ताजा समाचार:
Search

मतदाता शिक्षा कार्यक्रममा लागि १०१ जना स्वमसेवक परिचालन

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २ बैशाख ।
म्याग्दीका मतदातालाई स्थानीय तह चुनावमा मतदान गर्ने तरीका सिकाउनका लागि १०१ जना स्वमसेवक परिचालन भएका छन् ।

जिल्ला निर्वाचन कार्यालय म्याग्दीले बदर मतको दरलाई कम गर्न प्रत्येक मतदान केन्द्रमा एक जनाका दरले निर्वाचन तथा मतदाता शिक्षा स्वमसेवक परिचालन गरेको हो ।Nirbachanदुई दिनका दरले पाँच समूहमा सबै स्वमसेवकहरुलाई तालीम प्रदान गरेर नियुक्त गरी प्रचार सामाग्री सहित गाउँ गाउँमा खटाइएको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले जानकारी दिनुभयो ।

चैत २४ गते देखि सुरु भएको निर्वाचन तथा मतदाता शिक्षा स्वमसेवक तालीम शनिबार सकीएको छ । सामाजिक परिचालक, महिला स्वास्थ्य स्वमसेवीका र बालविकास सहयोगी कार्यकर्ताहरुलाई तालीम दिइएको हो ।

तालीम समापन कार्यक्रममा निर्वाचन अधिकारी पौडेलले वडा, बस्ती तहमा सरोकारवालाहरुलाई स्थानीय तह निर्वाचनको महत्व, निर्वाचन आचार संहिता र बदर नहुने गरी मतदान गर्ने तरीकाको बारेमा जानकारी गराउन निर्देशन दिनुभयो ।

कार्यालयका नायव सुब्बा बलबहादुर खत्रीले सञ्चालन गर्नुभएको कार्यक्रममा तालीममा सहभागि भगवतीकी सामाजिक परिचालक माया शर्माले आयोगको मर्यादालाई पालना गरेर ऐतिहाँसीक जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो । स्वमसेवकहरु नमुना मतपत्र सहित सबै टोल बस्ती र मतदाताको घरदैलोमा पुग्ने कार्यक्रम छ ।

तालीमको जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति कृष्णलाल सापकोटा, जिल्ला समन्वय समितिका एलजिसीडिपी कार्यक्रम अधिकृत प्रकाश रेग्मी र प्रकाश माविका शिक्षीका सरला सुवेदीले सहजिकरण गर्नुभएको थियो ।

५ गाउँपालिका, एक नगरपालिका र ४५ वटा वडा रहेको म्याग्दीमा ७१ ह्जार ४६३ जना मतदाता छन् । २३७ जना जनप्रतिनिधी निर्वाचीत हुने जनाइएको छ । म्याग्दीमा ७२ वटा निर्वाचन स्थल कायम भएको छ । जिल्ला निर्वाचन कार्यालय र सुरक्षा निकायले बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको तयारी तिब्र पारेका छन ।