राष्ट्रिय समाचार

कोरोना संक्रमित डेढ महिने शिशुको मृत्यु

१८ असार । कोरोना संक्रमित ४५ दिने शिशुको उपचारका क्रममा मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा घाँटीमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएका उनमा शल्यक्रियाअघि परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनको बुधबार साँझ मृत्यु भएको त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक सन्तकुमार दासले जानकारी दिए । उनको बुबा, आमा र फुपुमा कोरोना संक्रमण […]

आजदेखि पुनः श्रम स्वीकृति खुल्यो

काठमाण्डौ – सरकारले झण्डै चार महिनापछि पुनः श्रम स्वीकृति खुला गरेको छ । नेपालीको श्रम गन्तव्य देशमा कोरोना महामारी सुरु भएपछि गएको फागुन अन्तिमदेखि रोकिएको पुनः श्रम स्वीकृति आजदेखि खुल्ला गरिएको वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयका प्रमुख उमेश बस्नेतले जानकारी दिनुभयो । भिसाको  र करारको म्याद भएकालाई ताहाचल कार्यालयबाट आजैदेखि पुनः श्रम स्वीकृति दिन थालिएको […]

नेकपामा कलह : पार्टी एकता बचाउन प्रधानमन्त्री ओलीलाई सुझाब

असार १७, २०७७ काठमाडौं : नेकपामा आन्तरिक कलह बढिरहँदा प्रधानमन्त्री केपी ओलीले पार्टीमा आएको जटिलता बारे आवश्यक सुझाव दिन आफूनिकटका नेताहरुलाई आग्रह गरेका छन्।  आफूनिकट स्थायी कमिटि सदस्य र मन्त्रीहरुलाई बालुवाटार बोलाई ओलीले पार्टीमा देखिएको जटिल परिस्थितिलाई सुल्झाउन सुझाव मागेका थिए। यही विषयलाई लिएर प्रधानमन्त्री ओलीले  आफू निटकका मुख्यमन्त्री शंकर पोखरेल, पृथ्वी गुरुङ, मन्त्रीहरु गृहमन्त्री रामबहादुर थापा, पर्यटनमन्त्री […]

गण्डकी प्रदेशमा थपिए २८ कोरोना संक्रमित

१७ असार, पोखरा । गण्डकी प्रदेशमा बुधबार थप २८ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशका ६ जिल्लामा २८ जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकीमा बुधबार कोरोना पोजेटिभ नतिजा आउनेमा १२ जना पूर्वी नवलपरासीका छन् । कोरोना संक्रमण पुष्टि हुनेमा बुलिङटार गाउँपालिकाका २६ र २७ वर्षका २ जना पुरुष […]

कोरोना भाइरसबाट विश्वमा पाँच लाख ८ हजार भन्दा बढीको मृत्यु

१६ असार, एजेन्सी । कोरोना भाइरसबाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ८ हजार २५० पुगेको छ । साथै विश्वभर १ करोड ४ लाख १३ हजार ५५८ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार मङ्गलबार अपराह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका […]

नेकपा बैठकअघि राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

१६ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीवीच शीतलनिवासमा भेटवार्ता भएको छ । मंगलबार बिहान ११ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित नेकपा स्थायी कमिटीको बैठकमा सहभागी बन्नुपूर्व प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन् । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीवीच वर्तमान राजनीतिक परिस्थिति र नेकपाभित्रको शक्ति सन्तुलनबारे कुराकानी भएको पार्टीका नेताहरुको अनुमान छ […]

वैश्विक महामारी बन्न सक्ने सम्भावना भएको अर्को भाइरस चीनमा फेला

असार १६, २०७७ चीनमा वैज्ञानिकहरुले महामारी बन्न सक्ने फ्लु (रुघा) को नयाँ स्ट्रेन पत्ता लगाएका छन् । यो हालै मात्र पत्ता लागेको र सुँगुरहरुले यसलाई बोक्ने र मानिसहरुलाई पनि संक्रमित बनाउन सक्ने उनीहरु बताउँछन् । यो थप म्युटेसन भएर मानिसदेखि मानिसमा सजिलै सर्न सक्ने र वैश्विक महामारी बन्न सक्ने वैज्ञानिकहरुको चिन्ता छ । ‘तत्कालै यो […]

महामारीकाे सबैभन्दा खराब चरण आउन बाँकी नै छ : डब्ल्युएचओ

असार १६, २०७७ विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महासचिव डा. ट्रेडोस अधोनम घेब्रेससले कोभिड–१९ (कोरोना) महामारीको सबैभन्दा खराब अवस्था आउन बाँकी नै रहेको बताएका छन्। गत वर्षको डिसेम्बरदेखि फैलिइरहेको कोरोना भाइरस विश्वभरका एक करोडभन्दा धेरै मानिसमा संक्रमण भइसकेको छ भने पाँच लाख चार हजार ३४५ संक्रमितको ज्यान गएको छ। यही महामारीका कारण धेरै देशमा स्वास्थ्य प्रणाली […]

