्णकुमार विश्वकर्माले देशमा आमुल परिवर्तनका लागि बैशाख ३१ को निर्वाचनमा एमालेलाई जिताउन आग्रह गर्नुभयो ।

भेलाले संकर किसानको संयोजक र दुर्गा पौडेल सहसंयोजक रहेको ५१ सदस्यीय चुनाव प्रचारप्रसार कमिटि गठन गरेको छ ।

वडा नम्बर ४ का अध्यक्ष खडानन्द कँडेलको अध्यक्षता,सचिव राजु किसानको स्वागत,स्थानीयवासी दुर्गा कार्कीको धन्ववाद मन्तव्य र कमल बानियाँको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।