कृष्ण जिसी /विकल्प न्यूज
फागुन २ गते ।
बेला बेलामा म निकै भाबुक बन्छु र घोतल्किन्छु, । हुन त धेरैको आदत यस्तै हुन्छ होला । सबैलाइ सधै यस्तै हुँदैन कुनै खास परिस्थिति र अबस्था नआए सम्म कोही पनि घोरिदैन होला । केही दिन देखि मलाइ एउटा परिबेश, घटनाले निकै घोरिने बनाएको छ । बाटो हिँड्दा पनि खासै कसैको ध्यान नै हँुदैन दायाँ बायाँ नहेरी हिड्ने, कसैले झ्याप्पै बोलाइ हाल्यो भने हँ…. अ.ँ…. भनेर झस्किने ।
के भा को हो खै पत्तै पाउन सकेको छैन । एकोहोरो जस्तै भएको छु । खाना खाने बेलामा त झनै कुरै नगरौं । राति अबेर सम्म निद्रा नै लाग्दैन खटपट भै रहन्छ घरि यता पल्टियो घरि उता फर्कियो खै कुनी कतिबेला आँखा जोडिने रैछन बिहान बल्ल थाहा हुन्छ ।
कहिले कहीँ त दांत माझ्दै माझ्दै घर बाट बाहिर निस्केर हिडिंदो रैछ । कैले काहीँ त कसैले पागलको संज्ञा दिने हुन्की भने झैँ लाग्छ ।
कुनै खास बिषयमा चासो दिएर घोरियो भने यस्तो हुन्छ रे भन्ने सुनेको थिए सायद त्यही भयो होला तर खासै त्यस्तो गहराईमा गएर मैले सोच्ने बिषय बस्तु त केही हैन तर केहि दिन देखि मेरो मनमा एउटा घटनाले डेरा जमाएर बसेको छ र त्यही कुरा बारम्बार सम्झिरहन्छु अनि किन यस्तो भयो तर यसको जिम्मेबारी को हो भन्ने कुराले मलाइ सधै घोरिने बनायो । देख्नेहरु भन्छन कुनै कुरामा यसरी एकोहोरो हुने हैन तर मेरो यो सानै देखिको आदत हो । कसैले केहीकुरा ग¥र्यौ भने त्यसलाई निकै गहिरिएर लिने सोच्ने मेरो आदत भएकै कारणले यस्ता कुरामा म बढी नै भाबुक हुन्छु ।
पेशाले म एक निजि बिद्यालयमा पढाउने शिक्षक हुंँ। बिद्य्यालयमा हुने बालबालिकाका गतिविधिले ध्यान तान्नु स्वाभाविक नै हो । विद्यार्थीको शारिरिक मानसिक र मनोबैज्ञानिक परिबर्तन संगैे शिक्षकमा सो अनुसारको बुमmाई हुनु र सिकाई प्रक्रियामा परिवतृन ल्यााउनु मुख्य भूमिका हुन्छ तर मलाई कक्षागत कुरा भन्दा पनि अन्य गतिबिधिले बढी छुने गरेको हो ।
त्यसो त मैले मात्रै हैन होला यस्ता कुरा अनुभब गरेको धेरै जसो शिक्षण पेशामा संग्लन शिक्षक शिक्षिकाले यस्तै समस्या र परिस्थितिसंग जुधिरहनु भएको हुन सक्छ । हाम्रा पालामा त हामी यस्ता थिएनौ तर आजकलका केटाकेटी किन यस्ता हुन् धेरै अभिभावकको गुनासो पनि यस्तै हुने गर्छ तर म यसलाई सहजै स्विकार्दिन ।
समय अनुसार केटाकेटीहरु बढी उत्सुक जिज्ञासु हुनु स्वभाबिक नै हो । के हामी हाम्रा बाबुआमा जस्तै थियौं र ? पक्कै थिएनौ त्यसैले समय अनुसार सबै परिबर्तन हुनु जरुरी छ तैपनि अनपेक्षित कुराहरु हुने गरेको र कतिपय सहजै स्वीकार्न नसकिने गतिबिधि र क्रियाकलाप हुनेगरेको देख्दा नै मलाई बढी सोच्न बाध्य बनाउने हो ।
