अन्नपुर्ण गाउँपालिका

अन्नपुर्ण गाउँपालिकाले ल्यायो ४२ करोड ३० लाखको बजेट

विकल्प न्युज/ पाेखरेबगर असार ७ गते ।  म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले आगामी आर्थिक बर्ष२०७८/७९ का लागि ४२ करोड ३० लाख रुपैयाँ बरारबरको बजेट सार्वजनिक गरको छ । सोमबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा तेह्रौ गाउँसभामा गाउँपालिका उपाध्यक्ष केशमाया मगरले आगामी आर्थिक बर्षको लागि निति,कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो । उपाध्यक्ष मगरले गाउँसभामा प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ ३१ […]

मुल पार्टी माओवादी केन्द्रमै खुले भुरुङ्ग–तातोपानीका वडा अध्यक्ष फगामी

विकल्प न्युज/ बेनी बेनी, २७ जेठ ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीका वडा अध्यक्ष ओम फगामी नेकपा माओवादी केन्द्रमा खुल्नुभएको छ । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको एकतालाई सर्वोच्च अदालतले मान्यता नदिएर पुर्ववत पार्टी यथावत भएपछि स्थानीय तह निर्वाचनमा माओवादीबाट निर्वाचित फगामी तटस्थ देखिनुभएको थियो । तत्कालीन नेकपामा बिवाद देखिएपछि तटस्थ रहदै आएका फगामीले […]

म्याग्दीका पाँच गाउँपालिकालाई करिव ८ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग

विकल्प न्यूज\बेनी जेठ २६ गते । म्याग्दीका पाचँ गाउँपालिकामा कोरोना रोकथाम, नियन्त्रण र संक्रमितको उपचारका लागि तीनचुली नेपालले करिब ८ लाख रुपियाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नेकपा एमाले म्याग्दीका सचिव बालकृष्ष्ण सुवेदीको,प्रेम मल्लको पहलमा र नेकपा एमालेका केन्द्रीय सदस्य पर्वत निवासी बिजय गुरुङको समन्वयमा तीनचुली नेपालका अध्यक्ष ज्वालन गुरुङले करिव ८ लाख […]

अन्नपूर्णको कोभिड अस्पताललाई घोडेपानीकी होटल व्यवसायी पुनको सहयोग

विकल्प न्यूज\बेनी बेनी, १३ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नारच्याङमा सञ्चालन गरेको कोरोना अस्पताललाई घोडेपानीकी होटल ब्यवसायी मिना पुनले स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । घोडेपानीको सुपर भ्यू होटलकी सञ्चालक पुनले कोरोना अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा आवश्यक पर्ने पचास हजार रुपैयाँ मूल्य बराबरको सामग्री सहयोग गर्नुभएको हो । पल्स अक्सिमिटर, स्यानीटाइजर, मास्क, भिटामिन सि, डि […]

शनिबार म्याग्दीका कुन पालिकामा कति थपिए संक्रमित ?

विकल्प न्युज/ बेनी जेठ १ गते । शनिबार एकै दिन अन्नपूर्ण गाउँपालिकामा थप ७५ जनामा काेराेना पुष्टि भएको छ । यसै गरि  नगरपालिकाका ६४ जना, मंगला गाउँपालिकाका २८ जना, रघुगंगाका ५२ जना, धवलागिरी गाउँपालिकाका १ जना र   रघुगंगा गाउँपालिकाका ५ जना, बेनीनगरपालिकाका ४ जना, धवलागिरी गाउँपालिकाका २ जना र मालिका गाउापालिकाका १ जना गरी जम्मा […]

म्याग्दीमा थप १८ जनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी बैशाख २७ गते । म्याग्दीमा साेमबार  थप १८ जनामा काेराेना पुष्टि भएकाे छ । २३ गते २३ जनाकाे स्वाव संकलन गरि परिक्षणका लागि पठाएको मा साे संख्यामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले बताउनुभयाे । उहाँ का अनुसार बेनी नगरपालिकामा १० जना,रघुगंगामा २,मंगलामा २,मालिका १,अन्नपूर्ण १ […]

संक्रमितको थप उपचारका लागि हेलिकप्टरमार्फत पोखरा

बागलुङका एक संक्रमितलाई थप उपचारका लागि पोखरा पु¥याईएको छ । बागलुङ नगरपालिका वडा नं. ४ का ४१ वर्षिय पुरुषलाई परिवारको पहलमा हेलिकप्टरमार्फत पोखरा लगिएको हो । स्वासप्रस्वासमा समस्या भई धौलागिरी अस्पतालको आइसोलेसनमा शुक्रबार भर्ना भएका उनलाई शनिबार थप समस्या भएपछि प्रभु एयरको हेलिकप्टरमार्फत मणिपाल शिक्षण अस्पताल पोखरा पठाईएको परिवारले जनाएको छ । ‘हामीले भर्ना गरेर […]

नारच्याङ स्थित म्रिस्तिखोलामा काम गर्ने १२ कामदारमा काेराेना

विकल्प न्युज/बेनी चैत १७ गते  । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ स्थित म्रिस्तिखोला हाईड्रोमा काम गर्ने १२ जना कामदारमा काेराेना पुष्टि भएकाे छ । कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरुको मिति २०७७।१२।१६ गते ७६ वटा नमुना संकलन गरी पिसिआर परिक्षणका लागि पठाईएकोमा प्राप्त रिपोर्ट अनुसार अन्नपूर्ण गाउँपालिका वडा नं ४ मा रहेको सोही हाईड्रोमा काम गर्ने वर्ष ३७ को […]

