धवलागिरी गाउँपालिका
आँखै अगाडी आफन्त पहिरोमा पुरिए (भिडियो सहित)

विकल्प न्यूज/सिवाङ असार २७ गते । ‘मध्यरातको समय थियो एक्कासी माथिबाट ठूलो पहिरो खस्यो । सवै जना भागभाग भयौं । हेर्दा हेर्दै आँखै अगाडि तिनजनालाई पहिरोले पु¥यो । बचाउन सकिएन । ’ मराङ कल्लेनीका तोरण बहादुर भण्डारीले भन्नुभयो ‘भागेर ज्यान बच्यौं छिमेकीलाई बचाउन सकिएन ।’ विहिवार राती ठूलो पानी परेको थियो । मध्यरातमा त माथिको […]
म्याग्दी पहिरो अपडेट ः वेपत्ता २७ जनाको शब भेटियो ( विवरण सहित)

विकल्प न्यूज/बेनी असार २७ गते । विहिवार देखि अविरल वर्षा पछि म्याग्दीका विभिन्न स्थानहरुमा गएको पहिरोका कारण वेपत्ता भएका २७ जनाको शब भेटिएको छ । शनिबार नेपाली सेना,नेपाल प्रहरी,शसस्त्र प्रहरी र स्थानीयवासीहरुको सक्रियतामा पहिरो स्थलमा वेपत्ताहरुको खोजी गर्दा २७ जनाको शब संकलन भएको प्रहरी नायब उपरिक्षक किरणजंग कुबरले जानकारी दिनुभयो । धौलागिरि गाउँपालिका ६ मराङमा गएको […]
पहिरो अपडेट ः घाइते ६ महिनाकी गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरी उपचारका लागि पोखरा लगियो

विकल्प न्यूज / बेनी असार २७ गते । शुक्रबार धौलागिरि गाउँपालिका ६ मराङमा गएको पहिरोमा परी घाइते भएकी ६ महिनाको गर्भवती महिलालाई हेलिकप्टर मार्फत शनिबार उद्धार गरिएको छ । उद्धार गरिएको महिलाको स्वास्थ्य अवस्था गम्भिर भएकाले बेनी अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि पोखरा रिफर गरिएको अस्पतालले जनाएको छ । ओमकुमारी शान्तिकोषका अध्यक्ष राजेश […]
म्याग्दीमा पहिरोमा परि मृत्यु हुनेको संख्या १५ पुग्यो, वेपत्ताको खोजी कार्य जारी

विकल्प न्यूज/बेनी असार २७ गते । म्याग्दीमा पहिरोमा परेर ज्यान गुमाउनेहरुको संख्या १५ पुगेको छ । विहिवार राती आएको अविरल वर्षाका कारण विभिन्न स्थानहरुमा गएको पहिरोमा परेर वेपत्ता भएकाहरुको खोजी गर्दा १५ जनाको शब फेला परेको प्रहरीले जनाएको छ । पहिरोमा परेर धौलागिरि गाउँपालिका ६ मराङमा ९ जना र मालिका गाउँपालिका ७ बिममा ४ जना […]
म्याग्दीको ताकममा बाढीको वितण्डा (फोटो)

गोपाल आचार्य/ताकम असार २६ गते । म्याग्दीको धौलागिरि गाउँपालिका ७ ताकममा बाढीले ठूलो क्षति पु¥याएको छ । विहिवार राती देखि परेको अविरल वर्षाका कारण गाउँमा बाढी आउँदा विद्यालय,स्वास्थ्य चौकी,किसानले लगाएको धान र घरहरुमा क्षति पु¥याएको हो ।
म्याग्दीमा बाढी पहिरोमा परि ३० जना बेपत्ता र ३ को मृत्यु

विकल्प न्यूज/बेनी असार २६ गते । विहिवार राती परेको अविरल बर्षाका कारण म्याग्दीका विभिन्न स्थानहरुमा गरी ३० जना वेपत्ता भएका छन् भने ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले गराएको पछिल्लो जानकारी अनुसार धौलागिरि गाउँपालिका ६ मराङमा २१,मालिका गाउँपालिका ७ बिममा ८ जना र मालिका ६ दुखु खोलाले बगाएर एक जना महिला […]
म्याग्दीमा पहिरो अपडेट : २२ जना बेपक्ता, एक महिलालाई दुखु खोलाले बगायो

विकल्प न्युज/ बेनी म्याग्दी, २६ असार । अविरल बर्षाका कारण म्याग्दीमा हाल सम्म २२ जना बेपक्ता भएका छन् । भने एक जनालाई खोलाले बगाएको छ। वेपक्ता हुनेहरुमा पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिकाको मराङमा १२ जना सम्पर्क विहीन रहेकाका छन् भने ४ वटा घर पूर्ण रुपमा क्षती पुगेको खबर छ । धौलागिरी गाउँपालिका–७, ताकममा २ जना पहिरोमा […]
ताकम माविमा इलेक्ट्रिकल इञ्जिनियरीङको पढाई हुने

