ताजा समाचार:
Search

म्याग्दीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ३ बैशाख ।
आगामी ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनको तयारीका लागि बेनीमा आईतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

म्याग्दीका अन्य पाँच वटा स्थानीय तहका निर्वाचन कार्यालयसंग समन्वय र बेनी नगरपालिकाको निर्वाचन गराउने जिम्मेवारी सहित जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो ।DSC_0094राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी लगायत सम्बन्धित कार्यालय प्रमुख र सुरक्षा अधिकारीहरुको उपस्थितीमा जिल्ला न्यायाधिश समेत रहनुभएका मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्माले कार्यालयको बोर्ड राख्नु भएको थियो । मंगला, मालिका, धौलागिरी, रघुगंगा, अन्नपूर्ण लगायत देशैभरका सबै स्थानीय तहका गाउँपालिकामा भने बैशाख १२ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्वाचन आयोगको कार्यतालीका छन् ।

कार्यालय स्थापनापछि आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत शर्माले संबिधानले परिकल्पना गरे अनुसार धेरै अधिकार सहित स्थानीय सरकार गठन गर्न स्थानीय तह निर्वाचन हुन लागेको बताउँदै अहिलेको स्थानीय तह विगतको भन्दा फरक भएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले निर्वाचनलाई लक्षित गरेर भरपर्दो सुरक्षा व्यवस्था मिलाउन आवश्यक योजना तयार पारीएको बताउँदै स्वच्छ, मर्यादीत, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सबै पक्षबाट सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।

नेपाल बार एशोसीयसन म्याग्दीका अध्यक्ष भुपेन्द्रबहादुर खड्काले निर्वाचनपछि गठन हुने स्थानीय सरकारबाट जनताले आफ्नो शाषन आफै गरेको प्रत्यक्ष अनुभुती गर्ने बताउनुभयो । नेपाली काँग्रेसका सचिव हरिकुमार श्रेष्ठ, राप्रपाका अध्यक्ष बिरबहादुर थापा क्षेत्री, राष्ट्रिय जनमोर्चाका अध्यक्ष छवी विश्वकर्मा र जनमुक्ति पार्टीका तिलक थापाले गणतन्त्रलाई संस्थागत गर्न र सिंहदरबारको अधिकार तथा सेवा सुबिधा जनताको घरदैलोमा पु¥याउन स्थानीय तह निर्वाचन हुन लागेको बताउनुभयो ।

जिल्ला अदालतका श्रेष्तेदार राजु ढुङ्गानाको सञ्चालनमा सम्पन्न कार्यक्रममा मालीका गाउँपालिकाका निर्वाचन अधिकृत जगन्नाथ पौडेलले समेत मन्तब्य व्यक्त गर्नुभएको थियो ।