म्याग्दी समाचार

मालिका गाउँपालिकाको गोगनपानी वस्ती पहिरोको उच्च जोखीममा

विकल्प न्युज म्याग्दी , साउन १२ गते । जिल्लाको पश्चिम मालिका गाउँपालिका ६ गोगनपानी वस्ती पहिरोको जोखिममा रहेको छ । असार २९ गते राती वस्ती माथीको दिच्याम लामपाटा डाँडाबाट खस्न थालेको पहिरो नरोकिए पछि गोगनपानीका २८ घरधुरी रहेको वस्ती जोखीममा रहेको हो । २८ मध्ये सात घर अति उच्च जोखिममा रहेको स्थानीय सिद्ध आधारभुत विद्यालय […]

स्वास्थ्य कार्यालय म्याग्दीका ४ कर्मचारी अख्तियारको फन्दामा (भिडियो सहित)

विकल्प न्युज म्याग्दी,साउन १२गते । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत ४ कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् । कार्यालय प्रमुख भीमप्रसाद आचार्य सहित स्टोरकिपर रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र सवारी चालक भवदत्त जैसी पक्राउ परेका हुन् । उनीहरुले कार्यलयबाट सञ्चालित कार्यक्रमको पेश्की फस्र्यौट गरिदिने भन्दै आफ्नै कर्मचारीसँग १ लाख ३० हजार रुपैयाँ घुस मागेका […]

अख्तियारद्धारा स्वास्थ्य कार्यालय म्याग्दीका चार कर्मचारी पक्राउ

विकल्प न्यूज/बेनी साउन १२ गते । अख्तियार दुरुपयोग अनुशन्धान आयोगको कार्यालय पोखराले स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख सहित चार कर्मचारीलाई पक्राउ गरेको छ । आइतवार पोखराबाट आएको अख्तियारको टोलीले स्वास्थ्य कार्यालयका प्रमुख भिमप्रसाद आचार्य सहित चार कर्मचारीलाई पक्राउ गरेको हो । आयोगका सूचना अधिकारी मेघनाथ रिजालले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरुमा आचार्य सहित स्टोरकिपर (अधिकृत छैठौं) रघुनाथ […]

लायन्स क्लबहरुद्धारा वृक्षरोपण

विकल्प न्युज बेनी , साउन ११ गते । म्याग्दीको सदरमुकामा बेनीमा रहेका लायन्स क्लवहरुले शनिबार विभिन्न जातका विरुवाहरु रोपेका छन् ।लायन्स क्लब अफ बेनी पिस सिटीले रत्नेचौरको लक्ष्मीहरी मन्दिरमा बहुमुल्य बोधिचित्तको विरुवा रोपेको छ । हरेक सामाजिक क्षेत्रमा क्रियाशिल हुँदै आएको क्लबले बेनी नगरपालिका–१ रत्नेचौरमा अवस्थित लक्ष्मीहरि मन्दिर क्षेत्रमा दोस्रो चरण अन्तर्गत बोधिचित्तको २० वटा […]

म्याग्दीका खत्रीलाई ‘प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार ’

विकल्प न्युज म्याग्दी, साउन ११ गते । । म्याग्दीका क्रियाशिल पत्रकार कमल खत्री प्रादेशिक शिक्षा पत्रकारीता पुरस्कारका लागि छनौट हुनुभएको छ । नेपाल पत्रकार महासंघ र शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा संयुक्त रुपमा प्रदान गरिने २० हजार रुपैयाँ राशिको सो पुरस्कारका लागि गण्डकी प्रदेशबाट म्याग्दीका खत्री छनौट हुनुभएको हो । गण्डकी प्रदेश […]

मुदीको बगरा तातोपानीमा पूर्वाधार निर्माण

विकल्प न्यूज/बेनी साउन १० गते ।  धौलागिरि गाउँपालिका ४ मुदीको बगर तातोपानीमा पूर्वाधार निर्माण गरिएको छ । राउन्ड धौलागिरि पदयात्रामा पर्ने तातोपानी कुण्डमा स्नान गर्न पुग्ने पर्यटकको सुविधाका लागि ठाँटी निर्माण गरिएको हो । आर्थिक वर्ष २०७५÷०७६ मा वडाको सिफारिसमा गाउँपालिकाद्धारा विनियोजित करिब साढे सातलाख रुपियाँमा तिनवटा कोठा भएको ठाँटी निर्माण गरिएको छ । स्थानीयवासीहरुको […]

पर्यटकीय स्थल झाक्रीपानीमा भ्यूटावर निर्माण

जगत बानियाँ /मंगला साउन १० गते ।     मंगला गाउँपालिकाको पर्यटकीय स्थल झाक्रीपानीमा भ्यूटावर निर्माण गरिएको छ । पर्यटकीय गन्तव्यका रुपमा विकास हुन लागेको वडा नम्बर ३ स्थित बरंजाको झाक्रीपानीमा गाउँपालिकाले भ्यूटावर सहित अन्य पूर्वाधार निर्माण गरेको हो । गाउँपालिकाको रु ११ लाख, प्रतिनिधि सभा सदस्य भुपेन्द्र बहादुर थापाको सिफासिरमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम मार्फत […]

नेपाल चेम्वर अफ कमर्स म्याग्दीको अध्यक्षमा रकाल

विकल्प न्युज बेनी, साउन १० गते ।नेपाल चेम्वर अफ कमर्स म्याग्दीको संस्थापक अध्यक्षमा युवा व्यवसायी भरत रकाल शाही चयन हुनुभएको छ । केही समय अघि युवा व्यवसायी रकाल शाहीको अध्यक्षतामा तदर्थ समितिको रुपम गठन भएको म्याग्दी चेम्वर अफ कमर्सलाई शुक्रबार नेपाल चेम्वर अफ कमर्सले आधिकारीक रुपमा मान्यता दिएको हो । विक्रम संवत २००७ सालमा स्थापना […]

