म्याग्दी समाचार

एसएमएसबाटै करको जानकारी

काठमाडौँ, साउन २३ गते । करदातालाई करबारे सूचना प्रदान गर्ने उद्देश्यसहित आन्तरिक राजस्व विभागले एसएमएस सेवा सुरु गर्ने भएको छ । करदाताले कर फाइलिङ अथवा दाखिला गरेको अवस्थामा त्यसबारे तुरुन्तै सम्बन्धित व्यक्तिको मोबाइलमा एसएमएस जानेगरी विभागले प्रणाली विकास गर्दैछ । विभागका महानिर्देशक विनोद कुँवरका अनुसार करदातालाई महìवपूर्ण सूचना तत्काल प्रवाह गर्न यस्तो प्रणाली निर्माणको प्रक्रिया […]

प्रहरी विश्लेषण ः अव्यवस्थित सडक विपद्को कारण

विकल्प न्यूज/बेनी साउन २३ गते । बेनी दरवाङ सडकका कारण खसेको पहिरोले जोखिममा परेको डम्बरा स्थित एक घर । जिल्ला भित्र निर्माण गरिएका ग्रामिण सडकहरु विपद् निम्त्याउने कारण बनेका छन् । सडक निर्माण गर्दा न्यूनतम मापदण्ड पनि पालना नगरिएका कारण विपद्को जोखिम बढेको हो । स्थानीय तह देखि सडक निर्माण गर्ने सरकारी कार्यालयहरुले जथाभावी रुपमा […]

मृगौला पीडित गबुर्जालाई पोर्चुगलबाट २४ हजार सहयोग

विकल्प न्यूज/बेनी साउन २२ गते । म्याग्दीको रघुगंगा गाउँपालिका ४ दग्नामका मृगौला पीडित अमृत गर्बुजालाई २४ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । विगत केही वर्ष देखि मृगौलाको रोगबाट ग्रस्त भएका गबुर्जाको उपचारमा सघाउन पोर्चुगलमा रहनुभएका यामलाल पौडेलको पहलमा उक्त रकम संकलन भएको हो । पौडेललेको नेतृत्वमा संकलन भएको रकम विहिवार ओमकुमारी शान्तिकोषको समन्वयमा पीडितको […]

कोरोना संक्रमणबाट एकैदिन ६ जनाको मृत्यु

काठमाडौं । साउन २१ गते ।  कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा एकैदिन ६ जनाको मृत्यु भएको छ । पर्सा र मोरङमा दुई–दुई जना तथा काठमाडौं र सप्तरीमा एक जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ । कोरोना संक्रमणबाट पर्सामा थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज–१५ […]

मदन पुरस्कारका लागि महारानी सहित ७ कृति छनोट

२१ साउन, काठमाडौं । मदन पुरस्कार गुठीले २०७६ सालको मदन पुरस्कारका लागि  म्याग्दीका  लेखक चन्द्र प्रकाशद्वारा लिखित महारानी  सहित ७ पुस्तक छनोट गरेको छ । बुधबार गुठीका अध्यक्ष कुन्द दीक्षितले २०७६ सालमा प्राप्त १५१ मध्येबाट ७ पुस्तक छनोट गरेको जानकारी दिएका छन् । जसमा विमल निभाको कविता संग्रह जोकरको बन्दुक, तीर्थ श्रेष्ठको कविता संग्रह धर्सैधर्साको […]

गाई काटेको आरोपमा बेनीमा ४ जना पक्राउ

विकल्प न्यूज/बेनी साउन २० गते । गाई काटेर बजारमा मासु विक्री गरेको आरोपमा बेनीबाट सोमबार ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बजारमा छाडा रुपमा छाडिएका गाई गोरुलाई उनीहरुले काटेर मासु विक्री गर्ने गरेको खुलेको हो । मालिका गाउँपालिका ५ घर भई हाल कालिपुल वस्ने वर्ष ३५ का हिरा रसाइली,बेनी नगरपालिका ६ अर्थुङ्गेका वर्ष ४८ का […]

बेनी प्रवेश गर्ने नाकामा विद्युुतीय व्यारियर (भिडियो सहित )

विकल्प न्युज/ बेनी साउन १८ गते । म्याग्दी प्रवेश गर्ने कालिपुल स्थित नाकालाई व्यवस्थित र प्रविधियुक्त बनाउन विद्दुतिय वुम व्यारियर राखिएको छ । विद्दुतिय व्यारियर गण्डकी प्रदेशमै याे पहलाे हाे । नाकालाई व्यवस्थित र प्रविधियुक्त बनाउन म्याग्दि घर भई हाल अमेरिका बसाेवास गर्नुहुने सञ्जिव बानियाले सघाउनु भएकाे हाे । बेनि नगरपालिका ९ घतान नेप्टेचौर निवासि   हाल अमेरिकामा […]

