कृष्ण जिसी /विकल्प न्यूज
चैत ३ गते ।
मेरो पुस्ताले जे जे देखेको छ त्यो म भन्दा अघिल्लो पुस्ताले केही त देख्यो होला या अनुभब ग¥यो होला । अघिल्लो पुस्ताले देखेका भोगेका कुरा मैले कतिपय देखेहुँला र भोगे हुँला । २ दशक खासै धेरै लामो समय पनि हैन यो बिचमा धेरै पुस्तान्त हँुदैन । एउटा व्यक्तिले सामान्यता आफु ५ वर्ष हुँदा देखीको कुरा सम्झन सक्दछ । यो मैले मेरो अनुभब सामान्यिकरण गरेको हुँ तर कसै कसैले त्यो भन्दा अघिको कुरा सम्झछन् होला । हामी धेरै कुरालाई त्यति वास्ता गरेका हुदैनौं । बर्तमान समयमा त हाम्रो समाज यति ब्यस्त हँुदै छ कि दाँयाबाँया हेरेर हिड्ने फुर्सद पनि हँुदैन । कति बास्तबमै ब्यस्त छौं त कतिपय ब्यस्तताको बहाना बनाउछौँ । कुरा जे जस्तो भए पनि हामीमा एउटा स्वभाब बिकसित हँुदै आइरहेको छ त्यो हो मलाइ फुर्सद छैन बिजी छू भनिहाल्ने ।
तपाईँ हामी जति सुकै ब्यस्त होऔं समयले हाम्लाई पर्खेको हँुदैन र परिबर्तनले पनि वास्ता गर्दैन । हरेक पल हरेक क्षण धेरै कुरा फेरिइ रहेका हुन्छन । हामीले कतिपय महत्वपुर्ण कुरालाई बेवास्ता गरेका हुन्छौं ।
धेरै कमको मात्र त्यस तर्फ ध्यान गएको हुन्छ जब त्यसको यथार्थ पत्ता लाग्छ अनि हामी झसङ्ग हुन्छौं । मेरो स्मरणमा भए सम्म मैले धेरै कुराको परिबर्तन पाएको छु, त्यो कुनै प्रविधिमा आएको परिबर्तन, सोचमा आएको परिबर्तन या सामाजिक परिबर्तन नभई हाम्रो पर्यवरणको हो । हामि कमै मात्रैले त्यसबारेमा चासो राख्दछौं वा खासै वास्ता गर्दैनौ कसैले नभने सम्म या आफैलाई नपरेसम्म त्यसप्रति खासै चासो नराख्ने हाम्रो स्वभाव भएको छ । अब सोच बिचार गर्नु पर्ने बेला आएको छ प्रयास गरौँ केहि गर्न सक्छौं या सक्दैनौं ।
हामी दिनहुँ हिड्डुल गर्छौं ओहोर दोहोर गर्छौं अनेकौं क्रियाकलाप गर्छौं ति सबै क्रियाकलाप प्रकृतिमै या वातावरण मै गर्दछौं । वातावरणीय तत्वको उपयोग बिना हाम्रो जिवन कल्पना गर्न सक्दैनौं । हामीले गर्ने जुनसुकै क्रियाकलाप भए पनि त्यसले वतावरणलाई धेर थोर असर पारेकै छन् । जानेर वा नजानेर हुने यस्ता मानवीय तथा अमानवीय क्रियाकलापले वतावरणलाई असर पारेको छ । पृथ्वी हाम्रो घर हो र हामी यसका सन्तान हौं ।
जानी जानी आफ्नो घर हामीले बिगार्न अबस्य पनि खोजेका हुँदैनौ तर हामि अविवेकी भने पक्कै भएका हुन्छौं । हामीलाई त्यति वास््ता हुदैन बुझेकै भए पनि वातावरणीय परिबर्तन त्यति छिट्टो हुने हैन आदि जस्ता आशय प्रकट गर्दछौं तर अलिक बिबेकशील भएर सोच्योै भने धेरै छिट्टो परिबर्तन भैरहेको छ पर्यावरण । हामी सबैले वातावरणीय असर भनेको नबुझ्न सक्छौ तर सजिलो गरि बुझ्न हामीले आज भन्दा १५ २० वर्ष पहिलाको कुरालाई हेरौं त ?हिउदमा कति धेरै बर्षा हुन्थ्यो डाँडाकाँडा हिउँले सेताम्मै हुन्थे । हिमाल टलक्कै हुन्थे तर अहिले हेरौं त हिउदमा पर्याप्त बर्षा नै हँुदैन हिउ देख्न नपाएको धेरै भयो । मैले थाहा पाउदा मेरो गाउको सेरो फेरो लेकफांट पर्बत र यसको उचाई संग मेल खाने ठाउँमा हिउँदमा हिउँ पर्दथ्यो तर अचेल हिँउ पर्ने छाड्यो त्यसो त हिउँदमा पानि नै पर्न छाड्यो ।
बोटबिरुवाहरु बसाइ सर्न थालेका छन् पत्यार नलाग्न सक्छ तर यो यथार्थ हो । तपाईं हामी बसोबास गर्ने ठाउमा नपाइने फलफुल र अन्य बोटबिरुवा आजकल पाउन थालिएको छ जब गर्मीको मौसम शुरु हुन्छ अनि हामी भन्छौं यो वर्ष त अचम्मै गर्मी भयो, यो त्यसै भनेको हैन पृथ्वीको तापक्रम साँच्चै नै बढ्दै गैरहेको सत्य हो ।
