अन्नपुर्ण गाउँपालिका
अन्नपूर्ण गाउँपालिकाको आगमी बजेट सार्वजनिक (बजेटको पूर्णपाठ सहित)

विकल्प न्यूज/बेनी असार ७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगमी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट सार्वजनिक गरेको छ । आइतबार गाउँपालिका केन्द्र पोखरेबगरमा सम्पन्न ११ गाउँसभामा गाउँपालिका उपाध्यक्ष केशमाया मगरले वजेट प्रस्तुत गर्नुभएको हो । गाउँसभाले उक्त बजेट सर्वसम्मत रुपमा पारित गरेको छ । बजेटको पूर्णपाठ पढ्नुहोस । गाँउ सभाका अध्यक्ष ज्यु गाँउसभाका सदस्य ज्यु […]
अन्नपूर्ण गाउँपालिकाकाे ११ अौं गाउँसभा सुरू

विकल्प न्युज/ बेनी असार ७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाकाे ११ अौ गाउँसभा गाउँपालिकाकाे केन्द पाेखरेबगरमा सुरू भएको छ । गाउँ सभामा उपाध्यक्ष केश माया मगरले नीति तथा कार्यक्रम पेश गर्नु भएकाे छ । गाउँ सभामा अागमि अार्थिक वर्षका लागि बजेट पनि गाउँ सभामा प्रस्तुत हुनेे छ ।
अन्नपूर्णका ८ जना कृषकलाई उन्नतजातका बोका वितरण

अमित विश्वकर्मा/ बेनी जेठ २२ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले त्यहाँका बाख्रापालक कृषकहरुलाई विहीबार ८ ओटा वोयर जातको बोका वितरण गरेको छ । विहीबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा अध्यक्ष क्या.डमबहादुर पुनले आठ वटै वडाका एक एकजना कृषकलाई बोका प्रदान गर्नुभएको हो । आर्थिक वर्ष २०७६÷७७ को अनुदान कार्यक्रम अन्तर्गत रु ३ लाख ६० हजारको उन्नत जातको […]
स्थानीयवासीहरुले गरे नारच्याङ प्रवेशमा निषेध (भिडियो सहित)

विकल्प न्यूज÷बेनी जेठ २० गते । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ गाउँमा स्थानीयवासीहरुले वाहिरी मान्छेहरुलाई प्रवेश निषेध गरेका छन् । गाउँमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन गाउँलेहरुले गाउँ प्रवेश गर्ने नाका बन्द गरेका हुन । जिल्ला भित्र र बाहिरबाट आएकाहरु नारच्याङमा जान पाइने छैन । कालिगण्डकी माथि बनाइएको बेलीब्रीज पुल बन्द गरिएको छ । अति आवश्यक […]
अन्नपूर्ण गाउँपालिका ५ शिखकी एक गर्भवती महिलाको हेलिकप्टर बाट उद्दार

विकल्प न्युज/ बेनि जेठ १८ गते । अन्नपूर्ण गाउँपालिका ५ सिखकी एक गर्भवती महिलाको हेलिकप्टर बाट उद्दार भएको छ । निरन्तर रक्तश्राव भएपछि उनकाे थप उपचारका लागि हेली उद्दार मार्फत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइ पुर्याइएको हो । महिलाकाे स्वास्थ्य अवस्था सिकिस्त हुँदै गएको जानकारी प्राप्त भएपछि सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशमार्फत हेली उद्दार गरिएको मन्त्री […]
दुई कराेडकाे पुल छ महिना पनि टिकेन

सेते तिलिजा / शिख बैशाख २८ गते । निर्माण सम्पन्न भएको छ महिना पनि नपुग्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख–स्वाँत जोड्ने आर्क मोटरेबल पुल जीर्ण बनेको छ । पूर्वाधार विकास योजना कार्यालयले रु दुई करोड १० लाखको लागतमा स्वतन्त्र गौचन जेभि मार्फत छ महिना अघि पुल निर्माण गरिएको थियाे । ३० मिटर लम्बाइको सो पुलको बीच […]
काजकिरियाबाट बचेको रकम शान्तिकोषलाई सहयोग

विकल्प न्यूज/बेनी बैशाख १८ गते । अन्नपूर्ण गाउँपालिका–६ घारका रुद्रबहादुर खड्काले आफ्नो दिवंगत दिदी पानसकुमारी खत्रीको नाममा म्याग्दीको परोपकारी क्षेत्रमा क्रियाशिल ओमकुमारी शान्ति कोषलाई सहयोग गर्नुभएको छ । दिवंगत दिदी पानसकुमारीले जम्मा गरेको रु १० हजार १५५ रकम खड्काले म्याग्दीको परोपकारी ओमकुमारी शान्ति कोषलाई सहयोग स्वरुप हस्तान्तरण गर्नुभएको हो । कोषका अध्यक्ष राजेश शाक्यलाई सो […]
कोरोना रोकथाममा खटिएका स्थानीय तहका स्वास्थ्यकर्मीलाई जिसीको साथ (भिडियो सहित)