पर्वतको बन्जीजम्पमा विश्वकै अग्लो र लामो स्काइ साइक्लिङ

विकल्प न्यूज/पर्वत साउन १८ गते ।  द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसरमा विश्वकै अग्लो र लामो स्काइ साइक्लिङ बनाएको दाबी गरेको छ। स्टिल कोर केबल प्रयोग गरी स्काइ साइक्लिङ तयार गरिएको कम्पनीले जनाएको छ। बाग्लुङको बलेवा र पर्वतको कुश्माबीच कालीगण्डकी खोंचमा निर्माण गरिएको स्काइ साइक्लिङको उचाई दुई सय २८ मिटर छ भने लम्बाई तीन सय […]

भारतका गृहमन्त्रीलाई काेराेना संक्रमण पुष्टि

साउन १८, २०७७ काठमाडाैं  :  भारतका गृहमन्त्री अमित शाहलाई कोरोना पुष्टि भएको छ। कोरोनाका प्रारम्भिक लक्षणका आधारमा परीक्षण गर्दा नजिता पोजेटिभ आएको उनले आफ्नो ट्वीटरमा लेखेर जानकारी दिएका छन्। उनले आफ्नो स्वास्थ्य ठिक भएको पनि उल्लेख गरेका छन्।  पछिल्लो समय उनको सम्पर्कमा आएकाहरुलाई पनि परीक्षण गर्न अनुरोध गरेका छन्।  यसअघि आज मात्रै भारतकी एक मन्त्रीको कोरोनाका […]

थप २४६ जनामा कोरोना संक्रमण

१८ साउन, काठमाडौं । आइतबार नेपालमा २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा भएको ८ हजार ८३१ स्वाब परीक्षणमा २४६ जना संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २० हजार ३३२ जना रहेका छन् । कहाँकहाँ थपिए संक्रमित ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै पर्सामा […]

बेनी अस्पतालले सुरु ग¥यो पहिलोपटक डायलासिस सेवा (भिडियो सहित)

विकल्प न्यूज/बेनी साउन १८ गते । म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालले पहिलोपटक मृगौलाको डायलासिस सेवा सुरु गरेको छ । ४ वटा मेशिनबाट आइतवार देखि डायलासिस सेवा सुरु गरेको हो ।     गण्डकी प्रदेशको सामाजिक विकास मान्त्रालय र बेनी अस्पतालको सहकार्यमा डायलासिस सेवा सञ्चालनमा ल्याइएको हो । आइतबार दुइजना विरामीको डायलासिस गरेर सेवा सुरु गरिएको अस्पतालले जनाएको छ […]

गण्डकी प्रदेशमा जनैपूर्णिमामा सार्वजनिक बिदा

गण्डकी प्रदेश सरकारले जनैपूर्णिमाको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकारले राजपत्रमा सूचना निकालेर जनैपूर्णिमासहित इद, तमु ल्होसार, माघे संक्रान्ति र सोनम ल्होसारमा सार्वजनिक बिदा दिने यसअघि नै निर्णय गरेको थियो । त्यसैअनुसार भोलि बिदा हुने भएको हो ।

जनैपूर्णिमामा गण्डकी प्रदेशमा सार्वजनिक बिदा

विकल्प न्यूज/बेनी साउन १८ गते ।  गण्डकी प्रदेश सरकारले जनैपूर्णिमाको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकारले राजपत्रमा सूचना निकालेर जनैपूर्णिमासहित इद, तमु ल्होसार, माघे संक्रान्ति र सोनम ल्होसारमा सार्वजनिक बिदा दिने यसअघि नै निर्णय गरेको थियो । त्यसैअनुसार भोलि बिदा हुने भएको हो ।

म्याग्दी उद्योग वाणिज्य संघ ५० औं वर्षमा प्रवेश (फोटो/भिडियो)

विकल्प न्यूज/बेनी साउन १७ गते । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघ ५० औं वर्षमा प्रवेश गरेको छ । २०२७ साल साउन १७ गते बेनीका ४ जनाले व्यवसायीले स्थापना गरेको संघ यहाँ सम्म आइपुग्दा निजी क्षेत्रको बलियो संस्थाका रुपमा स्थापित छ । तत्कालिन समयमा बेनीका व्यवसायी स्वः चन्द्रशेखर श्रेष्ठ,स्वः नन्द सेवक पुन,स्वः गोविन्द […]

पहिराेले अवरुद्ध बेनी – अर्थुङ्गे सडक खुल्याे

विकल्प न्युज/ बेनी साउन १६ गते । गत साेमबार परेकाे अविरल वर्षा पछि खसेकाे पहिराेले अबरुद्ध बनाएकाे बेनी अर्थुङ्गे सडक शुक्रबार देखि खुलेकाे छ । अवरूद्द बनेकाे कुरिलाखर्क देखि माथि सडक माथिबाट अाएकाे पहिराेलाई पन्छाएर सडक खुलाईएकाे हाे । बेनी नगरपालिकाले  विहिवार र शुक्रबार स्काभेटर प्रयाेग गरेर  सडक खुलाएकाे हाे ।पहिराेकाे माटाेलाई व्यवस्थित गर्ने विषयमा विहिवार […]