हरेक चिज समयान्तर परिबर्तनशिल हुन्छ तर अनपेक्षित रुपमा भएका परिबर्तनले समाज र सामाजिक अबस्थालाई प्रतिबिम्बित नगरी बिकृति र विचलनका झिल्काहरु फ्याँकेका हुन्छन् । हुनत हामी बिस्तारै भौतिक परिवेष, अबस्थालाई त्याग्दै शांखिक, डिजिटल दुनियाँमा प्रवेश गर्दैछौं तर यथार्थलाई भने बेवास्ता गरेकै हो र यकिन पनि गर्न सकिन्छ ।
मेरो चासोको बिषय हो हामीले बोल्ने भाषा प्रतिको । हो हामी सबैको भाषा नेपालि नै हो लेख्ने भाषा आम संचारको भाषा नेपालि नै हो । चाहे हामी अन्य भाषा अंग्रेजी हिन्दी बोले लेखे पनि बुझाइ भनेको नेपालीमै हुन्छ ।
त्यसो त यो भाषाको बिषयमा रास्ट्रिय स्तरमै पनि गम्भीर छलफल नभएको र नउठेको हैन । हिज्जे, बर्ण विन्यास लगायतका बिषयमा निकै गम्भीर मुद्दा उठेका छन् तर मेरो चासो भनेको त्यति बृहत र गहन बिषय भन्दा पनि बोलाइको भाषा प्रतिको हो चाहे त्यो अंग्रेजी होस् या नेपाली ।
तपाई हामी आफ्नै किसिमले बोल्ने गर्छौं र आफ्नै टोन छ बोल्ने । स्थान अनुसार बोल्ने शैली, सब्दौच्चारण पनि फरक छ तर त्यो हाम्रो चिनारी हो, परिचय हो । मैले त्यसलाई उल्लेख गर्न खोजेको पनि हैन । हाम्रो पश्चिमे भाषा शैली आफ्नै छ, पूर्वेली शैली अर्कै छ, झनै मध्य र सुदुरपश्चिम ग¥यौ भने उनीहरुको पृथक शैली पाउँछौँ ।
त्यो स्थान बिशेषको चिनारी पनि हो तर बोल्दा जस्तो बोले पनि लेखाइमा खासै त्यसको प्रभाब देखिदैन हाम्रो पस्चिमे शैलीमा, खाइच्च, आइच्च, गैच्च भनेर बोले पनि लेख्दा आएको छ, खाएको छ गएको छ, नै लेख्छौं । बोल्दा स्वर तान्ने, घुमाएर बोल्ने यस्ता कुरा भन्दा पनि आजकल नेपाली भाषामा नयाँ पुस्ताको एक प्रकारको शैलीको विकास भएको छ अनौठा शब्द, अर्थ नबुझी शब्दको प्रयोग गर्ने त्यसले हो मेरो ध्यान तानेको र घोताल्किने बनाएको र तपाईंहरु पनि चासो राख्नुहुन्छ होला ।
नेपाली भाषा हाम्रो आफ्नो भाषा त हामीले के बनाउदै छौ अचम्म लाग्छ, झन् अंग्रेजी त हाम्रो आफ्नो भाषा हैन त्यसलाई त झनै अर्कै प्रकारले बोल्छौँ ।