विकल्प न्यूज/बेनी बैशाख १० गते । कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका म्याग्दीका स्वास्थ्यकर्मीहरुलाई युवा व्यवसायी नारायण जिसीले स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा प्रत्यक्ष रुपमा खटिएका स्वास्थ्यकर्मीहरुलाई जिसीले मास्क र स्यानीटाइजर सहयोग गर्नुभएको हो । मंगलबार मंगला,मालिका र धौलागिरि गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि गाउँपालिकामै पुगेर जिसीले सो सामग्रीहरु सहयोग गर्नुभएको […]
कोरोना रोकथामका लागि अन्नपूर्ण गाउँपालिकामा ७० लाखको कोष स्थापना

विकल्प न्यूज/बेनी चैत १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्न ७० लाख रुपैयाको कोष स्थापना गर्ने निर्णय गरेको छ । शनिबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा गाउँपालिका अध्यक्ष क्या डमबहादुर गर्बुजाको अध्यक्षतामा बसेको वैठकले उक्त रकम विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको हो । विश्व व्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको जोखिमबाट बच्न […]
अन्नपूर्ण गाउपालिकाका सवै तातोपानी कुण्डहरु बन्द

विकल्प न्यूज/बेनी चैत ७ गते ।विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस भित्रन नदिन म्याग्दीको अन्नपूर्ण गाउपालिकामा पर्ने पर्यटकीय स्थल पुनहिल भ्रमणमा रोक लगाउनुका साथै तातोपानी कुण्डहरु समेत बन्द गरिएको छ । अन्नपूर्ण गाउपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा शुक्रबार पोखरेबगर स्थित गाउपालिकाको कार्यालयमा बसेको कार्यपालिकाको बैठकले कोरोना भाइरस भित्रन सक्ने जोखिमलाई आकलन गर्दै अर्को ब्यवस्था नहुँदा […]
गाउँपालिकाको सहयोगमा परिक्षार्थी घर फर्किदै

विकल्प न्यूज/बेनी चैत ६ गते । एसईई परिक्षामा सहभागि हुन परिक्षा केन्द्रमा आएका विद्यार्थीहरुलाई घर फर्किनका लागि गाउँपालिकाहरुले सहयोग गरेका छन् । अन्नपूर्ण गाउँपालिका,धौलागिरि र रघुगंगा गाउँपालिकाले दुर्गम क्षेत्रबाट परिक्षा केन्द्रमा आएका परिक्षार्थीहरुलाई परिक्षा स्थगित भएपछि सहज रुपमा घर फर्किनका लागि आर्थिक सहयोग गरेका हुन । अन्नपूर्ण गाउपालिकाले माध्यमिक शिक्षा परिक्षा (एसईई) परीक्षामा सहभागी हुने […]
अन्नपूर्णको खिबाङमा चट्याङ लागेर दुईको मृत्यु

विकल्प न्यूज/बेनी चैत २ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ खिबाङको कुटुकामा शनिबार राती चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । राती ९ बजे चट्याङ लागेर घाइते भएका २६ वर्षीय रविन पुन र ४१ वर्षीय यमकुमारी गर्बुजाको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङ लागेर गम्भिर घाईते भएका उनीहरुलाई […]
अन्नपूर्णको विशेष गाउसभाबाट थप साढे तीन करोड बजेट बिनियोजन

विकल्प न्यूज/बेनी फागुन ३० गते । म्याग्दीको अन्नपूर्ण गाउपालिकाको शुक्रबार पोखरेबगरमा सम्पन्न बिशेष गाउसभाबाट चालु आर्थिक वर्ष २०७६÷७७ का लागि थप साढे तीन करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । गाउपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा भएको गाउसभाले गत आर्थिक वर्षमा खर्च हुन नसकेर बाँकी भएको तीन करोड ५० लाख ९८ हजार ४८५ रुपैयाँ विभिन्न […]
भुरुङ तातोपानीबाट लागुपदार्थ (चरेश) सहित दुईजना पक्राउ

विकल्प न्यूज/बेनी फागुन १४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीबाट लागुपदार्थ (चरेश) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । तातोपानीमा चरेशको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मंगलबार एकसय ४२ ग्राम लागुपदार्थ(चरेश) सहित बाबा पुल हाउसका संचालक वर्ष ४४ का हेमु ज्वारचन र ट्रेकर किराना पसल संचालन गरि बस्ने […]