राष्ट्रिय समाचार

संसद विघटन बदर गर्ने सर्वोच्चको ऐतिहासिक फैसला

११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन […]

संसद विघटन मुद्दामा सर्वोच्चले सुनायो फैसला

११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन मुद्दामा फैसला सुनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फैसला पढ्न थालेका छन् ।

नेकपा (प्रचण्ड–माधव नेपाल) को जिल्ला सचिवमा युवा नेता सुवेदी चयन

विकल्प न्यूज/बेनी फागुन १० गते । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव नेपाल) पक्षको जिल्ला सचिवमा युवा नेता बालकृष्ण सुवेदी चयन हुनुभएको छ । नेकपा विभाजित बनेपछि अध्यक्ष गोविन्द पौडेल प्रचण्ड– माधव नेपाल समुहमा हुनुहुन्छ । सचिव हरिकृष्ण श्रेष्ठ ओली समुहमा लागेपछि सचिव पद खाली भएको थियो । पार्टीको केन्द्रीय सचिवालयले रिक्त भएको सचिवमा सुवेदीलाई चयन गरेको […]

तस्विरमा हेनुहोस् बिमको बराह ताल

विकल्प न्यूज/बेनी फागुन १० गते ।मालिका गाउँपालिका ७ बिममा रहेको धार्मिक स्थल बराह ताल । तालमा धौलागिरि हिमालको छाया देख्न सकिन्छ ।  तस्विर ठाकुरप्रसाद आचार्य  

धार्मिक स्थल मालिकालाई प्रवद्र्धन गर्न हाइकिङ

विकल्प न्यूज/बेनी फागुन ८ गते । लायन्स क्लब अफ बेनी पिस सिटीले मालिका धुरीको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हाइकिङ कार्यक्रमको आयोजना गरेको छ । पहाडको टुप्पोमा रहेको प्रख्यात धार्मिक स्थल मालिका धुरीको पर्यटन प्रवद्र्धनमा सघाउने उद्देश्यले शनिबार हाइकिङ कार्यक्रमको आयोजना गरेको हो । लायन्स क्लबका पदाधिकारी,पत्रकार र मालिका गाउँपालिका ७ विमका स्थानीय सहित शुक्रबार मालिका […]

बेनीमा निर्वाचन आचारसंहिता सम्बन्धी छलफल

विकल्प न्यूज/बेनी फागुन ६ गते । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले निर्वाचन आचारसंहिता सम्बन्धी सरोकारवालाहरु विच अन्तरक्रिया गरेको छ । जिल्ला स्थित राजनीतिक दल,कार्यालय प्रमुख,पत्रकार लगायत सरोकारवालाहरुसँग विहिवार निर्वाचन कार्यालयले अन्तरक्रिया गरेको हो । कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले निर्वाचन आचारसंहिता २०७७ को मस्यौदा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सरोकारवालाहरुले निर्वाचन आचारसंहितालाई कडाईका साथ कार्यन्वयन […]

विद्यार्थीबाट घर गुरुदक्षिणा !

भरतपुर, फागुन ६ गते ।  जीवनभर भाडामा बस्दै आउनुभएका शिक्षक पशुपतिलाल कर्ण अचेल निकै खुसी हुनुहुन्छ । आफ्नै पूर्वविद्यार्थीले गुरुदक्षिणास्वरूप घर निर्माण गरिदिएपछि कर्णका आँखामा हर्षका आँसु टलमलाएका छन् । खल्तीबाट रुमाल झिकेर आँसु पुछ्दै उहाँले भन्नुभयो, “आज मेरो जीवनको सबैभन्दा खुसीको दिन हो । मैले मेरा शिष्यबाट गुरुदक्षिणा प्राप्त गरेँ ।” कङ्काली माध्यमिक विद्यालयमा ३३ वर्षसम्म शिक्षक र प्रधानाध्यापक […]

पत्रकार महासंघ बागलुङ देशभरमै उत्कृष्ट शाखा

 विकल्प न्यूज/बागलुङ फागुन ५ गते ।    नेपाल पत्रकार महासंघ बागलुङ शाखा देशभरमै उत्कृष्ट शाखाको रुपमा सम्मानित भएको छ । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनको उद्घाटन समारोहमा देशभरमै उत्कृष्ट शाखाको रुपमा पत्रकार महासंघ बागलुङ शाखा बुधबार सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङबाट सम्मानित भएको छ । शाखा […]

मिलनचोक–सल्यान–धारापानी सडकमा धमाधम काम (भिडियो सहित)

