सविता सापकोटा/विकल्प न्यूज
चैत १० गते ।
बाटोमा विभिन्न मानिसहरु हिडिरहेका हुन्छन् । सबै मानिसको आ–आफनो गन्तव्य हुन्छ । कोही मानिस हसिलो मुहारमा देखिन्छन, भने कोही मलिनमुहारमा देखिन्छन् । खुसी भएको समयमा कोही मानिस हाँसेको देख्दा रमाइलो लाग्छ ।
दुखीभएको समयमा आफ्नो पीडामा कसैले मजाक उडाएजस्तै लाग्छ । भविष्य कसैले पनि देखेको हुँदैन । केवल कल्पनाको संसारमा डुबुल्की मार्दै मानिस गन्तव्यका पाइलाहरुलाई शिखर सम्मपु¥याउन दौडिरहेको हुन्छ । अरुको जीवनलाई खुसी देख्छ मान्छे, आफू सबै भन्दा दुःखी भएको अनुभव गर्छ ।
सानासाना कुराले दुःखी बनाउछ मन । कसैको दुई शब्दले पिराउँछ मन, अनि आँसुले पखाल्न मन लाग्छ । केहीबेरको आत्मसन्तुष्टिको लागि आँसुलाई हामी औषधिको रुपमा प्रयोग गछौं । केही समय यस्ता हुन्छन् जतिबेला चाहेर पनि हामी आफनो आँसुलाई आँखाको जेल भित्र दबाएर राख्न सक्दैनौँ । विशेषगरि जब आशाका किरणहरुले पाइला मोड्छन् । आफूले धेरै अपेक्षा गरेको मान्छेले अपशब्द बोल्छ या कसैले नराम्रो तवरले खाली गर्छ भने त्यो मनले सहन नसकी आँसु भएर झर्छ ।
सानो कुरामा दुःखीहुने मन, सानो उपलब्धिमा पनि खुशि हुन्छ । कसैले ‘तिमी कति असल’भन्दा खुसी लाग्छ । कहिलेकाहीं एक्लै बसेर सोच्दा लाग्छ खुसी कहाँ छ ? कसको अधिनमा छ ? मैले आफ्नो मुठ्ठिमा दबाएर राखेजस्तो लाग्छ ।
होइन मेरो खुसी बावाआमा सँग छ जस्तो लाग्छ । होइन मेरो खुसी नयाँ कपडामा छ जस्तो लाग्छ । साथीभाईसँगको साथमा हुदाँ मेरो खुसी उनीहरुसँग छ जस्तो लाग्छ । एकान्तमा सपना बुन्दा मेरो खुसी मेरा सपनाहरुमा छ जस्तो लाग्छ । खुसी कुन पाटामा लुकेर बसेको हुन्छ र कति बेला झुल्किन्छ भन्ने नै निश्चितहुँदैन । सूर्य झुल्किने र अस्ताउने जस्तै कुनै निश्चित समय छैन ।
सानो छदा नयाँ कपडा पाउदा खुसी लाग्थ्यो । कसैले मनपर्ने खानेकुरा किनिदिँदा खुसी लाग्थ्यो, मामाघर जान पाउदा खुसी लाग्थ्यो । उमेर र जवानी सँगै भरिएको बैंसमा घुम्न पाउदा, बाबाआमाले चाहे जति पैसा दिँदा र मोजमस्तीमै खुसी लाग्छ । जीवनमा बदलिँदो अवस्थासँगै विभिन्न कुराहरुमा खुसीको आभास गरिँदो रहेछ । जब हामी खुसी हुन्छौं तब हामीले गर्न लागेको काममा आत्मसन्तुष्टिको आभास गर्छौ र सफलता पनि हातपार्न सक्छौ ।
आकाशमा स्वतन्त्रताका साथ उडेको चरी देख्दा लाग्छ यो कति रमाइलो मानेर उडिरहेको छ । सायद पीर, व्याथा भन्ने चिज नै त्यसको शब्दकोशमा छैन होला । दुईवटा पखेँटा फिँजारेर उडेको देख्दा हामीलाई पनि कहिलेकाहीँ उडूँ उडूँ हुन्छ । पीर, व्यथाले मन रोएको बेला उड्न पाए रमाइलो अनुभूतिको आभास हुन्थ्यो जस्तो लाग्छ ।
मन लाग्छ धेरै कुरा गर्न अनि अनेकौ रहरहरु मनमा सजाउँन । कहिले हावाको बेगले धुलो उडाएजस्तो गरी उडाउन मन लाग्छ मनमा गुम्सिएर रहेका रहरहरु त कहिले टे«नजस्तै सररर गुडाउन मन लाग्छ । कसैको भलो हुने काम गरेर आत्म शान्तिबनाउने अभिलासा पनिमानिसको मनमानजाग्ने होइन । दीन, दुःखीदेख्दा बिचरा भन्न मन लाग्छ र आफूले सकेको केही रकम दिन मन लाग्छ ।
मानिस विभिन्न क्रियाकलापबाट खुसी बटुल्ने गर्छ । धेरैजसो बाबाआमाआफनो सन्तानको उपलब्धिमा खुसी हुन्छन् । खुसी जन्मदेखि मृत्युपर्यन्त चलिरहन्छ । ‘खुसी त भर्खरै धोएर सुकाएको लुगाको पानी जस्तै रै’छ बिस्तारै तप्किएर सकिने ।’ माथिको वाक्य केही महिनाअघि मात्र प्रकाशित बुद्धिसागरको फिरफिरे उपन्यासमाउल्लेख भएका यी शब्दहरु सापटी लिनचाहे ।
हामी आफनो कामभन्दा पनि अरुको कामलाई सहज ठान्छौ र त्यसमै खुसी देख्ने गर्छौं । सायद आप्mनो काममा रमाउनु नै खुसी होला कि ?नकारात्मक सोचहरुलाई बगाउँदै सकरात्मक सोचहरुको फूलफुलाउनु मै खुसीका भमराहरुले बास गर्लान कि भन्ने मेरो ठम्याई छ ।
संसारमा लाखौं मानिसहरुको आँखा छैन, कतिको हातखुट्टा छैन, कति मृत्यु शैय्यामा छटपटाइरहेका छन् । हामी सँग आँखा, हातखुट्टा, स्वस्थजीवन छ ।
तर पनि नहुनेहरु कति रमाइरहेका छन्, हामी दुःखी बनिरहेका छौं । फरक यतिहो, उनीहरुले जीवनबुझेका छन, आफूसँग भएको चीजमा रमाएका छन् । तर नभएको कुरा खोज्ने हाम्रो सोचका कारण हामी रमाउन सकेका छैनौं । अब रमाउन, आनन्द लिन सिकौं । आफैंमा परिवार भित्र, समाज भित्रखुसी र आत्मा सन्तुष्टि खोजौं ।