ताजा समाचार:
Search

एमालेको बेनी नगरपालिका स्तरीय अगुवा कार्यकर्ता भेला

विकल्प न्यूज/बेनी
चैत १६ गते ।
‘एमालेको स्थानीय सरकार, जनताको सपना साकार’ भन्ने मूल नारासहित बुधबार म्याग्दीको सदरमुकाम बेनीमा चुनाव लक्षित कार्यकर्ता भेला सम्पन्न भएको छ ।

नेकपा एमाले नगर सङ्गठन कमिटीको आयोजनामा नगरपालिकास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गरिएको हो । IMG_2009भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य भूपेन्द्र थापाले स्थानीय तहको निर्वाचनमा एमालेलाई विजयी गराउनका लागि कार्यकर्तालाई खट्न निर्देशन दिएका छन् ।

उनले चुनाव जित्ने केही पूर्व सङ्केतहरु कर्मचारी र विद्यार्थीको निर्वाचनबाट देखापरेको भन्दै त्यसलाई विजयीमा रुपान्तरण गराउन कार्यकर्ताहरु चुनाव केन्द्रीत अभियानसहित गाउँगाउँमा खट्नुपर्ने बताए ।

अहिले देश नेकपा एमालेको नीति, सिद्धान्त र कार्यदिशाका आधारमा अघि बढेको बताउँदै केन्द्रीय सदस्य थापाले आउँदो स्थानीय तहको निर्वाचनमा एमालेले शानदार जित हासिल गर्ने बताएका थिए ।

उनले स्थानीय तहको निर्वाचनको विभिन्न पदमा पार्टीले विधि, प्रक्रिया र मापदण्डका आधारमा उम्मेदवारहरु छनोट गर्ने जानकारी समेत दिएका छन् ।IMG_2013कार्यक्रममा नेकपा एमाले प्रदेशनम्बर ४ का पार्टी सदस्य मुना बानियाँ, एमाले म्याग्दीका उपाध्यक्ष देवेन्द्र केसी, सचिव बालकृष्ण सुवेदी र उपसचिव देवबहादुर घलेले झण्डै २० वर्षको अन्तरालमा हुँदै गरेको स्थानीय तहको निर्वाचनमा एमालेको जितका लागि सबै तह र तप्काका नेता कार्यकर्ता आ–आफ्नो ठाउँमा खटिनुपर्नेमा जोड दिएका थिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य थापाले एमालेको स्थायी कमिटीले जारी गरेको सातबुँदे उम्मेदवारको मापदण्ड वाचन गरेर सुनाएका थिए ।

कार्यक्रममा एमालेको जिल्ला, नगर सङ्गठन कमिटीलगायत विभिन्न तह र तप्काका सहभागी नेता कार्यकर्ताहरुबीच चुनाव केन्द्रीत र अन्य विषयमा अन्तत्र्रिmया तथा छलफल गरिएको थियो ।

नेकपा एमाले नगर सङ्गठन कमिटीका संयोजक प्रमोद श्रेष्ठको अध्यक्षता र सहसंयोजक राजकुमार थापाको सञ्चालन सम्पन्न उक्त कार्यक्रममा साविकको नगर कमिटी अध्यक्ष नारायण जिसीले स्वागत गरेका थिए ।