यसैले लाग्छ हाम्रो भाषा कता जादैछ ? एउटा सामान्य उदाहरण प्रस्तुत गर्न मन लाग्यो मेरो बाबा हरिप राम्रो हुनुहुन्छ ….. आजकल प्रयोग हुने भाषा स्कुले केटाकेटी देखि धेरैले यो हरिप भन्ने शब्द यति बिधि प्रयोग गर्छौं कि अझ … आज हरिप भोक लागेको छ …. अरु त ठिकै हो तर यो हरिप भन्ने शब्दको अर्थ बुझेर प्रयोग गरिएको छ या नबुझिकन ? नेपाली शब्दकोश पल्टाएर हेर्ने हो भने यसको अर्थ के हुन्छ ः हरिप— वि) ृअ) कत्ति पनि धनसम्पत्ति नभएको कङ्गाल . २. भनेको नटेर्ने, जोधाहा . ३. शत्रु दुस्मन । अब भनौ हाम्ले किन यस्तो शब्द प्रयोग गरेका छौ के यो हरिप शब्द उचित छ ? यी त उदाहरण मात्रै हुन् भाषा बिगारेका हांै या हैनौ तर शब्द गलत प्रयोग गर्दै छौं । किन कसरी यस्तो भैरहेको छ म बुझ्न सकेको छैन अझै रमाइलो ….. हरिप भोक लागेको थियो एक प्लेट म.म. हान्देको रे
…… यो हान्नु को अर्थ के हो कुन्नि ? शब्दकोष अनुसार हान्नुको अर्थ ः हान्नु— स) क्रि) ृसं) हान्ने !. हातहतियार, सिङ, मुक्का, लात्ती आदिले कसैमाथि प्रहार गर्नु, हिर्काउन’ . २. काठ, ढुङ्गा आदीमा बन्चरो, घन, मुङ्ग्रो आदि चलाउनु ठोक्नु . ३. घडी, घण्टा आदी बजाउनु . ४. दाउमा मार्ने उद्देश्यले कौडा, पासा आदि छाड्नु वा पैसा हार्नु . ५. स्त्रीसमागम गर्नु . ६. अर्काले उठाउने लोभमा हानी पु¥याएर आफ्नो लाभ गरााउनु . ७. छिटै हिँड्न’ु टाढा मिल्काउन वा फाल्नु’ (जस्तो— वेग हान्नु’, ढुङ्गा हान्नु, जाल हान्नु इ) यस्तो हुन्छ । खाने भन्ने भाब संग पटक्कै मिल्दैन अब अंग्रेजीका कुरा गर्ने भने त उदेक लाग्दो नै छ एक त अंग्रेजी हाम्रो भाषा हँुदै हैन तर अर्काको भाषा भए पनि त्यसलाई आफ्नो शैलीमा बोल्दा झन् लथालिङ्ग बनाउँदैछौँ ।
भाषाको सबैभन्दा महत्वपुर्ण कुरा टोन हो टोन नमिल्दा अनर्थ लाग्न सक्छ कुनै भासा सिक्नु पूर्व टोन नै ख्याल गर्नु पर्छ तर हामीले अंग्रेजी बोल्दा नेपाली टोनमा बोल्यौ भने हाम्ले त बुझौला तर जसले बुझ्नु पर्ने हो उसले नबुझ्न सक्दछ ।
यहाँ चासो त्यो पनि हैन हामीले नेपाली र अंग्रेजी लाइ मिसाएर नेपांग्रेजी बनाउँछौं र यसले झन् समस्या पारेको छ । भाषालाई स्ल्यांग बनाएर बोल्दा केटाकेटीहरुको लेखन शैलीमा पनि त्यही आदत बन्ने गरेको छ । अझै आजकल त यो फेस्बुके भाषाले झनै रमाइलो बनाएको छ । अंग्रेजी लेख्दा You are my best friend यसलाई लेख्दा You are my best friend यस्तो लेखाइ देखिन थालेको छ । अब के गर्ने यसले हो सोच्ने पर्ने बनाएको गहिरिने बनाएको ।
हामी अक्षर बर्ण विन्यासका कुरा भन्दा पनि आजकल जताततै सुनिने यस्तै भाषा र लेख्न समेत थालिएका यस्तै भाषाले भाँडमैलो मच्याएको छ । स्कुलले विशेष चासो दिनु पर्छ भनेर पनि भन्ने गरिएको छ तर आम रुपमा बोलिने भाषालाइ तत्कालै सुझाउने हो भने केहि सुधार हुन सक्ला नत्र भने नेपाली र अंग्रेजी कथ्य भाषा र हुँदा हुँदा लेख्य भाषा समेत संकटमा पर्दैछ ।
