ताजा समाचार:
Search

जलजला केन्द्र ः “कलात्मक धाँधलीका विपक्षमा” एकजुट हाऔं

रामजी प्रसाद आचार्य /विकल्प न्यूज
चैत १६ गते ।
Ramjiउत्तरी पर्वतको जलजला गाउँपालिकाको केन्द्रका वारेमा आम नागरिकहरुमा बहस र विरोधका वावजुद यतिखेर २ वटा छुट्टा छुट्टै कार्यालय स्थापना भएका छन ।

एउटा माझफाँटको कोटमा र अर्को माझफाँटकै मोहनचोकमा । नाम र व्याख्यालाई जसरी बुझे पनि यी २ वटै कार्यालयहरु समानान्तर हुनेछन् ।

कार्यालयको उद्घाटन गर्न आएका जिल्ला समन्वय समितिका पर्वतका स्थानीय विकास अधिकारी विष्णुप्रसाद भूषालले ले चुनाव अगाडिका सम्पूर्ण सेवा २ वटै केन्द्र समानान्तर रुपमा प्रवाह हुन नसके आफुले क्षतिपूर्ति दिने भनी जलजला ४,५,६,७,८,९ का जनताहरु सँग कवुल गर्दै चुनाव अगाडि २ वटै कार्यालय अस्थाइ हुन भन्ने कुरा दोहो¥याउदै रहँदा सहजै अनुमान गर्न सकिन्छ कि जलजला गाउँपालिकाको केन्द्र कहाँ राख्ने भन्ने विषय टुङगो लगाउने काम निर्वाचित जनप्रतिनिधिहरुकै काँधमा छ । milanchookसाविकका सात वटा गाविस मिलेर बनेको जलजला गाउँपालिका सामान्य केन्द्रको विवाद मिलाउन पनि असफल रह्यो भने भोलि साधन स्रोत र स्वामित्वको वाँणफाड तथा उपभोग गर्दा मिलेर गर्न सक्छन र विकासपथमा हातेमालो गरिकन अगाडि बढन् सक्छन भन्ने मिठो कल्पनामा ग्रहण लागेको छ ।
अहिले केन्द्रको नेता बन्न बल प्रयोग गरि साम,दाम,दण्ड,भेद सहित सम्पूर्ण शक्ति अपनाएर जबर्जस्त मुख मीठ्याइ रहेको मल्लाजकोटले समान्य सिद्धान्त र लोकतान्त्रीक पद्दतीलाइ स्वीकार गर्न नसक्दा सम्म यो समस्या चुनाव मात्रै होइन जनमत संग्रह नै गर्दा पनि वारपार नहुने संकेतहरु छ ।

डर धम्की र बलप्रयोग जसले गर्न सक्छ उसैको मात्रै जीत हो र यी नै अन्तिम सत्य हो यसैलाइ जबर्जस्त स्विकार्नुपर्दपर्छ भन्ने मान्यताले हामीलाइ गाँज्नु गाँजेको छ । मोहन चोक केन्द्र हुँदा ६ वटा वार्डको जीत अनि मल्लाज कोटमा केन्द्र हुँदा ३ वटा वार्डको जीत भनेर जसरी भेगिए डिसकोर्स खडा गरीएको छ यो पटक्कै सुखद र सकारात्मक छैन । 17410084_1253305674717242_887741155_nव्यक्तिगत रुपमा म मल्लाजकोट तीरको भान्जो,भज्जा,ज्वाइँ र छोरो रहेछु । मामाको घर,फुपुको घर,दाइको ससुराली अनि काकाको बारि उतै छ ।

जान्न भने पनि सम्पुर्ण लेनदेन माझफाँट सँग छ । ठीक त्यसै गरि माझफाँटका जनसमुदायहरुको धाइरीङ र नाइलीबाङ सँग लेनदेनको सम्बन्ध छ ।

आफन्त र छरछीमेक कसरी मीलेर बस्ने र गुणस्तरीय तथा समुन्नत समाजको स्थापना गर्ने भनिकन घोत्लीनु पर्ने समयमा केन्द्र हामीले लग्यौँ तिमीले लोप्पा खाउ भनेर धारे हात लगाउने वातावरणको सृजना हुनु दःुखद छ ।