विकल्प न्युज/ ताकम १९ असार । म्याग्दीको धवलागिरी गाउपालिका–७ मा रहेको ताकम माविमा इलेक्ट्रिकल इञ्जिनियरीङको पठनपाठन सञ्चालन हुने भएको छ । शिक्षा विभागले शैक्षिक सत्र २०७७ बाट ताकम माविलाई प्राविधिक तथा ब्यवसायिक धार तर्फको इलेक्ट्रिकल इञ्जिनियरीङ विषयमा पठनपाठन सञ्चालनको अनुमति दिएको हो । कक्षा ९ देखि १२ सम्म इलेक्ट्रिकल इञ्जिनियरिङ विषयको पठनपाठन गर्ने अनुमति पाएपछि […]
भिडियोमा हर्नुहोस म्याग्दीका चार स्थानीय तहको नीति तथा कार्यक्रम र बजेट

विकल्प न्यूज/बेनी असार १६ गते । म्याग्दीको एक नगरपालिका सहित पाँच वटा गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । असार १० गते भित्रै स्थानीय तहहरुले नीति कार्यक्रम र बजेट ल्याएका हुन । बेनी नगरपालिका र मंगला गाउँपालिका बाहेकले गाउँसभाबाट पारित पनि गरेका छन् । हेर्नुहोस भिडियो बेनी नगरपालिका,रघुगंगा,अन्नपूर्ण र धबलागिरि गाउँपालिकाको गाउँसभामा […]
धवलागिरी गाउँपालिकाले ल्यायो ४२ करोडको बजेट (भिडियो सहित)

विकल्प न्यूज/बेनी असार १० गते ।म्याग्दीको धवलागिरी गाउँपालिकाले साढे ४२ करोड बढीको बजेट पारित गरेको छ । मंगलवार गाउँपालिकाको केन्द्र मुनामा बसेको आठौँँ गाउँसभाले आर्थिक बर्ष २०७७/०७८ को लागि रु ४२ करोड ५१ लाख ८२ हजार ५८० बराबरको बजेट पारित गरेको हो । गाउँसभामा उपाध्यक्ष रेशम छन्त्यालद्धारा प्रस्तुत बजेटलाई गाउँसभाले पारित गरेको हो । कुल बजेटको […]
लोकप्रिय कार्यक्रम सहित ल्यायो धबलागिरि गाउँपालिकाले नीति तथा कार्यक्रम ( पुर्णपाठ सहित)

विकल्प न्यूज/बेनी असार १० गते । म्याग्दीको विकट धबलागिरि गाउँपालिकाले आगमी आर्थिक वर्ष २०७७/०७८ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार मुनामा सम्पन्न आठौै गाउँसभामा अध्यक्ष थमसरा पुनले गाउँपालिकाको नीति तथा कार्यक्रम पेश गर्नुभएको हो । अध्यक्ष पुनले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमलाई गाउँसभाले सुझाव सहित पारित गरेको छ । पढ्नुहोस नीति […]
कोरोना रोकथाममा खटिएका स्थानीय तहका स्वास्थ्यकर्मीलाई जिसीको साथ (भिडियो सहित)

विकल्प न्यूज/बेनी बैशाख १० गते । कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका म्याग्दीका स्वास्थ्यकर्मीहरुलाई युवा व्यवसायी नारायण जिसीले स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा प्रत्यक्ष रुपमा खटिएका स्वास्थ्यकर्मीहरुलाई जिसीले मास्क र स्यानीटाइजर सहयोग गर्नुभएको हो । मंगलबार मंगला,मालिका र धौलागिरि गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि गाउँपालिकामै पुगेर जिसीले सो सामग्रीहरु सहयोग गर्नुभएको […]
मोना साउदीद्धारा म्याग्दीका पाँच स्थानीय तहलाई पीपीई सहयोग

विकल्प न्यूज/बेनी चैत २७ गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना) साउदी अरबले कोरोना भाइरसको रोकथाममा स्वास्थ्यकर्मीलाई आवश्यक १० थान व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) सहयोग गरेको छ । कोभिड–१९ विरुद्घको स्वास्थ्य उपचारमा संलग्न म्याग्दीका पाँचवटा गाउँपालिकालाई २–२ थान पीपीई बिहिबार एक कार्यक्रम गरी मोना साउदीको तर्फबाट चन्द्रकुमार केसीले प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई हस्तान्तरण गर्नुभएको […]
धवलागिरिमा काेराेना राेकथाम र लकडाउन कार्यन्वयनका लागि युवा परिचालन

विकल्प न्युज / बेनी बेनी, १८ चैत । म्याग्दीको धवलागिरी गाउपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना) भाइरस रोकथामका लागि सचेतना फैलाउन र लकडाउनको कार्यान्वयन गर्न युवा समूह परिचालन गरेको छ । २२ जना युवाहरुलाई गाउपालिकाको नाका र वडामा परिचालन गरेको हो । सात वटै वडाबाट छनौट गरिएका युवाहरुलाई मंगलबार मुनामा कोरोना रोकथाम र लकडाउन […]
धवलागिरिमा काेराेना राेकथाम तथा उपचार काेषमा पचास लाख

विकल्प न्युज/ बेनी बेनी, १६ चैत । म्याग्दीको धवलागिरी गाउपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना) भाइरस रोकथामका लागि पचास लाख रुपैयाँको आकस्मिक कोष बनाएको छ । गाउपालिकाको मुना स्थित कार्यालयमा आइतबार बसेको कार्यपालिकाको बैठकले कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि परिचालन गर्न पचास लाख रुपैयाँ बिनियोजन गर्ने निर्णय गरेको हो । जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी […]