ताजा समाचार:
Search

बालमन्दिरको भवन पुननिर्माणका लागि प्रवासबाट दुइलाख पचास हजार सहयोग

विकल्प न्यूज/बेनी
बैशाख ३ गते ।

गत फागुन २५ गते साँझ विद्युत सर्ट भइ आगलागिबाट ध्वस्त भएको बेनी नगरपालिका ४ डाँडाखेत स्थित बालमन्दिर आधारभुत विद्यालयको भवन पूननिर्माणका लागि अष्टे«लियामा रहेका म्याग्देलीहरुले दुइलाख पचास हजार रुपियाँ सहयोग जुटाएका छन् ।DSC_0086मोना अस्टे«लियका कार्यकारी सदस्य एवम् विद्यालयका भूपू विद्यार्थी सुमन बानियाँको सक्रियतामा सो रकम संकलन भएको हो ।

वानियाँको व्यक्तिगता पचास हजार र त्यहाँ रहेका अन्य ३७ जना नेपालीहरुबाट संकलन भएको दुइलाख गरि दुइलाख पचास हजार रुपियाँ आइतवार बानियाँका वुवा कृष्णवहादुर वानियाँले विद्यालयका प्रधानाध्यपक तिर्थ वानियाँ र व्यवस्थापन समितिका अध्यक्ष प्रेम वानिायाँलाई हस्तान्तरण गर्नुभएको हो ।DSC_0081 शिक्षक रामप्रसाद पौडेलको सञ्चालनमा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षता प्रेम वानियाँले सवैको सहयोगबाट नै विद्यालय पुननिर्माण हुने भएकाले सहयोग गर्न देश विदेशमा रहनुभएका म्याग्देलीहरुलाई आग्रह गर्नुभएको छ ।

उहाँले प्राप्त भएको सहयोग विद्यालय पुननिर्माणमा खर्च गर्ने बताउनुभयो । कार्यक्रममा कृष्ण वहादुर वानियाँले सामाजिक कार्यमा विदेशमा रहेका म्याग्देलीहरुको ठूलो भूमिका रहेको बताउनुभयो ।
आगलागीबाट जलेर ध्वस्त भएपछि पठनपाठन प्रभावित भएको छ ।

१७४ जना बालबालिकाले अध्ययन गर्ने सो विद्यालयको ५ वटा कक्षा टहराबाट सञ्चालन भएको छ । कक्षा ४, ५, ६, ७ र ८ का एक सय भन्दा बढी विद्यार्थीलाई त्रिपालले छाएको, जस्ताले बारेको टहरामा राखेर पढाउने गरीएको शिक्षक रामप्रसाद शर्माले बताउनुभयो ।

आगलागी हुँदा सो विद्यालयको १० कोठे भवन जलेर ध्वस्त भएको थियो । विद्यालयको प्रशासन, कम्प्युटर ल्याब, पुस्तकालय र कक्षा कोठा रहेको भवनमा आगलागी हुदाँ ९२ लाख रुपैयाँ बराबरको क्षति पुगेको थियो ।