ताजा समाचार:
Search

यसरी गरियो जलजला गाउँपालिकाको दुवै स्थानमा कार्यालय स्थापना

विकल्प न्यूज/पर्वत
चैत १४ गते । उत्तरी पर्वतको जलजला गाउँपालिकामा साविको माझफाँट गाविसमा सोमवार गाउँपालिकाको कार्यालय स्थापना गरिएको छ । 17426359_1864713850409993_3292057765776597995_n  स्थानीय विकास अधिकारी सहित गाउँपालिकाको कार्यकारी अधिकृतलाई बाजा गाजा सहित स्थानीयहरुले भव्य स्वागत गरेका छन् । यसै विच माझफाँट केन्द्र अपायक भएको भन्दै आन्दोलनमा उत्रिएका ५, ६,७,८ र ९ नम्बर वडाका वासिन्दाहरुले ४ नम्बर वडाको मोहनचोकमा अर्का कार्यालय स्थापना गरेका छन् । मोहनचोकमा पनि स्थानीयवासीहरुले बाजागाजा सहित कार्यालय स्थापना गरेका हुन । 17499493_1864713653743346_7473246814717816060_nमाझफाँटमा केन्द्र र मोहनचोकमा गाउँपालिकाको सम्पर्क कार्यालय स्थानीय विकास अधिकारी विष्णुप्रसाद भूषाल उद्घाटन गर्नुभएको हो । कार्यालय उद्घाटन गर्दै स्थानीय विकास अधिकारी भूषाल ले निर्वाचन पछिको जनप्रतिनिधिहरुले नै केन्द्र निर्धारण गर्न सक्ने भएकाले निर्वाचन सम्म पर्खन आग्रह गर्नुभयो । 17425847_1864713777076667_8538898894258351828_nकार्यालय उद्घाटन गर्न आउनुभएकी कार्यकारी अधिकृत सिता पोखरेलले निर्वाचनको वातावरण तयार पार्न सर्व पक्षलाई आग्रह गर्नुभएको थियो । उहाँले निर्वाचित जनप्रतिनिधिले केन्द्रको टुङगो नलगाउँदा सम्म सम्पर्क कार्यालयबाट गाउँपालिकाको कामकाज गरिने बताउनुभयो । कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता थियो । mahon chok 2 mahon chok 1