ताजा समाचार:
Search

श्रेष्ठद्धारा बालमन्दिर भवन पुननिर्माणका लागि एकलाख सहयोग

विकल्प न्यूज/बेनी
बैशाख ३ गते ।
नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित उपाध्यक्ष प्रमोद श्रेष्ठले बेनी नगरपालिका ४ डाँडाखेत स्थित बालमन्दिर आधारभूत विद्यालयको भवन पुननिर्माणका लागि एकलाख रुपियाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ ।balmandhirगत फागुन २५ गते विद्युत सर्ट भइ ध्वस्त भएको विद्यालय भवन पुननिर्माणका लागि श्रेष्ठले सो रकम सहयोग गर्नु  भएको हो ।
यसै गरि नेकपा एमाले जिल्ला कमिटीका उपसचिव देववहादुर घलेले रु २० हजार र सचिवालय सदस्य सन्तोष रावलबाट दुइहजार पाँचसय रुपियाँ सहयोग गर्नुभएको छ ।

आगलागीबाट जलेर ध्वस्त भएपछि पठनपाठन प्रभावित भएको छ । १७४ जना बालबालिकाले अध्ययन गर्ने सो विद्यालयको ५ वटा कक्षा टहराबाट सञ्चालन भएको छ । कक्षा ४, ५, ६, ७ र ८ का एक सय भन्दा बढी विद्यार्थीलाई त्रिपालले छाएको, जस्ताले बारेको टहरामा राखेर पढाउने गरीएको शिक्षक रामप्रसाद शर्माले बताउनुभयो ।

आगलागी हुँदा सो विद्यालयको १० कोठे भवन जलेर ध्वस्त भएको थियो । विद्यालयको प्रशासन, कम्प्युटर ल्याब, पुस्तकालय र कक्षा कोठा रहेको भवनमा आगलागी हुदाँ ९२ लाख रुपैयाँ बराबरको क्षति पुगेको थियो ।