मल्लाजकोट लाई केन्द्र विरोध गर्ने हो भने एस.इ.इ. परीक्षा दिन आएका विद्यार्थी लखेट्छु भन्ने जलजला गाउँपालिकाको उन्नतीको लागि स्वदेश तथा विदेशबाट विचार र सूचना प्रवाह गर्ने लेखक तथा पत्रकारहरुलाइ धम्क्याउने ।
अनुशासन र उचित संस्कारको आदर्श बन्ने चेतना फैलाउँने शिक्षकहरु सडकमा ओर्लेर अभद्र व्यवहार देखाउने र छिमेकीहरुलाइ अनावश्यक गालीगलौज गर्ने जुन खालका गलत काम केही माझफाँटबासीहरुले गर्नु भयो त्यस हिसावले साविक धाइरीङ,नाइलीबाङ,बनौ,सालीजा र लेखफाँटबासीहरुलाइ मल्लाज कोट सँगको सहयात्रा सहज छ भन्नेमा प्रसस्त शंका उब्जाउने काम गरेको छ ।

संसार मान्यताको आधारमा चल्छ काकाको छोरी विवाह गर्नु हुँदैन भन्ने मान्यता हिन्दुहरुमा छ भने मुस्लीम मान्यता फरक हुन सक्छ । त्यस्तै गाउँपालिकाको केन्द्र पनि कुनै न कुनै मान्यताको जगमा टेकेर मात्रै हुने होला ।

भौगोलिक सुगमता,दुरीको नाप,दुर र उत्पीडित भुगोलबासीहरुलाइ क्षतिपूर्ति आदि मापदण्डहरु लाई आधारमानी तोकीएको केन्द्र सर्वमान्य र लोकतान्त्रीक हुनसक्थ्यो ।
निर्धाहरु छन भन्दैमा बहुसंख्यकहरुलाइ पाखा लगाइ सिमितहरुका भावनाहरु मात्रै समेट्ने गरि

जुनखालको कलात्मक धाँधली गरेर नेपाल सरकारको उच्च ओहदामा बस्ने कर्मचारीहरुले जसरी अन्यायको बीउ रोप्ने काम गरे यसले जलजलाबासीहरुलाइ झगडा उन्मुख बनाउँदै छ ।

वाड विभाजन देखि लिएर सहमत नामलाई फेरी अर्को थप्ने काम गैरजिम्मेवारी थियो । पहुँचका आधारमा कानुनी लेपन लगाउने जतीसुकै प्रयास गरे पनि अप्राकृतिक कुरा टीक्नै सक्दैन ।
हामी जलजलाबसी सामान्य नागरिकहरुको आग्रह त्यही हुनेछ बाँसखर्क देखि बनौ सम्मका जनताहरुलाइ सहज पहुँच हुने ठाउँमा केन्द्रको सहमती गर ।

पाखुरी सुर्कीने र दाउ हेरी चुनावी माहोल कब्जा गरेर आफुअनुकुल केन्द्र स्थापना गर्ने जमीन्दारी प्रथा नदोहोरीयोस ।
सुवीधाका हीसवले वारीबेनी देखि खनीयाघाट सम्म र भुगोलका हीसावले सालीजा केन्द्र उपयुक्त छ यो भन्दा अरु विकल्पहरु पनि हुन सक्छन तर सहमती र छलफल पछि मात्र ।

अन्तमा गाउँपालिका गठनको शुरुआत नै छलकपट र दादागीरी तथा धाँधलीमय हुन पुग्यो । सहमती र लोकतान्त्रीक प्रक्रियाका आधारमा कार्यसम्पादन हुन नसक्दा सम्म कलात्मक धाँधलीहरुको विभिन्न स्वरुपमा विरोधहरु भैरहेका छन र भैरहनुपर्छ ।

सवैको एकताबाट नै कलात्मक धाँधलीलाई परास्त गर्न सकिन्छ । त्यसका लागि एकता अनिवार्य छ । लेखक आचार्य जलजला गाउँपालिका वडा नं ७ का वासिन्दा हुन ।