ताजा समाचार:
Search

लिग महिला भलिबलको च्याम्पियन म्याग्दी

विकल्प न्यूज/बेनी
चैत १५ गते ।
म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित अञ्चलस्तरीय लिग महिला भलिबलको उपाधी म्याग्दीले हात पारेको छ ।

मंगलबार खुल्लामञ्चमा सम्पन्न भएको फाइनलमा म्याग्दीले सोजो सेटमा पर्वतलाई पराजित गदैं च्यापियन बनेको हो । म्याग्दीबाट राष्ट्रिय खेलाडी अरुणा शाही र कमला पुनको उपस्थितीमा मैदानमा उत्रिएको म्याग्दीले पहिलो सेटमा १७–२५ र दोस्रोमा १५–२५ र २३–२५ ले म्याग्दीले पर्वतलाई पराजित गरेको थियो । 17553846_610551679137402_7689917225707228118_nअन्तिम खेलमा म्याग्दीलाई रोक्ने प्रयास गरेपनि अनुभवी खेलाडीहरूको प्रयासमा उनीहरुको प्रयास असफल भएको थियो । यसैविच प्रतियोगितामा म्याग्दी बी ले तेस्रो स्थान हात पारेको छ । महिला भलिबलतर्फ प्रथम, तितृय, तितृय र सान्तवना हुनेलाई क्रमश ३० हजार, बिस हजार, पन्ध्र हजार र दश हजार रुपैया पुरस्कार प्रदान गरिएको छ। IMG_4942प्रतियोगितामा विजय भएका खेलाडीलाई प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, जिल्ला भलिबल संघका अध्यक्ष रमेशकुमार श्रेष्ठ, राष्ट्रिय भलिबल रेफ्री गोपाल थापा, खेल संयोजक एवम् प्रशिक्षक तेजेन्द्र बानियाँ क्षेत्री लगाएतले पुरस्कार वितरण गरेका थिए ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान अञ्चल कार्यसमितिले बेनीमा सञ्चालन गरेको प्रथम धौलागिरी लोक सांस्कृतीक महोत्सव अन्तरगत पुरुष भलिबलको बुधबार विहान ८ बजे देखी म्याग्दी ए र वि विच हुने छ ।

त्यस्तै दोस्रो पर्वत र बाग्लुङ विच हुने छ । पुरुष भलिबलतर्फ प्रथम, दितृय, तितृय र सान्तवना हुने टिमलाई क्रमश नगद ३५ हजार, २५ हजार, १५ हजार र दश हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । महोत्सवको प्रमुख आर्कषकका रुपमा रहेको भलिबल हेर्न आसपासका क्षेत्रबाट समेत दर्शक आएका थिए । हरिकृष्ण गौतम