ताजा समाचार:
Search

मालिका गाउँपालिका

सुझाव र गुनासो संकलन गर्न मालिकामा सार्वजनिक सुनुवाई(भिडियोसहित)

विकल्प न्यूज\बेनी माघ ११ गते । म्याग्दीको मालिका गाउँपालिकाको आयोजनामा मङ्गलवार दरबाङमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गएको आर्थिक वर्ष २०७८\०७९ मा भए गरेका कार्यक्रम तथा योजना र चालु आव ०७९\८० को पहिलो छ महिनाको अवधिमा सम्पादित कार्यक्रम एवं योजनाहरुको विषयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको मालिका गाउँपालिकाले जनाएको छ । सार्वजनिक सेवा […]

माओवादीले प्रदेश सरकारमा म्याग्दीका जुग्जालीलाई मन्त्री बनाउने

विकल्प न्यूज/बेनी माघ ९ गते । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा पार्टीको तर्फबाट सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ । पोखरामा सोमबार बसेको संसदीय दलको बैठकले म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित रेशमबहादुर जुग्जाली (सुविन) लाई सरकारमा पठाउने निर्णय गरेको हो । ३९ वर्षीय जुग्जाली नेकपा माओवादी केन्द्र म्याग्दीको जिल्ला संयोजक हुन् । माओवादीका तर्फबाट […]

साङगखोला माथि बन्यो झोलुङ्गे पुल

विकल्प न्यूज\बेनी पुस १५ गते । म्याग्दीको मालिका गाउँपालिका–५,स्थित उदिनखोला र ओखरबोट जोड्ने नवनिर्मित देउता भिर पटक सामुदायिक झोलुङ्गे पुल उद्घाटन गरिएको छ । साङगखोला माथि निर्माण गरिएको उक्त पुलको विहिबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा र स्थानीय जेष्ठ नागरिक मनभक्त सिउंथानीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । उक्त पुलको लम्बाई एक सय मिटर […]

दरबाङ–धारापानी सडक स्तरोन्नतिपछि कालोपत्रे योजना

ठाकुरप्रसाद आचार्य/म्याग्दी पुस १ गते । दरवाङ देखि धारापानी सम्मको सडक स्तरोन्नतिको योजना सञ्चालनमा छ । मालिका गाउँपालिका केन्द्र देखि धवलागिरि गाउँपालिकाको केन्द्र मु्नालाई जोड्ने सडक अन्तर्गत पहिलो चरणमा ७ किलोमिटर सडक स्तरोन्नति गर्दै कालोपत्रे गर्ने उद्देश्य छ । दरबाङ देखि धारापानीसम्म सडक स्तरोन्नतिको कार्यले गति लिएको हो । ठेकेदार कम्पनीले सम्झौता समयभित्र योजनाको सवै […]

धवलागिरि र मालिका गणना गर्दा कांग्रेस ८ सय मतले अग्रता

ठाकुरप्रसाद आचार्य /बेनी मङ्सिर ६ गते ।  म्याग्दीमा जारी मतगणना अनुसार मंगलबार दिउसो साढे तिनबजे सम्म नेपाली कांग्रेसका खमबहादुर गर्बुजाले अग्रता कायम राख्नुभएको छ । प्रदेश निर्वाचन क्षेत्र नं. २ को धवलागिरि र मालिका गाउँपालिकाको मतगणना सकिँदा गठबन्धनका साझा उम्मेदवार गर्बुजाले ६ हजार तीनसय ७० मत ल्याउनुभएको छ । यसैगरी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले […]

म्याग्दीमा १०७ वर्षीय वृद्धद्वारा मतदान

विकल्प न्युज/ बेनी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत आइतबार म्याग्दीमा १०७ वर्षीय वृद्धले मतदान गर्नुभएको छ । मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट मतदान गर्नुभएको मतदान अधिकृत ईश्वरबहादुर भण्डारीले जानकारी दिनुभयो । म्याग्दीका एक सय २० वटै मतदान केन्द्रमा आइतबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । […]

पश्चिम म्याग्दीमा एमाले बलियो भएकाले जित सुनिश्चित छ ः उम्मेदवार गर्वुजा

विकल्प न्यूज\बेनी मंसिर १ गते । २०२६ साल साउन २८ गते म्याग्दीको धवलागिरी गाउँपाकिला ६ मराङमा जन्मिुन भएका याम बहादुर गर्वुजा म्याग्दीको परिवर्तनका आन्दोलनका एक अग्रणी व्यक्ति हुनुहुन्छ ।जनप्रीय मावि दरबाङबाट माध्यामिक शिक्षा हासिल गर्नुभएका गर्वुजाले पोखराको पृथ्वी नारायण क्याम्पसबाट शिक्षा शास्त्र संकायमा प्रविणता प्रमाणपत्र तह सम्मको अध्ययन पुरा गर्नुभएको छ । २०४१ सालमा तत्कालिन […]

एमाले उम्मेदवारहरुको प्रतिवद्धताः ‘भोट दिई जिताएर पठाउनुहोस्, विकास लिएर आउँछौँ’

विकल्प न्यूज\बेनी कात्तिक २८ गते । मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा एमाले म्याग्दीबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारहरुले गाउँमा विकास लिएर फर्किने बताउनुभएको छ । नेकपा एमाले चुनाव प्रचार कमिटीद्वारा मालिका गाउँपालिकाको विम, धवलागिरी गाउँपालिकाको खिवाङ र अन्नपूर्ण गाउँपालिकाको शिख र घारमा आयोजित चुनावी आमसभामा बोल्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार […]

गठबन्धनको चुनावी कार्यक्रममा कसले दियो वाकीटकी प्रयोग गर्ने अनुमति ?

