स्ववियु चुनावले तातेको क्याम्पस

सन्दीप खत्री /विकल्प न्यूज
फागुन १७ गते ।

sandipस्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन नजिकिएसँगै यतिबेला सामाजिक सञ्जालका भित्ताह? रङ्गी विरङ्गी भएका छन् । सामाजिक सञ्चालमा भोट माग्नेदेखि लिएर आफुले समर्थन गर्ने व्यक्ति, संगठनका उम्मेदवारलाई जिताउनका लागि आब्हान सहितका कुराह?ले सञ्जाल तातिएको छ । राजनीतिक जीवनमा सबै भन्दा महत्वपूर्णक्षण भनेको निर्वाचन हो । निर्वाचनले नेता जन्माउँछ, कार्यकर्ता जन्माउँछ, नयाँ–नयाँ कार्ययोजना ल्याउँछ जसले संगठनलाई अगाडि बढ्न सघाउ पुग्छ । विद्यार्थी जीवनको सबै भन्दा महत्वपूर्ण निर्वाचन स्ववियू निर्वाचन हो । झन्डै ८ वर्ष पछि हुन लागेको निर्वाचनले सबैको ध्यान तानेको छ ।

यतिखेर देश स्वतन्त्र विद्यार्थीको निर्वाचनमा होमिएको छ । त्रिभुवन विश्व विद्यालय अन्तर्गतका क्याम्पसह?मा निर्वाचन सम्पन्न भईसकेको छ भने अधिकाँस क्याम्पसह?मा भोलि अर्थात फागनु १८ गते निर्वाचन हुँदैछ । केही क्याम्पसमा विविध कारणले अवरोध भएकोले निर्वाचन हुने सम्भावना देखिएको छैन् ।

म्याग्दीमा जिल्ला पूरानो एक मात्र क्याम्पस म्याग्दी बहुमुखी क्याम्पस र मंगला शिक्षा क्याम्पस बावियाँचौरमा पनि स्ववियु निर्वाचन हुने भएको छ । चारसय ७६ जना मतदाता रहेका म्याग्दी बहुमुखी क्याम्पस र ५२ जना मतदाता रहेको मंगला शिक्षा क्याम्पस बावियाचौरमा त्रिपक्षिय भिडन्त हुने पक्का भएको छ ।

नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा एमाले निकट अनेरास्ववीयू र नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) वीच दुई वटै क्याम्पसमा तिव्र प्रतिस्पर्धा हुनेछ । पहिले कुरा मंगला शिक्षा क्याम्पसको । अखिल (क्रान्तिकारी) को बाहुल्यता रहेको भनिएको मंगला शिक्षा क्याम्पसमा नेवि संघ र नयाँ शक्ति विद्यार्थी युनियनको गठबन्धनका कारण क्रान्तिकारीलाई धक्का लाग्ने पक्का छ । न्युन उपस्थित रहेको भनिएको अनेरास्ववीयूको पनि पछिल्लो समयमा क्याम्पसमा बढेको सक्रियताका बढाएको छ ।

क्रान्तिकारीलाई पार्टी फुटको प्रत्यक्ष असर मंगला शिक्षा क्याम्पसमा पर्नेछ । क्रान्तिकारीबाट फुटेर बनेको नयाँ शक्ति विद्यार्थी युनियनको मत निर्णायक देखिनेछ । नेवि संघसँग नयाँ शक्तिको गठबन्धनबाट स्ववियू नेतृत्व हत्याउन सक्ने सम्भावना पनि प्रबल छ । मंगला शिक्षा क्याम्पसमा पहिलो पटक स्ववियु निर्वाचन हुन लागेकाले पनि सबैले नेतृत्व आफ्नो पक्षमा पार्नका लागि लागि परेका छन् । अखिल (क्रान्तिकारी) आफ्नो पकट देखाउन र हिजोको उपस्थिति कायम राख्नका लागि तत्पर देखिन्छ र अनेरास्ववीयू र नेवि संघको गठबन्धन पनि आफ्नो उपस्थिति बलियो बनाउनका लागि कुनै कसर बाँकी राख्ने छैनन् ।

अब कुरा गरौ सबैको ध्यान तानेको म्याग्दी क्याम्पसको । अधिकाँस मानिसह?को ध्यान यतिबेला म्याग्दी क्याम्पसमा केन्द्रित भएको छ । म्याग्दी क्याम्पसमा पनि तीन संगठनको कडा प्रतिस्पर्धा हुने पक्का छ । नेतृत्व आफ्नो कोल्टामा पार्नका लागि संगठनह?ले बलबुताले भ्याएसम्म सवै शक्ति प्रयोग गरेका छन् ।

क्याम्पसमा बलियो संगठन भनिएको र यस अघिको स्ववीयू निर्वाचनमा प्यानल नै जितेको अनेरास्ववीयूले फेरि पनि प्यानल सहित नै आफ्नो नेतृत्व ल्याउने सुरमा छ । नेवि संघ र अखिल (क्रान्तिकारी) पनि आफ्नो नेतृत्वको दावि गरेका छन् । म्याग्दी क्याम्पसको स्वविय इतिहासमा अनेरास्ववीयूले सर्वाधिक नेतृत्व गरेको छ ।