विकल्प न्यूज/जलजला फागुन ५ गते । पर्वतको जलजला गाउँपालिका–७ मिलनचोक देखि सल्यान–घाहाखेत–धारापानी–ठोट्नेरी जोड्ने सडक कालोपत्रे योजनामा धमाधम काम भइरहेको छ । मिलनचोक देखि ठोटनेरी सम्म सडक फराकिलो बनाउने,ग्रेड मिलाउन काम सकिएको छ । यतिखेर नाली बनाउने,रिटे«निङ वाल लगाउने लगायतका कामले तिव्रता पाएको छ । अगमी जेठ महिनासम्म मिलनचोक देखि ४ किलोमिटर सडक कालोपत्रे गर्ने गरी […]

मंगलाको बाबियाचौरमा हरियाली पार्क

विकल्प न्यूज/बेनी फागुन ५ गते । मंगलाको बाबियाचौरमा हरियाली पार्क निर्माण गरिएको छ । पछिल्लो समय बढ्दो सहरी कोलाहलबाट मुक्त हुन तथा धुलो, धुँवाबाट बच्नका लागि इन्द्रेणी अर्थात् हरियाली पार्क निर्माण गरिएको हो । वायु तथा ध्वनी प्रदूषणबाट बच्नुका साथै स्वस्थ जीवनयापन जीउनेतर्फ मानवलाई आकर्षित गर्न हरियाली पार्क निर्माणको अवधारणा अगाडि बढाइएको हो । गण्डकी […]

मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर बजारमा कालोपत्रे (फोटोसहित)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज फागुन ४ गते ।   मंगला गाउँपालिकाको केन्द्र बावियाचौर बजारमा कालोपत्रे गर्न सुरु गरिएको छ । गण्डकी प्रदेश सरकारको शसर्त अनुदान १ करोड र गाउँपालिकाको १३ लाख रुपियाँ बजेटबाट सडक कालोपत्रे गर्न सुरु गरिएको हो । गाउँपालिका केन्द्रको सडक कालोपत्रे गर्न लागिएको यो जिल्लामै पहिलो हो । गत वर्ष नै सडक कालोपत्रे […]

यस्ता छन गण्डकी प्रदेश सरकारका ३ वर्षे उपलब्धि

पोखरा :   गण्डकी प्रदेश सरकारले तीन वर्षमा गरेका मुख्य उपलब्धि सार्वजनिक गरेको छ। उक्त अवसरमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोभिड १९ को महामारीका बीचमा पनि सही नीति लिएर आर्थिक वृद्धिदर धनात्मक राख्न सफल भएको दाबी गरेका छन्। ‘आर्थिक वर्ष २०७५/०७६ मा प्रदेशको आर्थिक वृद्धिदर ६.६५ प्रतिशत रहेकोमा  कोभिडको १९  कारण आर्थिक वर्ष २०७६/०७७ मा २.२९ प्रतिशतमा सीमित […]

प्रतिगमनको विरुद्धमा नेपाली काँग्रेस म्याग्दीको बृहत जनप्रदर्शन (फोटोफिचर)

विकल्प न्यूज/बेनी फागुन ३ गते ।  नेपाली काँग्रेस म्याग्दीले बेनीमा बृहत जनप्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमका विरुद्धमा काँग्रेस म्याग्दीले सोमबार बेनीमा बृहत जनप्रदर्शन गरेको हो । गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि काँग्रेस आन्दोलित भएको छ । बेनीको विरेन्द्रचोकबाट निस्केको ¥यालीले बजारको न्यूरोड,क्याम्पसचोक,अस्पतालचोक, संगमचोक हुँदै विरेन्द्रचोकमा आएर सभामा परिणत […]

जन्मदिनमा शान्तिकोषलाई ५० हजार सहयोग

विकल्प न्यूज/बेनी फागुन २ गते ।  स्वास्थ्यकर्मी तुलसी आचार्यले जन्मदिनका अवसरमा म्याग्दीको ओमकुमारी शान्तिकोषलाई ५० हजार नगद सहयोग गर्नुभएको छ । गरिब तथा विपन्नहरुको उपचारमा सहयोग पु¥याउन स्थापना गरिएको उपचार अक्षयकोषमा बेनी अस्पतालमा कार्यरत आचार्य र उहाँको श्रीमान भिमप्रसाद आचार्यले कोषका अध्यक्ष राजेश शाक्यलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । आइतबार कोषको सचिवालयमा आयोजना गरिएको […]

तीन वर्षभित्र सबै स्थानीय तहसम्म पक्की सडक

काठमाडौँ, माघ   ३०गते । आउँदो तीन वर्षभित्र मुलुकको सबै स्थानीय तहको केन्द्रसम्म पक्की सडक पु¥याइने भएको छ । सरकारले रुपान्तरणकारी आयोजनाको रूपमा अगाडि सारेको प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत तीन वर्षभित्र मुलुकभरिका सबै स्थानीय तहसम्म कालोपत्रे सडक निर्माण गर्ने कार्यक्रम अगाडि बढाएको हो । सरकारको पन्ध्रौँ पञ्चवर्षीय आयोजनाअन्तर्गत यो कार्यक्रमलाई सूचीकृत गरिएको छ । […]