विकल्प न्यूज/बेनी कात्तिक २६ गते । म्याग्दीमा सत्ता गठबन्धनको चुनावी सभामा केही व्यक्तिले वाकीटकी प्रयोग गरेको देखिएको छ । यो निश्चि क्षेत्रका लागि अनुमति लिएर मात्र प्रयोग गर्न पाउने कानूनी व्यवस्था छ । कुनै क्षेत्रका लागि प्रयोग गर्ने अनुमति लिएर चुनावी कार्यक्रममा प्रयोग भएको भएको देखिएको छ । कुनै कार्यक्रम,सभा सम्मेलन,अधिवेशन,विवाह लगायतका सार्वजनिक कार्यक्रमहरुमा पूर्व […]

समृद्ध जिल्ला बनाउने संकल्प छ,हामीलाई भोट दिनुहोसः एमाले उम्मेदवार

विकल्प न्यूज\बेनी कात्तिक २४ गते ।   आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठले समृद्ध जिल्ला बनाउने संकल्प लिएर निर्वाचनमा आएकाले भोट दिनका लागि अनुरोध गर्नुभएको छ । नेकपा एमाले चुनाव प्रसार प्रसार कमिटीको आयोजनामा विहिबार मालिकाको रुम र रघुगंगाको चिमखोला र पिप्लेमा संचालित चुनावीसभामा उम्मेदवार श्रेष्ठले जिल्लाको शिक्षा, […]

मालिका र रघुगंगामा एमालेको चुनावी सभा

विकल्प न्यूज\बेनी कात्तिक २३ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा उम्मेदवारहरुले म्याग्दीको विकासका लागि कृषि, जलस्रोत र पूर्वाधार विकास गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ चुनाव प्रचारप्रसार मूल कार्यक्रमअन्तर्गत आज (बुधवार) मालिका–१ निस्कोट, रघुगंगा–५, झिँ र ६ पाखापानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरुले यस्तो बताएका हुन् । […]

पश्चिम म्याग्दीमा विकासको जग एमालेले बसालेको छ ः उम्मेदवार गर्बुजा

विकल्प न्यूज\बेनी कात्तिक २२ गते । नेकपा एमालेका तर्फबाट प्रदेश सभा क्षेत्र (ख) का उम्मेदवार यामबहादुर गर्बुजाले पश्चिम म्याग्दीमा एमालेले विकासको जग बसालेको बताउनुभएको छ । निर्वाचन प्रचारप्रसारका क्रममा धौलागिरि गाउँपालिकाका विभिन्न वडाहरुमा गरिएका चुनावी कार्यक्रममा उम्मेदवार गर्बुजाले एमालेको नेतृत्वको सरकारको पालामा पश्चिम म्याग्दीको विकासले नयाँ फड्को मारेको दावी गर्नुभयो । सडक,शिक्षा,पर्यटन,कृषि र स्वास्थ्यका क्षेत्रमा […]

जनप्रिय माविको नवनिर्मित भवन उद्घाटन

विकल्प न्यूज/बेनी कात्तिक २२ गते । म्याग्दीको मालिका गाउँपालिका केन्द्र दरबाङ स्थित जनप्रिय माविको नवनिर्मित विद्यालय भवनको मंगलवार उद्घाटन गरिएको छ । गोर्खा वेलफेयर ट्रष्ट नेपालको सहयोगमा नवनिर्मित विद्यालयको १६ कोठे भवन उद्घाटन गरिएको हो । नवनिर्मित भवनको मंगलबार बेलायती सेनाका लेप्टिनेन्ट जर्नेल केव सिभीले उद्घाटन गर्नुभयो । भवन उद्घाटन गर्दै उहाँले भवन निर्माण भएपछि […]

मालिकाको रुममा अनेमसंघले माग्यो एमालेको पक्षमा मत

विकल्प न्यूज\बेनी कात्तिक १४ गते । अखिल नेपाल महिला संघ जिल्ला समिति म्याग्दीको आयोजनामा सोमबार चुनावलक्षित कार्यक्रम सम्पन्न भएको छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२, रुममा आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी चुनावी कार्यक्रम गरिएको अनेमसंघले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले म्याग्दीका उपसचिव थमसरा पुनले आसन्न निर्वाचनबाट नेकपा […]

नातिनीको स्याहारले बौरिए १०१ वर्षीय बाजे

विकल्प न्युज/बेनी असाेज १९ गते। बूढेसकालमा छोरो नै बाबुआमाको सहारा हुन्छ भन्ने नेपालीहरुको मानसिकता र सोचाइमा पछिल्लो समय धेरै परिवर्तन आएको छ । छोरा–बुहारीकै कारण कैयौँ वृद्ध बुबाआमाहरू घरमा बस्न सक्ने वातावरण नभएर वृद्धाश्रम वा मन्दिरमा सहारा लिई आफ्नो अन्तिम दिनको प्रतीक्षा गरिरहेका छन् । तर, म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने बेली गाउँका एक १०१ […]