भिडियोमा हर्नुहोस म्याग्दीका चार स्थानीय तहको नीति तथा कार्यक्रम र बजेट

विकल्प न्यूज/बेनी असार १६ गते । म्याग्दीको एक नगरपालिका सहित पाँच वटा गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । असार १० गते भित्रै स्थानीय तहहरुले नीति कार्यक्रम र बजेट ल्याएका हुन । बेनी नगरपालिका र मंगला गाउँपालिका बाहेकले गाउँसभाबाट पारित पनि गरेका छन् । हेर्नुहोस भिडियो  बेनी नगरपालिका,रघुगंगा,अन्नपूर्ण र धबलागिरि गाउँपालिकाको गाउँसभामा […]

६० लाख लगानीमा गाउँमा कुखुरापालन(भिडियो सहित)

विकल्प न्यूज/बेनी असार १६ गते । बेनी नगरपालिका–९ काउँलेगौडाका ओमकार पुरी र उहाँको भाईले ६० लाख लगानी गरेर गाउँमा कुखुरापालन व्यवसाय गर्नुभएको छ । वैदेशिक रोजगारीबाट फर्किएर पुरी दाजुभाईले गाउँमा कुखुरापालन व्यवसाय थाल्नुभएको हो । कुुखुरा पाल्नका लागि दुइवटा व्यवस्थित खोर निर्माण गर्नुभएको छ । व्यवसायिक रुपमा कुखुरा पालन व्यवसाय गर्नुभएका पुरीले वर्षमा करिब १० […]

बागलुङ १४ र पर्वत १३ जना गरी गण्डकीमा ५३ जना कोरोना संक्रमित थपिए

विकल्प न्यूज/बेनी असार १५ गते । गण्डकी प्रदेशका पाँच जिल्लामा ५३ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश क्षयरोग केन्द्र पोखरा र राष्ट्रिय प्रयोगशाला काठमाण्डौमा गरिएको पिसिआर परिक्षणमा बागलुङमा १४ र पर्वतमा १३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यसै गरी तनहुमा १० स्याङजा १० र गोरखामा ६ जनामा कोरोना पुष्टी भएको स्वास्थ्य निर्देशनालय […]

सलह किरा संकलन गर्नेलाई रघुगंगा गाउँपालिकाले १५ रुपैयाँ दिने

विकल्प न्युज/ बेनी असार १५ गते ।  भारत हुँदै नेपाल पसेको सलह किरा नियन्त्रण गर्न म्याग्दीको रघुगंगा गाउँपालिकाले सूचना जारी गदै सलह किरा मार्नेलाई प्रतिकिलो रु १५ दिने निर्णय गरेको गरेको छ । गण्डकी प्रदेशभित्रका विभिन्न जिल्लामा सलह देखिएपछि म्याग्दीमा समेत भित्रिने जोखिमलाई मध्यनजर गदै गाउँपालिकाले हरेक वडाभित्रका किसानलाई आवश्यक सर्तकता अपनाउन सूचना जारी गर्दै […]

थप ४७६ जनामा कोरोना संक्रमण

१५ असार, काठमाडौं । नेपालमा सोमबार ४ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कुल सं‌क्रमितको संख्या १३ हजार २४८ पुगेको छ ।

कपिलवस्तुमा भेटियो नेपालकै सबैभन्दा ठूलो सलहको झुण्ड

१५ असार, काठमाडौं । कपिलवस्तुको तीन नगरपालिकामा सलहको ठूला झुण्डहरू फेला परेका छन् । बुद्धभूमि, शिवराज र कपिलवस्तु नगरपालिकाको जंगलमा सलहको ठूला झुण्ड देखा परेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए । आइतबार अपराह्न करिब ८ देखि १० लाखभन्दा धेरै संख्याको सलहको झुण्ड कपिलवस्तुमा प्रवेश गरेको विषादी व्यवस्थापन केन्द्रको अनुमान […]

बन्दाबन्दीमै बढ्यो बलात्कार

१५ असार, कैलाली । घटना १ : ३२ जेठमा कैलालीको कैलारी गाउँपालिकामा ११ वर्षीया बालिका बलात्कृत भइन् । घटनाको करिब १० दिनपछि मात्रै प्रहरीले जानकारी पायो । घटना २ : सोही दिन कैलालीको लम्कीचुहा नगरपालिका १ स्थित सहिद स्मृति माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीया महिलामाथि बलात्कार भयो । घटना ३ : २० वैशाखमा कैलालीमा बलात्कारको आरोपमा श्रीमान् र […]