ताजा समाचार:
Search

बेनी शिवालयद्वारा महायज्ञको आयव्यय सार्वजनिक

विकल्प न्यूज/बेनी
चैत १६ गते ।

बेनी शिवालय मन्दिर संरक्षण समितिको आयोजनामा बुधबार महायज्ञको आयव्यय विवरण सार्वजनिक भएको छ । म्याग्दीको सदरमुकाम बेनीस्थित रहेको करिब ४ सयवर्ष पुरानो प्राचीन बेनी शिवालय मन्दिरमा गत फागनु ८ गतेदेखि १९ गतेसम्म लगाइएको शिवपुराण महायज्ञको आम्दानी खर्च सार्वजनिक गरिएको हो ।DSC_0099महायज्ञमा कुल २८ लाख २ हजार १ सय ५२ रुपैयाँ आम्दानी, विभिन्न ४३ ओटा शीर्षकमा ९ लाख ४८ हजार ९ सय ७८ खर्च र १८ लाख ५३ हजार १ सय ७४ रुपैयाँ बचत रहेको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष सुबेदार पूर्णबहादुर जिसीले जानकारी दिए । उनका अनुसार बागदान बक्यौता ४ लाख २८ हजार नौसय ८५ र भूक्तानी दिन बाँकी ४८ हजार तीनसय ५५ रुपैयाँ रहेको बताइएको छ ।

कार्यक्रममा श्री लक्ष्मीनारायण मन्दिरका अध्यक्ष अविरकुमार श्रेष्ठ, शिवालय मन्दिरका संस्थापक अध्यक्ष प्रकाशकुमार श्रेष्ठ र महायज्ञका मूलवाचक पण्डित दण्डपाणि उपाध्यायले मन्तव्य राखेका थिए । कार्यक्रम महायज्ञ मूल आयोजक समितिका अध्यक्ष बिक्रम श्रेष्ठको अध्यक्षता, सचिव सुन्दर केसीको सञ्चालन र सदस्य दलप्रसाद श्रेष्ठको स्वागतमा सम्पन्न भएको थियो ।