बरनाथ आधारभूत विद्यालयलाई दक्षिण कोरीयाको विश्व विद्यालयको सहयोग

विकल्प न्यूज/बेनी साउन ९ गते । बेनी नगरपालिका–५ अवेचौरमा रहेको बरनाथ आधारभूत विद्यालयलाई दक्षिण कोरीयाको इन्च्यान राष्ट्रिय विश्व विद्यालयले सहयोग गरेकोे छ । विद्यालयको शैक्षिक तथा भौतिक सुधार र नगरको शिक्षामा सघाउने समझदारीमा बिहीबार नगर प्रमुख हरिकुमार श्रेष्ठ र विश्व विद्यालयका प्रोफेसर इयुन जिक लिबिच हस्ताक्षर भएको नगर कार्यपालिकाका प्रवत्ता रामकृष्ण बराइलीले बताउनुभयो । सोही […]

बेनपाका प्रशासकीय अधिकृत अफिस छाड्दै हिड्दै

साधन राम्जाली /विकल्प न्यूज साउन ९ गते ।   सरकारको निर्देशनलाई उल्ङ्घन गर्दै बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यतिखेर लामो विदामा बस्नुभएको छ । असार ३० गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई स्थानीय तह नछाड्न निर्देशन दिएको थियो । निर्देशनलाई उल्ङ्घन गर्दै बेनपाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मा बुधबार […]

सुआहाराले बाढ्यो म्याग्दीमा सुत्केरी महिलालाई कुहिएका अण्डा

साधन राम्जाली /विकल्प न्यूज साउन ९ गते । मिलन म्याग्दीद्धारा सञ्चालित सुआहारा कार्यक्रमले गर्भवती र सुत्केरी महिलालाई बाडेको अण्डा कुुहिएको पाइएको छ । जिवनको महत्वपूर्णक्षण कार्यक्रम अन्तर्गत गर्भवति र सुत्केरी महिलालाई सुआहाराले दुइसय रुपियाँ बराबरका अण्डा वितरण गरेको हो । वितरण गरेका अण्डा सडँेका र खान योग्य नभएको पाइएको हो । सुआहाराका फिल्ड कर्मचारीहरुले गर्भवती […]

यस्तो छ धबलागिरि गाउँपालिकाको नीति तथा कार्यक्रम (पढ्नुहोस पूर्णपाठ)

विकल्प न्यूज/बेनी साउन ८ गते । यस गरिमामय सभाका माननीय सदस्यहरु, स्थानीय तहको निर्वाचनमा निर्वाचित भई यस धवलागिरी गाउँपालिकाको छैठौँ गरिमामय सभामा आर्थिक वर्ष २०७६÷७७ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्न गईरहेकी छु । यस अवसरमा लोकतन्त्र र संघियता स्थापनार्थ सहादत प्राप्त गर्ने सम्पुर्ण ज्ञात अज्ञात शहीदहरु प्रति उच्च सम्मान प्रकट गर्दछु । गाउँपालिकाले आर्थिक […]

४१औं पुष्पलाल स्मृति दिवस मनाइयो

विकल्प न्यूज/बेनी साउन ७ गते । म्याग्दीको सदरमुकाम बेनीमा मङ्गलबार ४१औं पुष्पलाल स्मृति दिवस मनाइएको छ । ‘संसारका श्रमिकहरु एकजुट होऔं’ भन्ने मूल नारासहित नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी म्याग्दीद्वारा विचार गोष्ठीको आयोजना गरी दिवस मनाइएको हो । नेकपाको संस्थापक तथा महासचिव स्वर्गीय पुष्पलालको फोटोमा माल्यार्पण गर्दै नेकपा गण्डकी प्रदेश कमिटीका सचिव गोविन्द नेपालीले देश […]

रक्तसञ्चार सेवा प्रवद्र्धनका लागि सामग्रीहरु हस्तान्तरण

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, साउन ७ ।  नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीलाई रक्तसञ्चार सेवा प्रवद्र्धनका लागि आवश्यक सामाग्रीहरु हस्तान्तरण भएको छ । आमा सुरक्षा कार्यक्रमका लागि रक्तसञ्चार सेवा प्रवद्र्धन र विस्तार गर्न स्वास्थ्य कार्यालय म्याग्दीले मङ्गलबार आवश्यक सामग्री सहयोग गरेको हो । रक्तसञ्चार केन्द्रलाई एलजिडिपि रेफ्रिजेरेटर, रक्तदान कुर्सी, सर्जिकल ग्लोब, बिपिसेट, ब्लडव्याग, वेटमेसिन लगायतका […]

गुईठे भिरमा पहिरो खस्दा बेनी–जोमसोम सडक अवरुद्ध

विकल्प न्युज बेनी ,साउन ७ गते । बेनी–जोमसोम सडकको मा पहिरो खसेपछि बेनी जोेमसोम सिधा यातायात अवरुद्ध भएको छ । अन्नपूर्ण गाउँपालिका, १ दानाको गुईठे स्थित भीरमा झरेको सुख्खा पहिरोले सडक थुनिँदा यातायात अवरुद्ध भएको हो ।राती गुईठे भीरमा पहिरो झरेकोले सडक बन्द भएको सडकको जग नभएकोले दुबै तिरबाट ब्रेकर लगाएर वा विष्फोटक पदार्थ प्रयोग […]