ताजा समाचार:
Search

एमालेको अन्नपूर्ण गाउँपालिकामा अगुवा कार्यकर्ता भेला

विकल्प न्यूज/बेनी
चैत १६ गते ।
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा मङ्गलबार नेकपा एमालेको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलाले भरत पुनको अध्यक्षतामा ३५ सदस्यीय नेकपा एमाले अन्नपूर्ण गाउँपालिकास्तरीय सङ्गठन कमिटी गठन गरेको छ ।

कमिटीको सहसंयोजकमा गोकुल बरुवाल, सदस्यहरुमा यामबहादुर खड्का, चीनबहादुर पुन, मेकबहादुर खड्का, कृष्णबहादुर तिलिजा, दुर्गाबहादुर खाती, तेसराम पुन, रोमबहादुर बुदुजा, झपेन्द्र बुदुजा, विरमाया विक, नरसिंह पुन, यामबहादुर फगामी, कुलबहादुर पुन, मनबहादुर पुन, फासबहादुर पुन तथा पार्टी इलाका संयोजक ठाकुरप्रसाद बरुवाललगायत रहेका छन् ।17626245_10208185615349078_6113139631910179715_n भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य भूपेन्द्र थापाले देशभर एमालेको लहर आएको हुँदा स्थानीय तहको निर्वाचनबाट एमाले पहिलो शक्ति बन्ने बताए ।

उनले देशको विकास निर्माणका लागि स्पष्ट नीति र कार्यदिशा एमालेसँग मात्रै भएको बताउँदै स्थानीय तहको निर्वाचनमा एमालेको जित अपरिहार्य रहेको बताएका थिए ।

सोही भेलामा युवा संघ नेपालका विदेश विभाग प्रमुख एवं एमाले म्याग्दीका सचिवालय सदस्य सन्तोष रावलले देश एमालेको नीति, विचार र सिद्धान्तअनुसार अगाडि बढिरहेको भन्दै म्याग्दीमा एमालेको जित सुनिश्चित रहेको दावी गरेका छन् ।17553834_10208185606628860_7524784043292236865_nकार्यक्रमको अवसरमा एमालेको नवनिर्वाचित अन्नपूर्ण गाउँपालिका सङ्गठन निर्माण कमिटीलाई कार्यक्रमका प्रमुख अतिथि भूपेन्द्र थापाले शपथग्रहण गराएका थिए । यसैबीच गाउँ सङ्गठन कमिटीको वैठकले भरत पुनको संयोजकत्वमा ११ सदस्यीय सचिवालय गठन गरेको छ ।

त्यसैगरी वैठकले आगामी चैत २६ गतेभित्र अन्नपूर्ण गाउँपालिकाअन्तर्गत ८ ओटा वडाको वैठक भेला सम्पन्न गर्ने, वैशाख २ गते वैठक आयोजना गर्नेलगायतका निर्णयहरु गरेको कमिटीले जनाएको छ ।

कार्यक्रममा एमाले म्याग्दीका जिल्ला सदस्य श्याम राना, सल्लाहकार खड्क गिरी, दानाका अध्यक्ष नरसिंह पूर्जा, युवा संघ म्याग्दीका पूर्व जिल्ला सचिव राजाराम बरुवालले सम्बोधन गरेका थिए । कार्यक्रम अन्नपूर्ण गाउँपालिका अभियानका सहसंयोजक गोकुल बरुवालको अध्यक्षता, एमाले म्याग्दीका जिल्ला सदस्य नारायण पुनको सञ्चालन र तेजबहादुर गुरुङको स्वागतमा सम्पन्न भएको थियो ।