प्रकृतिको आफ्नै नियम हुन्छ हरेक कुरालाई आफै ब्यबस्थित गर्दै लैजाने तर जुन नतिजा या परिणाम स्वभाव प्रकिृतिले देखाउदै आइरहेको छ त्यो सबै हाम्रै क्रियाकलापको परिणाम हो त्यसको सम्पूर्ण जिम्मेवारी हामीले लिनु पर्छ । त्यसो त संसारका औधोगिक राष्ट्रका कारण नेपाल जस्ता थुप्रै मुलुक समस्याग्रस्त छन् तर हामी प्रत्येकले त्यसप्रति सचेत र चासो लिनु पर्ने देखिन्छ ।
धौलागिरि र यसको सेरोफेरोमा बसोबास गर्ने हामी कतिजनाले चासो दिने गरेका छौं ? म्याग्दी खोला छिट्टै नै सुक्नेवाला छ भने कालिगण्डकी पुल तरिरहन सायद नपर्ला । रहूगंगा जस्ता सहायक खोला तथा खहरेहरु हिँउदमा नाम निशान सम्म रहने छैनन् ।
यस्तो लेखिरहदा धेरै जनाले अचम्म मान्ने अबस्था आउनसक्छ तर यो सत्य हो त्यो समय धेरै टाढाा छैन यदि यस्तै गतिमा वातावरणको प्रतिकुल असर देखिदै जाने हो भने २० ३० बर्स पछी त्यो अबस्था आउँछ । धौलागिरी अन्नपुर्ण हिमाल काला पहाड मात्रै रहने छन् गुर्जा हिमाल मानापाथी र माछापुच्छ्रे हिमालहरु त अहिले पनि काला पहाड भैसकेका छन् । चैत्र बैसाखमा फुल्ने गुरास पुस र माघमा फुल्दैछन के यो वातावरण परिबर्तनको असर हैन त ?
हामीले प्रयोग गर्दै आइरहेका पानीका मुहानहरु बिस्तारै सुक्दैछन । खानेपानीको समस्या जटिल बन्दै गैरहेको छ । हामी धेरैले वास्ता गरेका हुदैनौं अम्बा फाल्ने ठाउँमा पहिले जस्तो ठुलो रसिलो अम्बा फल्छ अहिले ? त्यो बम्बे बेलौती भन्ने अम्बा झन्डै झन्डै लोप हुनै थालेको छ । लेकमा पाइने तिते निगालो झन्डै लोप भैसक्यो । पहाडी भेगको माथिल्लो भागमा पाइने दुधिलो डाले घाँस हराइसक्यो धेरै छन्े हामीले देखे भोगेका यस्ता अबस्थाहरु जुन धेरै नै परिबर्तन भैसकेका छन् ।
अघिल्लो वर्ष म्याग्दीका समाज सेवी अग्रज दाजु कृष्ण बानियाँले यस बारेका एउटा चासो ब्यक्त गर्नु भएको थियो । म्याग्दीखोला सुकेर काँठेखोला जत्रो भैसक्यो भन्नु भएको थियो । हो म्याग्दी खोला आज भन्दा २० वर्ष पहिला कतिजनालाई अड्कल छ ? अहिलेको काली गण्डकी जत्रै थियो तर अहिले सजिलै तर्न सकिन्छ हिउँदमा यसले बगाउदैन ।
कालिगण्डकी, म्याग्दी खोलाको अबस्थामा पुगेको छ त्यसो त बर्षा याममा पनि खोला गहिरिदै गएर पहिलेको ठाउँमा आइपुग्दैन तर बर्षा नै कम भएर पर्यप्त मात्रामा मूल फुट्न नसक्दा खोलानाला धेरै देख्न पाइदैन झनै २०७२ सालको भूकम्पले त धेरै स्थानमा पानीका मुहानहरु भासिदै गैरहेका छन् ।
अब सबैको चासो पानीको श्रोत संरक्षण भू तथा जलाधार संरक्षणप्रति हुनु जरुरी छ ।
नत्र भने क्रमस मरुभूमिकरणको अबस्था न आउला भन्न सकिन्न त्यो समय धेरै टाढा पनि छैन । मेरै अनुभबले त धेरै कुरा परिबर्तन भएको देखेको छु भने अझै कयौ परिवर्तन आउन सक्छ । त्यसैले जल, जमिन, जंगल र पर्यावरण संरक्षणमा अझै बढी चासो दिनु पर्ने देखिन्छ । औधोगिक रास्ट्रलाई दवाब र हरित गृह कलकारखानाबाट निस्किएको धुवाँ, माटरगाडीको धुवाँ, धुलो तथा वनजङ्गलको विनासका कारणले गर्दा वायुमण्डलमा कार्वनडाइअक्साइड तथा अन्य विषाक्त ग्यासको मात्रामा वृद्धि हुन्छ ।
यो वृद्धिले गर्दा सूर्यको पृथ्वीमा परेको ताप परावर्तित हुने प्रक्रियामा रोकावट हुन्छ । जसले गर्दा काँचको हरियो घरमा प्रकाश भित्र जाने तर बाहिर नआउने हुनाले तातो भएजस्तै पृथ्वीको तापक्रम वृद्धि भइरहेको छ । यसलाई हरितगृह प्रभाव (Green House Effect) भनिन्छ प्रभावमा कडाइ, नियन्त्रण लगायतका कुरामा दवाब दिनु पर्दछ भने आम जनासुमदयाले बाताबरण मैत्री क्रियाकलापमा जोड दिनु पर्दछ । हैन भने तपाईं हाम्रै पुस्ताले पर्यावरंणमा आउने भयाबह परिबर्तन र मानब जिबन कस्टकर बनेको देख्न अनि अनुभव गर्नु पर्ने हुन्छ ।