‘स्विमिङ र डाइभिङ’कला सिकाउन नपाउँदा मन खिन्न हुन्छ’

घोडेपानी, चैत ८ गते । एक्काइस वर्ष नौ महिना भारतीय सेनाको जागिरबाट अवकाश पाएर स्वदेश फर्किंदा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको मनमा खेल प्रशिक्षक बन्ने सपना थियो । उहाँ गोर्खा सैनिकमा रहँदा ‘स्विमिङ’ र ‘डाइभिङ’ खेलमा भारतका राष्ट्रिय प्रतियोगितामा विजेता बन्नुभएको थियो । बैसठ्ठी वर्षीय उहाँले सन् १९७८ मा क्यानडामा भएको एघारौँ कमन वेल्थ, […]

महावीर पुनको ‘कन्सेप्ट’मा म्याग्दीमा खुल्यो सहकारी होटल

विकल्प न्युज म्याग्दी, फाल्गुन २७ म्याग्दीको अन्नपूर्ण–५ खोपारामा सहकारी होटल सञ्चालनमा आएको छ । जिल्लामा व्यवसायिक पर्यटन गतिविधि सञ्चालन गर्ने उद्देश्यले उद्धार पर्यटन सहकारी संस्थाद्वारा उक्त होटल सञ्चालनमा ल्याइएको हो । अन्नपूर्ण –५ खोपारामा ४० जना क्षमताको २० कोठे सुविधासम्पन्न होटल सञ्चालन ल्याइएको होटल सञ्चालक तथा उद्धार पर्यटन सहकारीका अध्यक्ष राजेश तिलिजा पुनले जानकारी दिए […]

तस्विरमा हेर्नुहोस् दाना सब–स्टेशन

ठाकुरप्रसाद आचार्य/बेनी माघ २९ गते ।  म्याग्दीको दानामा निर्माण गरिएको दाना सब–स्टेशन तयार भएर परिक्षण सफल भएसँगै उत्पादित विद्युत प्रशारणलाइनमा जोडिएका छन् । सब–स्टेशन र प्रशारणलाइन तयार नहुँदा यस क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत खेर गएको थियो । नेपाल विद्युत प्राधिकरण निर्माण गरेको २२० केभी क्षमताको दाना– खुर्कोट प्रशारण लाइन र सब–स्टेशन एकहप्ता […]

राष्ट्रिय प्रशारणमा जोडियो घलेम्दी

विकल्प न्यूज/बेनी माघ २७ गते ।   अन्‍नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित घलेम्दीखोला जलविद्युत् आयोजना निर्माण भएको एक वर्षपछि उत्पादित विद्युत् केन्द्रीय प्रशारण लाइनमा जोडिएको छ । नारच्याङको घरापस्थित तातोपानी साना जलविद्युत् आयोजनाको सबस्टेशनको क्षमताले धान्‍न नसकेपछि पाँच मेगावाट क्षमताको घलेम्दी पूर्ण क्षमतामा सञ्‍चालन हुन सकेको थिएन । नेपाल विद्युत् प्राधिकरणले अन्नपूर्ण गाउँपालिका-३ दानामा गत हप्तादेखि सञ्‍चालन गरेको […]

म्याग्दीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

विकल्प न्यूज/बेनी माघ ९ गते । म्याग्दीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा अन्नपूर्ण गाउँपालिकाका २ का ५६ वर्षीय १ पुरुष र बेनी नगरपालिका २ का ७५ वर्षीय पुरुष र ८ का ६० र ६१ वर्षीय २ पुरुष गरी ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य […]

अन्नपूर्ण आधार शिविर जान पिसिआर रिपोर्ट नचाहिने

माघ ९ गते । अन्नपूर्ण आधार शिविरका पदमार्गमा जान अब पिसिआर रिपोर्ट आवश्यक नपर्ने भएको छ । पर्यटकका लागि पिसिआर रिपार्ट अनिवार्य गरी यही माघ १ गतेदेखि विश्वको चर्चित उक्त पदमार्ग खुला गरिएको थियो । छोम्रोङ पर्यटन व्यवसायी समितिको मङ्गलबार बसेको बैठकले अबदेखि पदयात्रीका लागि पिसिआर रिपोर्ट नचाहिने निर्णय गरेकोे हो । समितिका सचिव दिलीप गुरुङका […]

दाना–खुर्कोट प्रसारण लाइन तयार

काठमाडौँ, पुस १५ गते । कालीगण्डकी नदी बहाव क्षेत्रमा बनेका विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने संरचना कालीगण्डकी करिडोर दाना–खुर्कोट प्रसारण लाइन तयार भएको छ । म्याग्दीको दानामा निर्माण भएको सबस्टेसन, पर्वतको खुर्कोटमा बनेको अर्को सबस्टेसन र बीचमा ११० टावर र ३९.६ किलोमिटर तार टाँग्ने लगायतका सबै काम सकिएको हो । दाना–खुर्कोट प्रसारण लाइन पुस […]