नेवि संघ र क्रान्तिकारीले पनि नेतृत्व दिएका छन् । अनेरास्ववीयूले क्याम्पसलाई आफ्नो पकेट क्षेत्रको ?पमा बताउँदै आएको छ भने क्रान्तिकारी र नेवि संघले अनेरास्ववीयूको पकेट तोड्ने तयारी छ । स्ववियु नै अनेरास्ववियू हो भन्ने भ्रम तोड्का लागि नेवि संघ र क्रान्तिकारीको तयारी देखिन्छ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादीले पनि निश्चित पदमा मंगला क्याम्पस र म्याग्दी क्याम्पसमा उम्मेदवारी दर्ता गराएको छ । उसले आफ्नो संगठनको अस्तित्वका लागि मात्र लड्ने देखिएको छ ।

अनेरास्ववीयूको क्याम्पसमा मजवुत संगठन भएकोले पनि जितको नजिक भएको अनेरास्ववीयूको विश्लेषण छ । नेवि संघ र क्रान्तिकारीले पनि आफूलाई बलियो संगठनको ?पमा प्रस्तुत गरेका छन् । अनेरास्ववीयूकी सावित्री खत्रस्, नेवि संघका हरिकृष्ण आचार्य र क्रान्तिकारीका सुदीन पौडेल स्ववियु अध्यक्ष पदको दौडमा छन् । सावित्री केसी संगठनको जिल्ला सचिव समेत हुन । छोटो समयमा विद्यार्थी राजनीतिमा छाएकी खत्रीलाई अनेरास्ववीयूले कुटनीति प्रयोग गरेर उठाएको छ ।

सावित्रीको कडा प्रतिद्वन्द्वीको ?पमा क्रान्तिकारीका पौडेलाई लिइएको छ । खत्री र पौडेलले विविएस चौथो वर्षका विद्यार्थी हुन् । साथै पौडेल अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य समेत हुन् । जिल्ला सदस्य हुँदै केन्द्रीय सदस्य समेत भएका पौडेल क्याम्पसमा लोकप्रिय विद्यार्थी नेताका ?पमा चिनिन्छन । कक्षामा पनि राम्रो छवि बनाएका र क्याम्पसमा समेत विद्यार्थी माझ लोकप्रिय भएका पौडेललाई चुनौतिका ?पमा खत्रीलाई उठाइएको हुन सक्छ । नेवि संघबाट उम्मेदवार बनेका हरिकृष्ण आचार्य पछि नेवि संघको राजनीतिमा आएको धेरै समय भएको छैन् ।
नेवि संघ र क्रान्तिकारीको तालमेत भएमा अनेरास्ववीयूको विरासत तोड्न सक्ने डर अनेरास्ववीयूमा देखिन्छ । यतिखेर नेवि संघ र क्रान्तिकारीको तालमेल हुने सम्भावना टरेको छ । छुट्टाछुट्टै उम्मेदवारी दर्ता भएका कारण पनि अब तालमेल गर्ने सम्भावना कत्तिपनि छैन्, तर पनि कुटनीतिक ?पमा दुई संगठन एक हुन सक्ने सम्भावना अझै पनि कायम नै छ । यदी यसो हुन सकेमा अनेरास्ववीयूलाई जित सहज छैन् ।
क्याम्पसमा लाखौ खर्च गरेर विद्यार्थी भर्ना गरेको कुरापनि विद्यार्थीह?बाट सतहमा आएको छ । कसैले पनि मुख खोलेर बोल्न सकिरहेका छै्रनन् तर आन्तरिक ?पमा निर्वाचन जित्नका लागि साम, दाम, दण्ड सबै प्रयोग गर्नका लागि संगठनह? लागिपरेका छन् ।  संगठन मात्र होईन पार्टीह? समेत आफ्ना शुभेच्छुक विद्यार्थी संगठनलाई जिताउन खटिएका छन् ।

एमालेले जिल्लामा पहिलो पार्टी भएकोले क्याम्पसमा पनि आफ्नो विद्यार्थी संगठनलाई पहिलो बनाउनका लागि लागिपर्नु अस्वभाविक भएन् । काँग्रेस र माओवादी पनि हामी पनि के कम भनेर आफ्नो विद्यार्थी संगठनको पक्षमा लाग्नु अस्वभाविक होईन तर यसले विकृति फैलिदै छ । ठूला पार्टीका चुनाव जस्तो विद्यार्थी युनियनको चुनाव पनि महंगा बन्ने पक्का छ । आफ्नो विरासत कायम गर्नका लागि स्ववियू चुनावमा लाखौ पैसा खर्च गर्ने, प्रबृति भने विकृतिको ?पमा विकास हुँदैछ ।

निर्वाचन हो, एकले जित्नै पर्छ तर हाम्रोले भन्दा पनि राम्रोले जित्ने परिपाटीको सु?वात हुनुपर्छ । सक्षम, योग्य र निष्ठावान विद्यार्थी नेतृत्व क्याम्पसले पाएमा शैक्षिक सुधारमा पनि सुधार हुन सक्छ । नत्र भने क्याम्पसमा ताला लगाउने, क्याम्पस प्रमुख जस्तो व्यक्तिको पुत्ला दहन गर्ने जस्ता कृयाकलापका बन्द हुन संकेत देखिदैन । स्नातक तहका विद्यार्थीले अन्ध भक्त भएर भन्दा पनि आफ्नो विवेक प्रयोग गरेर मतदान गर्नुपर्छ । जसले जितेपनि आम विद्यार्थीले जितेको महसुस हुनुपर्छ ।