भाषाको विषयमा एक जनाले सोचेर हुने हैन यो आम चासोको बिसय हो । उपयुक्त शब्द प्रयोग हुन नसक्दा अर्थको अनर्थ लग्नु त स्वाभाविकै हो तर मिठास र भाषाको वजन नै हँुदैन । पद संगति, लिङ्ग बचन काल आदि ख्याल नै नगरी हामि बोल्ने गरेका छौं जस्तो बोल्यो उस्तै लेख्ने आदत बस्यो भने भाषको बर्बादी नहोला भन्न सकिन्न ।
हुन त आजकल नेपाली भाषा भन्दा अंग्रेजी भाषा लोकप्रिय बन्दै गैरहेको छ किन कि यो बिदेशी भाषा हो हामी पनि आफ्ना नानिबाबुहरुलाई अंग्रेजी स्कुलमा पठाउँछौ उसले २, ४ जना मान्छेको अगाडी केही बाक्य अंग्रेजी बोल्यो भने नाक फुलाउँछौ तर के हामीले सही तरिकाले बोलिरहेका छौं ? यो चासोको विषय हो । सकिन्छ सहि शुद्ध बोल्ने कोसिस गरौँ हैन भने लथालिङ्ग पाराले बोल्ने हो भने न अंग्रेजी न त नेपाली, भाषा खत्तम हुन्छ फेरी अर्को उदाहरण प्रस्तुत गर्न मन लाग्यो त्यो त क्या खत्तम
छ ः खतम— ना) ृअ) खत्म !. कुनै काम’को टुङ्ग्याइ समाप्ति .२. अन्त आखिरी . ३. नाश लोप . ४. मृत्यु देहावसान मरण . अब अर्थ नै खोज्ने हो भने त्यति मिलेको छैन ।
त्यसैले हामी न त अंग्रेजी न त नेपाली नै राम्रो संग बोल्न र लेखन थाल्यौं शब्दको बर्बादी गर्देछौं । जस्तो बोल्न थाल्यो त्यस्तै लेख्ने आदत बस्यो भने यसले भाषा लाई कहाँ पु¥याउला ? धेरै छन् हेर्नु पर्ने पक्ष र सच्याउनु पर्ने पक्ष त्यसैले आजै देखि सुधारात्मक आन्दोलन नथाल्ने हो भने हाम्रो भाषाको हालत झनै बिग्रन्छ ।
त्यसो त एउटा व्यक्तिले पहिले बोल्न सिक्ने ठाउँ भनेको उसको आमाबाबुको काख नै हो । घरमा जस्तो भाषा सिक्तछ सोही अनुसार नै उसको बोल्ने शैलीको विकास हुने हो । बिद्यालय त सुधार गारिने ठाउँ हो । सैद्दान्तिक पक्षको संरचनागत सुधार गर्ने ठाउँ बिद्यालय नैै हो तर शिक्षकहरुमा भएको उदासिनता र अन्योलता नै मुख्य कारक बनेको छ ।
हामी भएन भन्न जानेका छौं तर कसरी सुधार गर्न सकिन्छ भनेर खोजिनीति गर्दैनौ यदि शिक्षक आफ्ना विद्यार्थीले गलत बोलिरहेको ठाउँ या अशुद्द बोलिरहेकै अबस्थामा तुरुन्तै सुधार गरिदिन सक्यौं भने उसले उद्धार गर्न सक्छ ।
अंग्रेजी भाषा पनि त्यस्तै हो ब्याकरण नमिलाई बोलेको छ भने तुरन्तै उसलाई सुधार गरिदिन सक्यौं भने त्यसको प्रभावले उसले आफ्नो बोलीचाली र भाषा सुधार गर्न सक्छ अंग्रेजी होस या नेपालि होस् पूर्ण बाक्य पद्संगति मिलेको बाक्य बोल्न सिकाउने हो भने सुधार हुन्छ र भाषामा मिठास आउँदछ ।